यस सिजनको इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न क्लबहरु सहमत भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको लिगका बाँकी खेलहरु सक्न क्लवहरु सहमत भएका हुन् । भिडियो कन्फरेन्समार्फत बसेको क्लबहरुको बैठकले सिजनको बाँकी खेलहरु सक्न सहमति जनाएका हुन् । कोरोनाको संक्रमण फैलन सक्ने भन्दै लिग अप्रिल ३० तारिखसम्म स्थगित गरिएको…
युएस ओपन टेनिसको आगामी प्रतियोगिताको आयोजना निर्धारित समयमै हुने प्रतियोगिताका आयोजकले विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेनिस संघका प्रमुख कार्यकारी माइक डोसले सबै प्रकारको सम्भावना खुल्ला रहेको र प्रतियोगिताबारे अन्तिम निर्णय जुनमा लिइने बताए । तर, संघको लक्ष्य दर्शकसहितको प्रतियोगिता नै रहेको उनले स्पष्ट पारेका छन् । न्यूयोर्कको नेसनल टेनिस सेन्टर अहिले अल्पकालीन अस्पतालका…
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा एकेडेमीको भवन क्वारिन्टिनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाको आग्रहमा एन्फाले एकेडेमी भवन प्रयोगका लागि दिन लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितको टोलीले बिहीबार एकेडेमीको निरीक्षण गरेका थिए । क्वारिन्टिनका लागि १४ कोठा प्रयोग हुने बताइएको छ । जसमा २० जनासम्मलाई…
महादेशीय क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल युरोपेली फुटबल महासंघ (युइएफए)ले अगस्ट २९ मा गर्ने योजना बनाएको छ। कोरोना भाइरसको महामारीका कारण अप्रिल २३ मा स्थगित प्रतियोगितालाई युइएफएको कार्यसमिति वैठकले प्रतियोगिताका बाँकी खेलहरु कसरी र कहाँ गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । युइएफएले बनाएकामे योजनाअनुसार अगस्ट २९ मा टर्कीको इस्तानबुलमा च्याम्पियन्स…
विश्व फुटबल महासंघ (फिफा) ले सबै खाले अन्तर्रा्ष्ट्रिय प्रतियोगिता एक वर्ष पछि सार्ने तयारीमा रहेको समाचार छ । यसै वर्षका लागि तय भएका केही ठूला अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरु कोरोना भाइरस महामारीका कारण ठप्प भएका फुटबल प्रतियोगितालाई अर्को वर्षका लागि सार्ने तयारीमा फिफा रहेको हो । विश्व फुटबल महासंघ (फिफा)ले आफूअन्तर्गत हुने सबै खाले अन्तराष्ट्रिय प्रतियोगिता पनि…
पुरुष फुटबल सुचारु रहेको बेलारुसमा महिला फुटबल प्रतियोगिताको नयाँ सिजन स्थगित गरिएको छ । कोरोना भाइरसको कारण त्यहाँ महिला फुटबल प्रतियोगिताको नयाँ सिजन स्थगित गरिएको बेलारुस फुटबल संघले विज्ञप्तीमार्फत जनाएको छ । युरोपमा अन्य ठूला प्रिमियर घरेलु लिग स्थगित भएको अवस्थामा बेलारुसमा पुरुष फुटबल प्रतियोगिता जारी नै रहेको छ । पुरुष फुटबल भने जारी रहने…
विश्व चर्चित साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ स्थगित भएको छ । कोरोना भाइरसका कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाईमध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित भएको हो । आयोजकले प्रतियोगिता अगष्टसम्मका लागि स्थगित गरिएको जनाएको हो । प्रतियोगिता जुन २७ देखि जुलाई १९ तारिखसम्म हुने तालिकामा उल्लेख थियो । अब, प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २०…
पोखरा । नेपालका स्यान्टु श्रेष्ठले अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) को वरीयतामा एक स्थान सुधार गरेका छन् । अन्तराट्रिय टेबल टेनिस संघ (आइटीटीएफ) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका स्यान्टु श्रेष्ठले एक स्थान सुधार गर्दै माथि उक्लिएका हुन् । स्यान्टुले आइटीटीएफ वरीयतामा ३९५ औं स्थानमा उक्लिएका हुन् । यसअघि, उनको आइटीटीएफ वरीयता ३९६ औं…
इङ्ल्यान्डको महिला फुटबल टिमका खेलाडीले कोरोना भाइरसविरुद्धको लडाईका लागि आर्थिक सहयोग गरेका छन् । महिला टिमले ‘प्लेयर्स टुगेदर फन्ट’ मार्फत कोरोनाविरुद्ध लड्न सहयोग गरेका हुन् । इङ्ल्यान्डको महिला टिमका कप्तान स्टेप होटनसहित एलिन ह्वाइट र टोनी दुगानले सामाजिक सञ्जाल ट्वीटरबाट सहयोग गरेको बताएका छन् । कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने उदेश्यले…
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ । भारत सरकारले थप ३ साता लामो लकडाउन लकडाउन अवधि थपेपछि (आइपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको हो । यसअघि, अप्रिलको १५ देखि हुने आइपीएलको मिति तय गरिएको थियो । आइपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो…