Author Archive »

ब्राजिली स्टार फिलिप कौटिन्होमाथि इङ्लिस प्रिमियर क्लबहरुको आँखा

 ब्राजिलका फुटबल स्टारर फिलिप कौटिन्होमाथि शीर्ष  इङ्लिस प्रिमियर क्लबहरुले आँखा लगाएका छन् । ऋणमा जर्मन बुनडेसलिगाका लागि बायर्न म्युनिखबाट खेलिरहेका कौटिन्होमाथि चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल र टोटेनह्याम लगायतका इङ्लिस प्रिमियर क्लबहरुले आफ्ना क्लबमा भित्राउन आँखा लगाएका छन् । प्रिमियर क्लबहरुमध्ये पनि कौटिन्हो चेल्सीमा अनुवन्ध हुनसक्ने बलियो अनुमान लगाइएको छ । पश्चिम लन्डन क्लब चेल्सीले ब्राजिलियन…

जर्मन क्लब वायर्न म्युनिखको प्रशिक्षण शुरु

जर्मन क्लब वायर्न म्युनिखले सोमबारबाट प्रशिक्षण थाल्ने भएको छ । वायर्नले कोरोना भाइरसको संक्रमण र सरकारको निर्देशन अनुशरण गर्दै सोमबारबाट टिमको तयारी सुरु गर्ने जनाएको छ । सानो समूह बनाएर टिमको तयारी गर्ने वायर्नले उल्लेख गरेको छ । ‘सानो समूह बनाएर वायर्न म्युनिखको पहिलो टिमको प्रशिक्षण सोमबारबाट सुरु हुनेछ,’ वायर्नले भनेको छ, ‘सरकारी नीति र…

आफ्ना सबै कर्मचारीलाई नियमित तलब दिएर क्लबमै राख्ने इङ्लिस फुटबल क्लब म्यानचेष्टर युनाइटेडको निर्णय

बेलायत सरकारले जागिर कटौतीका लागि गरेको आह्वानमा इङ्लिस क्लव म्यानचेष्टर युनाइटेडले असहमति जनाउँदै आफ्ना सबै कर्मचारीलाई नियमित रुपमा तलव दिएर क्लवमै राख्ने जनाएकोे छ । यता, लिभरपुल र टोटनह्यामले आफ्ना खेलाडी बाहेकका कर्मचारीलाई विदामा राखेपनि म्यानचेष्टरले भने आफ्ना ९ सय संख्यामा रहेको कर्मचारीलाई नै काममा राख्ने भएको हो । युनाइटेडले यही साता आफ्ना कर्मचारीहरुलाई यस…

अब, कास्कीमा एकद्वार प्रणालीबाट मात्रै राहत वितरण

पोखरा । राहत वितरण नाममा विभिन्न व्यक्ति तथा संघसंस्थाले आफूखुसी नगद, जिन्सी र खाद्यान्न संकलन गर्न थालेपछि कास्कीको जिल्ला प्रशासनले कडाइ गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेको अवस्थामा सोको बेवास्ता गर्दै राहतको नाममा जथाभावी संकलन एवं वितरण कार्यपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना जारी गर्दै राहत वितरणमा कडाइ गरेको…

नयाँ वर्ष २०७७ को बैशाख ३ गतेसम्मका लागि दोस्रो पटक लकडाउनको अवधि थपियो

पोखरा । नेपाल सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि थप गरेको छ । कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थप गर्ने निर्णय गरेको हो । यसअघि, सरकारलाई सुदुर पश्चिम प्रदेश सरकार र कोभिड–१९ सम्बन्धी उच्चस्तरीय…

२०८ देशमा कोरोना संक्रमण: ६९ हजार ४ सय २४ जनाको ज्यान गयो

विश्वको २०८ देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा १/१ जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को संक्रमण फैलिएको देशको संख्या २०८ पुगेको हो । यस्तै, दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा संक्रमित हुनेको संख्या साढे १२ लाख नाघेको छ । हालसम्म १२…

ताजिक सुपर कपको फाइनल खेल दर्शक बिनाको खाली रंगशालाभित्र

कोरोना त्रासका कारण विश्व नै आतङ्कित बनेको अवस्थामा ताजिकिस्तानी सुपर कप फुटबलको फाइनल खेल सम्पन्न भयो । कोरोनाका कारण विश्वका सबै उत्कृष्ट लिगहरु बिचमै स्थगित भएको अवस्थामा ताजिकिस्तानले सुपर कप फुटबलको फाइनल खेल  बन्द ढोकाभित्रको खाली रंगशालामा गरेर देखायो । ताजिकिस्तानको राजधानी दुसान्वेमा आयोजना गरिएको ताजिक सुपरकपको खेलमा घरेलु च्याम्पियन एफसी इस्तिक्लोलले एफसी खुजान्डालाई २–१…

यु–२४ ले टोकियो ओलम्पिक फुटबल खेल्न पाउने फिफाको निर्णय

जापानमा हुने टोकियो ओलम्पिकमा यु–२४ ले टोकियो ओलम्पिक फुटबल खेल्न पाउने छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिकमा सहभागी हुने फुटबल खेलाडीको उमेर एक वर्ष बढाउने निर्णय गरेको हो । कोरोनाका कारण एक वर्षपछि (२०२१) मा सरेको टोकियो ओलम्पिकमा अब २४ वर्ष उमेरकाले फुटबलरले खेल्न पाउने फिफाले निर्णय गरेको हो । टोकियो ओलम्पिक…

नोभेम्बरको २ देखि २१ तारिखसम्म भारतमा हुने यु–१७ महिला विश्वकप फुटबल स्थगित

कोरोना भाइरसको महामारीका कारण भारतमा आयोजना हुने फिफा यु–१७ महिला विश्वकप फुटबल स्थगित भएको छ । भारतीय फुटबल फेडेरेसनले एक विज्ञप्ति मार्फत नोभेम्बरमा तय भएको विश्वकप स्थगित गरिएको जनाएको हो । यही वर्षको नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने प्रतियोगिताको तालिका बनेको थियो । भारतको अहमेदबाद, गुवाहाटी, कोलकता, भुवनेश्वर र नाभी मुम्बईमा…

ओलम्पिक छनोटको नयाँ समयसीमा निर्धारण २०२१ जुन २९ सम्म

कोरोनाले विश्व खेलजगत ठप्प पारेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले ओलम्पिक छनोटको नयाँ समय सीमा निर्धारण गरेको छ । आइओसीले सार्वजनिक गरेको नयाँ तालिका अनुसार ओलम्पिक छनोट अर्को बर्षको जुन २९ भित्र सक्नुपर्नेछ । यस बर्ष हुने टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता यस…