Author Archive »

नेपालले नामिबिया र स्कटल्यान्डसँग खेल्ने त्रिकोणात्मक सिरिज स्थगित

कोरोना भाइरसका कारण आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नामिबियामा हुने सिरिज स्थगित भएको जनाएको हो । आइसीसीले विज्ञप्ति निकालेर जुन ३० तारिखसम्मका लागि सबै प्रतियोगिता स्थगित गरिएको जनाएको हो । कोरोनाका कारण आइसीसीको मुख्यालय समेत बन्द भएको छ । नेपालले खेल्ने सातौं…

कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोको आर्थिक सहयोग

पोर्चुगल तथा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा आर्थिक सहयोग गरेका छन् । पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले बुधबार कोरोनाविरुद्ध लड्न सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई १ मिलियन युरो सहयोग गरेका हुन् । उनीहरुको सहयोगले बिरामी उपचारको लागि भेन्टिलेटर र बेड निर्माणका साथै अन्य आवश्यक…

कोरोना भाइरसविरुद्धको अभियानमा स्पेनिस सहर बार्सिलोनामा प्रशिक्षक पेप ग्वार्डिओलाको आर्थिक सहयोग

बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । ग्वार्डीओलाले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको समाचार छ । हाल इङ्लिस प्रिममियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओला बार्सिलोनास्थित आफ्नै घरमा बसेका छन् । पछिल्लो समय युरोप…

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीको आर्थिक सहयोग

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आर्थिक सहयोग गरेका छन् । अर्जेन्टिनी राष्ट्रिय टिमका समेत कप्तान मेस्सीले कोरोना भाइरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् । हाल, स्पेनमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ…

एक वर्षपछि गृष्मकालीन जापान ओलम्पिक

जापानमा यसै वर्षको जुलाईमा हुने भनिएको गृष्मकालीन ओलम्पिक एक वर्षका लागि सारिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण पूर्व निर्धारित समय जुलाई २४ देखि अगस्ट ९ सम्म नै आयोजना गर्ने अडानमा आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसी रहेपनि मंगलबार जापानको टोकियोमा बसेको विशेष वैठकले ओलम्पिक एक बर्षका लागि सार्ने…

पोखरामा १८ औं संस्करणको आहा ! रारा गोल्डकप शुरु : उद्घाटन खेलबाटआयोजक सहाराको विजयी शुरुवात

पोखरा । आयोजक सहारा क्लबले पोखरामा शुरु १८ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको ब्रिगेड ब्वाइजसँग दुई पटक पछि परेरपनि घरेलु सहाराले अन्तिममा जित निकाल्यो । त्रिदेव गुरुङको अन्तिम निर्णायक गोल मद्दतमा आयोजक सहाराले जित निकालेको थियो । त्रिदेवले सहाराका…

पुलिसलाई हराउँदै मनाङ बुढासुब्बा गोल्डकप च्याम्पियन

धरान । मनाङ मस्र्याङ्दीले २२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप च्याम्पियन बनेको छ ।  धरान रंगशालामा भएको फाइनलमा विभागीय नेपाल पुलिसमाथि ३–१ गोलको जित निकाल्दै मनाङ च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै मनाङले १० लाख र ट्रफी पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिसले ५ लाख सहित ट्रफी पुरस्कार जितेको छ । प्रमुख अतिथि…

संगम एफसीलाई गार्डेन कप फुटबलको उपाधि

पोखरा । संगम एफसीले दोश्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा भएको फाइनल खेलमा मेरो नेपाल युथ क्लवमाथि २–१ गोलको नतिजा निकाल्दै संगमले सोे उपाधि जितेको हो । जितसँगै संगमले १ लाख २५ हजार सहित शिल्ड जितेको छ । उपविजेता मेरो नेपालले ७०…

वेगनास कपको उपाधि हिमाल एण्ड रक्ष मेमोरिएलले जित्यो

लेखनाथ । हिमाल एण्ड रक्ष मेमोरिएलले दोश्रो संस्करणको सेभेन ए साइड वेगनास कप फुटबलको उपाधी जितेको छ । प्रतियोगिाको सम्पन्न फाइनल खेलमा शिशुवा एफसीमाथि १–० गोलको कठिन जित निकाल्दै रक्ष मेमोरिएलले उपाधि जितेको हो । उपाधिसँगै रक्ष मेमोरिएलले १ लाख ५ हजार ५ सय ५५ सहित शिल्ड पुरस्कार जितेको छ । उपविजेता बनेको शिशुवा एफसीले…

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई कलश सहकारीको सहयोग

पोखरा । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगका लागि पोखराको कलश बचत तथा ऋण सहकारी संस्थाले ७५ हजार प्रदान गरेको हो । निर्माणधीन रंगशालामा पुगेको सहकारीको टोलीले उक्त रकम प्रदान गरेको हो । सहकारीका अध्यक्ष दुर्गाप्रसाद सुबेदीले रंगशाला निर्माणका सदस्य कुमार कट्टेललाई सो रकम हस्तान्तरण गरेका हुन्…