Author Archive »

एसीसी इस्टर्न रिजन टी–२० मलेसियासँग नेपालको हार

पोखरा । नेपालले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार ब्यहोरेको छ । नेपाल थाइल्याण्डमा मलेसियासँग २२ रनले हार ब्यहोरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निधारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । अविनाष बोहोराले २ विकेट लिन सफल भए ।…

पोखरामा प्रदेशस्तरीय हक्की प्रतियोगिता शुरु

पोखरा । पोखरामा सहाना प्रधान स्मृति दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिता शुरु  भएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नेपाल हक्की संघले पोखरा रंगशालास्थित आर्चरी मैदानमा शुरु गरेको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आर्मीले घरेलु गण्डकी प्रदेशलाई ३–० ले हराउँदै…

सेन्ट्रल भ्यालीले अन्तर लायन्स क्लब अफ पोखरा भलिबलको उपाधि जित्यो

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीले पोखरामा सम्पन्न १३ औं संस्करणको अन्तर लायन्स क्लब भलिबल टुर्नामेन्टको उपाधि जितेको छ । साविक विजेता सेन्ट्रल भ्यालीले उपाधिसँगै खसी र ट्रफी पुरस्कार जितेको हो । टुर्नामेन्टमा उपविजेता बन्दै लायन्स क्लब अफ पोखरा पिस सिटीले बोका र ट्रफी पुरस्कार जित्यो । त्यस्तै, तेस्रो बन्दै लायन्स क्लब अफ…

नेपालले प्याराग्लाइडिङको वल्र्ड च्याम्पियनसीपको टिम इभेन्टतर्फको उपाधि जित्यो

पोखरा । नेपालले वल्र्ड कप एसियन टुरको २०२० तथा १९ औं नेपाल खुल्ला प्याराग्लाइडिङ च्याम्पियनसीपको क्रसकन्ट्री विधाको टिम इभेण्टतर्फ उपाधि जितेको छ । क्रस कन्ट्रीको टिम इभेन्टतर्फ ४७.८ किलोमिटरको दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको हो । अन्य टिमलाई पछि पार्दै १७ अंक सहित नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।…

खेलकुद मन्त्री सहारा एकेडेमीमा

पोखरा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले मंगलबार सहारा एकेडेमीको अवलोकन गरेका छन् । पोखराको सहारा क्लवद्धारा संचालित सहारा एकेडेमीको अवलोकन गर्दै मन्त्री विश्वकर्माले भने, ‘एकेडेमीका लागि वार्षिक रुपमा ५ लाख रुपैयाँ उपलब्ध गराउन रातो कितावमै पार्नेछौं । राज्यले गर्ने काममा निजी क्षेत्रबाट भएकोमा गर्व लागेको छ ।’ सहारा क्लवले स्वदेश तथा…

थर्ड/फोर्थ गोर्खा राइफल्स भूपू सैनिक बास्केटबल च्याम्पियन

पोखरा । थर्ड/फोर्थ गौर्खा राइफल्सको टोली पाँचौ संस्करणको भूतपूर्व सैनिक गोल्ड कप च्याम्पियन बनेको छ । फाइनल प्रतिस्पर्धी थर्ड/नाइन गोर्खा राइफल्सको टोलीलाई हराउँदै थर्ड/फोर्थ बास्केटबल च्याम्पियन बनेको हो । भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–१४ स्थित काजीपोखरी बास्केटबल कोर्टमा भएको फाइनल खेलमा थर्ड/फोर्थ गोर्खा राइफल्सले थर्ड/नाइन गोर्खा राइफल्समाथि ७३–६० स्कोर जोड्दै बास्केटबलको…

राइनो गोल्डकप फाइनलमा आर्मी र पुलिसको विभागीय डर्बी भिडन्त

नवलपुर । राइनो गोल्डकप फुटबल उपाधिका लागि विभागीय डर्बी भिडन्त हुने भएको छ । गोल्डकपको फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फाइनल भिड्ने भएको हो । नवलपुरमा भएको दोस्रो सेमिफाइनलमा च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेपछि आर्मी र पुलिसको विभागीय डर्बी भिडन्त हुने भएको हो ।…

आयोजक सुदूरपश्चिम–११ खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी । सुदूरपश्चिम–११ कैलालीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसीलाई ४–२ ले पराजित गर्दै आयोजक सुदूरपश्चिमले अन्तिम चारको यात्रा पक्का गरेको हो । सुदूरपश्चिमको जितमा विक्रमसिंह ठकुरीले २ गोल गरे । यस्तै, फिलिप तामाङ र दिपेश श्रेष्ठले १/१ गोल गरे । कञ्चनजंघाका अभिषेक…

मच्छिन्द्र क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

धरान । लिग विजेता मच्छिन्द्र फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धरान रंगशालामा भारत कोलकात्ताको सन्डे क्लब एफसीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रको जितमा विमलले ह्याट्रिक गरेका थिए । त्यस्तै मच्छिन्द्रका लागि विशाल राई (बी) ले २ तथा रेजिन सुब्बाले १ गोल गरे ।…

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको समीक्षा

पोखरा । पोखरामा भएको १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको समीक्षा गरिएको छ । पोखरा, भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको समीक्षा कार्यक्रममा मञ्चका अध्यक्ष तेज गुरुङले भएका गल्ती, कमी कमजोरीहरुलाई सच्याउँदै आगामी वर्ष हुने म्याराथनलाई अझै परिष्कृत, सभ्य र भव्य गर्न मञ्च सधैं सचेत र सजग बन्नुपर्ने धारणा राखे । उनले पोखरा म्याराथनलाई…