Author Archive »

मौसमका कारण प्याराग्लाइडिङ  छनौट खेल स्थगित

पोखरा।  नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर–२०२०’ अन्तर्गतको छनौट खेल मौसमका कारण स्थगित भएको छ । नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीपको १९ औं संस्करणको प्रतियोगिता सोमबार अन्तिम समयमा आएर स्थगित भएको हो । च्याम्पियनसीपको दोश्रो दिन क्रस कन्ट्री अन्तर्गत ४६ किलोमिटरको ‘टास्क’मा उडेका पाइलटहरुलाई मौसम खराब भएको संकेत पाउनासाथ…

खेलकुदमै गण्डकी प्रदेश सरकारले लक्ष्य बनाएको छ : सामाजिक विकास मन्त्री नरदेवी पुन

पोखरा । सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको विकासको लागि गण्डकी प्रदेश सरकार लागिरहेको बताएकी छन् । पोखरा नदीपुरस्थित पुन यूनाइटेड क्लवले महाशिवरात्रीको अवसरमा आयोजना गरेको महिला, पुरुष तथा प्रौढ भलिवल प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि मन्त्री पुनले खेलको विकासको लागि प्रदेश सरकारले नीतिगत रुपमै अगाडी वढाउने तयारीमा रहेको बताएकी हुन् । मन्त्री पुनले भनिन्,…

डिफेन्डिङ च्याम्पियन एपीएफलाई दिदीबहिनी कप राष्ट्रिय भलिबल उपाधि

पर्वत । विभागीय टिम एपीएफले चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको च्याम्पियन बनेको हो । यस संस्करणको जितसँगै साविक विजेता एपीएफले उपाधि समेत रक्षा गरेको छ । पर्वतको बेनीमा भएको प्रतियोगिताको पहिलो सेट २५–१५ ले गुमाएपछि खेलमा उत्कृष्ट पुनरामगन…

नवलपुरले जित्यो गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ क्रिकेट उपाधि

पोखरा । नवलपुरले पोखरामा सम्पन्न पोखरा पल्टन गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली कास्कीको ‘ए’ टिमलाई ४८ रनले पराजित गरेपछि नवलपुरले लिगमा शीर्षस्थान कायम गर्दै उपाधि जितेको हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी ५ टिमबीचको सुुपर लिगमा नवलपुरले अपराजित…

ग्रीनविच यु.के.नदीपुर भलिवल च्याम्पियन

पोखरा । ग्रीनविच युके सातौं संस्करणको नदिपुर भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पुन युनाइटेड क्लव नदीपुरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न फाइनलमा घान्द्रुकको टोलीलाई हराउँदै ग्रीनविच यु.के.च्याम्पियन बनेको हो । नदीपुरस्थित कार्पाकेली भवनको भलिवल कोर्टमा शनिबार भएको फाइनल खेलमा ग्रीनविचले घान्द्रुकको टोलीलाई पराजित गर्दै १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्रको पुरस्कार हात…

पोखरामा भारतीय अन्तर बटालियन भू.पू. सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप शुरु

पोखरा । पोखरामा पाँचौ संस्करणको भारतीय अन्तर बटालियन भू.पू. सैनिक गोल्डकप बास्केटबल च्याम्पियनसीप शुरु भएको छ । भूतपूर्व सैनिक खेलाडी संघ, गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु च्याम्पियनसीपमा १३ टिमको सहभागिता छ । पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पका ईञ्चार्ज लेफ्टिनेन्ट कर्णेल शशाङ्क त्रिपाठीले एक कार्यक्रमबीच रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । पोखरा–१४ स्थित…

राष्ट्रिय मावि र जनप्रियलाई छात्रछात्रा सृजना कप उपाधि

पोखरा । राष्ट्रिय मावि र जनप्रिय माविले पोखरामा सम्पन्न सृजना कप सामुदायिक मावि छात्रछात्रा भलिवल प्रतियोगिताको उपाधि उचालेका छन् । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ राष्ट्रिय माविले वाराही माविलाई पराजित गर्दै तथा छात्रातर्फ जनप्रिय माविले ताल वाराही माविलाई पराजित गर्दै उपाधि…

आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृृद्धि

पोखरा । यस संस्करणदेखि आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । पोखरामा फागुनको २२ गतेदेखि शुरु १८ औं संस्करणको प्रतियोगिताको विजेताले १० लाख, १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने सहारा क्लब पोखराले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । गत संस्करणसम्म विजेताको ८ लाख १ हजार…

विभागीय नेपाल पुलिस र एपीएफ दिदीबहिनी कप महिला भलिबलको फाइनलमा

पर्वत । विभागीय नेपाल पुलिस क्लब र साविक विजेता एपीएफ क्लब पर्वतमा जारी दिदीबहिनी कप भलिबलको फाइनलमा पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यू–डायमण्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको हो । एपीएफले न्यू–डायमण्डमाथि २५–९, २५–१५ र २५–१८ को सेटमा पराजित ग¥यो । प्रतिभा चोटका कारण कोर्ट बाहिर छन्…

लिग च्याम्पियन मच्छिन्द्र सताक्षी गोल्डकपको फाइनलमा

झापा । मच्छिन्द्र फुटबल क्लब सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको तेस्रो संस्करणको सताक्षी गोल्ड कपको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधिका लागि फाइनलमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा रेजिन सुब्बाले एक गोल गरे । आर्मीका विकास खवासले…