Author Archive »

पोखरा । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोेखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा जारी प्रतियोगिताको आइतबार लिग अन्तर्गतको अन्तिम ३ खेलको समाप्तिसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलका लागि समूह ‘ए’ बाट नवआदर्श युवा क्लब कास्की विजेता र त्रिवेणी युवा क्लब लमजुङ उपविजेता बन्दै सेमिफाइनलमा स्थान…

गोपिचन्द्र पार्कीले जिते चितवन रत्ननगर रोटरी म्याराथन

चितवन । विभागीय सशस्त्र प्रहरी बल, एपीएफका धावक गोपिचन्द्र पार्कीले चितवनमा भएको रत्ननगर रोटरी म्याराथन जितेका छन् । हालैमात्र घरेलु भुमीमा सम्पन्न १३ औ साग खेलका स्वर्णपदक विजेता गोपिचन्द्रले ३ सय ५१ जनालाई पछि पार्दै म्याराथन जितेका हुन् । निर्धारित साढे १४ किलोमिटरको दूरी ४२ मिनेट ३५ सेकेण्डमा पार गरी गोपिचन्द्रले म्याराथन जितेका हुन् ।…

२८ खेलको उत्कृष्ट खेलाडीहरुलाई एनएनआइपीएले स्पोर्टस् अवार्ड बाँड्दै

पोखरा । नेपाल राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय खेलाडी संघ (एनएनआइपीए) ले २०७५ सालमा उत्कृष्ट खेल प्रदर्शन गरेका २८ खेलका खेलाडीलाई ‘एनएनआइपीए’ स्पोर्ट्स अवार्ड प्रदान गर्ने भएको छ । संघले फागुनको ६ गते बसन्तपृुर डबलीमा विशेष कार्यक्रम गरी अवार्ड प्रदान गर्न लागेको हो । अवार्ड कार्यक्रमलाई काठमाडौं महानगरपालिका, ग्लोबल आइएमई बैंक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले…

जितबहादुरलाई कखरा स्कुलको सम्मान

काठमाण्डौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी कखरा स्कुलबाट सम्मानीत भएका छन् । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा कखराका प्रबन्ध संचालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसापत्र र नगद सहित सम्मान गरेका हुन् । सन १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसीपको म्याराथनमा…

बागलुङमा  कराँते प्रशिक्षक धनराज महर्जनलाई सम्मान

बागलुङ । नेपाल सितिरियो कराँते संघ बागलुङले खेल प्रशिक्षक धनराज महर्जनलाई सम्मान गरेको छ । प्रशिक्षक महर्जनले २०५० सालदेखि बागलुङमा कराँते खेल भित्राएर प्रशिक्षण दिँदै आएका छन् । कार्यक्रममा महर्जनले बागलुङको खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेलको बक्ताहरुले बताए । उनले यहाँ धेरै खेलाडीहरु उत्पादन गरेको बक्ताहरुको भनाई थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष राजबिन थापाले…

ललितपुरको टि–बर्गर भेट्रान एट ए साइड च्याम्पियन

पोखरा । टि–बर्गर ललितपुर पोखरामा भएको तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार पोखरा–१, टुंडिखेल मैदानमा भएको फाइनल खेलमा गत वर्षको विजेता अमरसिंह ब्वाइज क्लब (एबीसी) भेट्रानलाई २–१ गोलले पछाडि पार्दै टि–बर्गर च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै विजेता टि–बर्गरले १…

मुख्यमन्त्री कप लिग फुटबलमा कास्की र तनहुँको लगातार तेस्रो जित

पोखरा । कास्कीको लिग लिडर आदर्श युवा क्लबले पोखरामा जारी मुख्यमन्त्री कप लिग फुटबलमा लतातार तेस्रो जित निकालेको छ । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शनिबार भएको खेलमा समूह ‘ए’ को खेलमा आदर्श युवा क्लबले त्रिवेणी युवा क्लब लमजुङलाई १–० ले पराजित गर्दै स्पष्ट ३ अंक जोडेको छ । कास्कीका लागि सुमित श्रेष्ठले २१ औं…

ए डिभिजन लिगमा एनआरटीले आर्मीसँग अंक खोस्यो

पोखरा । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा रहेको विभागीय आर्मीसँग एनआरटीले अंक खोसेको छ । शनिबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) गोलरहित बराबरी खेल्दै समान १/१ बटुलेका छन् । यस बराबरीसँगै आर्मी लिगको शीर्षस्थानमा उक्लिएपनि १ अंकले मात्र अग्रता छ । खेलको शुरुवाती चौथो…

पोखरामा हाप्कीडो सेमिनार सुरु

पोखरा । नेपाल मार्सल आर्ट्स हाप्कीडो एशोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार शनीबार सुरु भएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पोेखरा रंगशालास्थित कभर्डहलमा शनिबार सेमिनारको उद्घाटन गरेकी हुन् । सो अवसरमा विशिष्ट ग्राण्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका ग्राण्ड मास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो…

मुख्यमन्त्री कप लिग फुटबलमा लमजुङ, तनहुँ र नवलपुरको जित

पोखरा । त्रिवेणी युवा क्लब लमजुङ, भिमाद युथ फुटबल क्लब तनहुँ र गैडाकोट खेलकुद विकास समिति नवलपुर पोखरामा जारी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबलमा विजयी बनेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा समूह ‘क’ मा रहेको त्रिवेणी युवा क्लब लमजुङले बौद्ध हिमाल क्लब गोर्खालाई ७–१ गोलले हराएको छ । खेलपछि,…