Author Archive »

नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलनबाट १४ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा । नेपाली काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिको पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा महासमिति बैठकका विषयलाई पार्टीको विधानमा समावेश गर्न, माथिल्लोदेखि तल्लो तहसम्म निर्वाचनबाट नै कोषाध्यक्ष चयन गर्न, निष्ठा, लोकप्रियता, निरन्तरता, योग्यता र स्वच्छ छवि भएकालाई पार्टीमा उचित स्थान माग गरिएको छ । त्यस्तै, प्रशिक्षण जस्ता…

पोखरा जेसीजको ४५ औं वार्षिकोत्सव मनाइयो

पोखरा । पोखरा जेसीजले आफ्नो ४५ औं वार्षिकोत्सव मनाएको छ । नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले शुभकामना व्यक्त गर्दै ४० वर्ष नकाटेका सक्षम युवाहरुको यस गौरवलायक संस्थालाई अग्रजहरुले देखाएको बाटोमा अघि बढाउन सुझाव दिए । उपाध्यक्ष सापकोटाले समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन…

पोखरा–१ को ४० लक्षित घर परिवारलाई स्वास्थ्य बीमा कार्ड वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं १ को मा वडाका लक्षित नागरिकलाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ । ‘स्वस्थ नेपाल निर्माणका लागि स्वास्थ्य बीमा’ कार्यक्रमलाई सफल बनाउन उक्त वडाले गरिव, बिपन्न र असहाय नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराएको हो । महागरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त वडाका ४० घर परिवारलाई स्वास्थ्य बीमा कार्ड वितरण…

फेवा नयाँ वर्ष–२०७६ महोत्सवको तयारी सकियो

पोखरा । यही चैतको २९ गतेबाट पोखराको फेवा किनारस्थित कोमागाने पार्कमा सुरु हुने तीन दिने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ को संपूर्ण तयारी पूरा भएको छ । खाना, संस्कृति र संगीतलाई विशेष जोड दिएर आयोजना हुन लागेको महोत्सवमा कूल २२ नेपाली खानाहरु समेटिने आयोजक संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिएका…

पार्टीभित्र घात, अन्तरघात गर्नेहरुलाई कारवाही गर्ने सभापति देउवाको उद्घोष

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र घात अन्तरघात गर्नेहरुलाई कारवाही गरेर छाड्ने उद्घोष गरेका छन् । नेपाली काँग्रेस जिल्ला कोषध्यक्षहरुको पोखरामा शुरु तेस्रो राष्ट्रिय सम्मेलनलाई विहीवार सम्बोधन गर्दै देउवाले नेपाली काँग्रेलाई अव एक ढिक्का वनाउने प्रतिवद्धता व्यक्त गर्दै देउवाले भने, ‘वैशाखवाट नेपाली काँग्रेसले देशैभरी गाउँगाउँसम्म जागरण अभियानको कार्यक्रम संचालन गर्दैछ । पार्टीभित्र घात,…

पोखरा महानगरपालिका–२८, कालिकाको ठूलाकोटमा विशेष गुरु योजनासहित पूजा र प्रवचन गरिदैं

पोखरा, । पोखरा महानगरपालिका–२८ कालिकास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ठूलाकोटमा विशेष पूजा र प्रवचन हुने भएको छ । ऐतिहासिक परापूर्व कालदेखि नै धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले चर्चा पाएपनि प्रचार प्रसारको कमी र सही किसिमले विकास निर्माणका काम अगाडि वढ्न नसक्दा ओझेलमा परेको ठूलाकोटको विकासका लागि गुरुयोजना बनाएर अगाडि वढ्ने भएको हो । ठूलाकोटको…

२०१९ को डिसेम्बरभित्रै साग गेम हुने नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठको दावी

पोखरा, २३ चैत । नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सन् २०१९ को डिसेम्बरमै हुने दावी गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा हुने आगामी साग डिसेम्बर १ देखि १० सम्म गर्ने तयारी भएको दावी गरेका हुन् । साउथ…

विद्यालय उमेर समूहका विद्यार्थीहरुलाई पोखरामा मोआ थाई मार्सल आर्टको निःशुल्क प्रशिक्षण

पोखरा, १९ चैत । विद्यालय उमेर समूहका विद्यार्थीहरुका लागि पोखरामा मंगलबारदेखि मोआ थाई मार्सल आर्टको प्रशिक्षण सञ्चालन गर्ने भएको छ । कास्की जिल्ला मोआ थाई संघले विद्यार्थीहरुका लागि उक्त खेलको प्रशिक्षण सञ्चालन गर्न लागेको हो । विद्यार्थीहरुको आत्मरक्षा र स्वास्थ्यलाई तन्दुरुस्त राख्न उक्त प्रशिक्षण संचालन गर्न लागेको मोआ थार्ई कास्कीका मुख्य प्रशिक्षक दिपक गोदारले जानकारी…

पोखरामा चौथो भूपू सैनिक बास्केटबल प्रतियोगिता शुरु

पोखरा, १५ चैत । चौथो गोर्खा भूतपूर्व सैनिक गोल्ड कप रनिङ शिल्ड बास्केटबल प्रतियोगिता पोखरामा शुक्रबारदेखि शुरु भएको छ । गण्डकी प्रदेश भूतपूर्व सेनिक खेलाडी संघ, पोखराको आयोजनामा शुरु भएको प्रतियोगिता २४ टिमको सहभागिता छ । पीपीओ पोखरा रामबजारका सीओ कर्णेल प्रतिक शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कर्णेल शर्माले मुख्य रेफ्री विजय मल्ललाई बल…