पोखरा । चलचित्र ‘लप्पन छप्पन–२’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । चलचित्रको आगामी बैशखको १२ गतेदेखि रिलिज मिति तोकिएको छ । चलचित्रको टिजरमा फिल्मका केही मुख्य अंश समेटिएका छन् । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्राथमिकता पाएको छ । कलाकारहरुको एक्सन र पैसाको चलखेलको बिषयवस्तुमा चलचित्र निर्माण भएको टिजरमा देखाइएको छ…
पोखरा । पोखरामा पाँचौ संस्करणको मिस तामाङ हुने भएको छ । पोखरा सभागृहमा शनिवार दिउँसो हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले पोखरामा पत्रकार सम्मलेन गरी जानकारी दिएको हो । समाजका अध्यक्ष ज्याक तामाङले हरेक बर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ…
पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एक युवतीले एकै पटक बिहीबार चम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । स्याङ्जा पुतलीबजारकी सुनिता पौडेल प्रधानले मणिपाल शिक्षण अस्पतालमा १ छोरासहित चार शिशुको जन्म दिएकी हुन् । स्याङ्जा पुतलीबजार नगरपालिका वडा १ की २६ वर्षीया सुनिताको शल्यक्रिया मार्फत ति ४ शिशुहरु जन्मिएका हुन् । अस्पतालमा कार्यरत डा. महेन्द्र पाण्डे…
पोखरा । तनहुँको व्यास नगरपालिकामा तेस्रो संस्करणको व्यास नगर अल्ट्रा म्याराथनको तयारी शुरु गरिएको छ । व्यास नगरपालिका–५, मानहुँकोटबाट उक्त नगरपालिकाको वडा नं ८ पुलिमराङसम्म ४४ किमी दुरीको अल्ट्रा म्याराथन हुन लागेको हो । मानहुँकोटबाट शुरु हुने म्याराथन व्यास नगरपालिका वडा नं ८ पुलिमराङसम्म ४४ किमीको दुरी रहेको छ । नगरपालिकाले मानहुँकोट र पुलिमराङलाई पर्यटकीय…
पोखरा । अख्तियार अनुसन्धान आयोगले गण्डकी प्रदेश समक्ष गत आर्थिक वर्ष ०७५/०७६ को प्रतिवेदन बुझाएको छ । आयोगका सह–सचिव सन्देश श्रेष्ठ लगायत पोखरा प्रमुख र अधिकृतहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रतिवेदन बुझाएका हुन् । देश संघीयतामा आएपछि ०७२ को नयाँ संविधानमा उल्लेख भएअनुसार आयोगका प्रतिवेदनलाई प्रदेशप्रमुख समक्ष बुझाइएको सह–सचिव श्रेष्ठले जनाए । गत आर्थिक वर्षमा…
पोखरा । तेस्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक एट ए साइड अन्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलक पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोेगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा पूर्व अन्तराष्ट्रिय खेलाडी तथा पूर्व राष्ट्रिय प्रशिक्षक खड्कबहादुर रानाभाटलाई दोसल्लासहित ताम्रपत्रद्वारा सम्मान…
पोखरा । माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लव माछापुच्छे«–४, लाहाचोकको आयोजनामा बुधवारदेखि गण्डकी प्रदेश क्लवस्तरीय खुल्ला फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक समूहले बाग्लुङ जिल्ला फुटवल संघलाई टाइबे्रकरमा ४–३ गोलअन्तरले हरायो । निर्धारित समयमा १–१ गोलको वरावरी भएपछि खेल टाइबे्रकरमा घकेलीएको थियो । आयोजक समूहको तर्फबाट विवेक सन्तोषी ‘म्यान अफ दी म्याच’ बने…
पोखरा । पोखराको ढुंगेसाँघुमा माघे मेलासँगै १९ औं माछापुच्छ«े गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता सकिएको छ । नेपाल क्योकुशिन कान कराँते संघ कास्की शाखाको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ २५ तौल समुहमा शालिन केसी प्रथम, सत्कार प्रतेल दोस्रो, प्रमेश मगर र नसिब थापामगर तेस्रो बने । ३० केजी तौल समुहमा रोहन…
पोखरा । तेस्रो संस्करणको अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार ४ खेल सम्पन्न भएका छन् । भ्याली स्पोर्टस् क्लबले आयोजना गरेको जारी प्रतियोगितामा बुधबार भएको पहिलो खेलमा बीटी एफसीले नयाँगाउँ एफसीलाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै जित हात पारेको छ । बीटीको जितमा ४ गोल गरेका सुदीप पाठक नायक…
काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी र संकटा क्लबले अंक बाँडेका छन् । लिग अन्तर्गत मंगलबार भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै समान १/१ बाँडेका छन् । बराबरी गर्दै दुवै टिमले १/१ अंक लिएपछि त्रिभुवन आर्मीले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ । नतिजासँगै आर्मीले १३ अंकसहित शीर्ष…