Author Archive »

टुँडीखेल खेल मैदानको बहुआयमिक प्रयोगबारे सोंच्न मन्त्री बिश्वकर्माको आग्रह

पोखरा । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरा–१ स्थित पुरानो टुँडीखेल मैदानको बहुआयमिक प्रयोगबारे सोंच्न आग्रह गरेका छन् । मन्त्री विश्वकर्माले भने, पुरानो टँडीखेल मैदानको बहुआयामिक प्रयोग कसरी गर्न सकिन्छ ? त्यसबारे योजनावद्ध रुपमा अगाडि बढ्नुहोस ।’ पुरानो टुँडीखेल मैदानको संरक्षणका लागि चावी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले उक्त कुरा बताएका हुन् । उक्त…

ज्येष्ठ नागरिक केन्द्रलाई सांसद राजीव पहारीको सहयोग

पोखरा । गण्डकी प्रदेश सांसद राजिव पहारीले पोखरा महानगरपालिका–५, मालेपाटनस्थित जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई टेलिभिजन र युरोगार्ड प्रदान गरेका छन् । गत असारमा संचालनमा आएको जेष्ठ नागरिक दिवा सेवा केन्द्रको उद्घाटनका बेला दिएको वचनअनुसार सांसद पहारीले केन्द्रलाई २४ ईञ्चको टेलिभिजन १ थान र युरोगार्ड १ थान प्रदान गरेका हुन् । श्रीमती सृजना पण्डितको साथमा…

भुटानमाथि नेपाली यू–१५ किशोरी टिमको दोस्रो जित

काठमाण्डौं । भुटान विरुद्धको नेपाली यू–१५ महिला फुटबल टिमले लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपाली किशोरी टिम ले भुटानमाथि १–० को जित निकालेको हो । नेपालको जितमा अभिसाथा थिमले एकमात्र गोल गरिन । उनले खेलको ११ औं मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि पनि नेपाली यू–१५ टिमले…

प्रधान सेनापति महिला कपमा एपीएफको उपाधि रक्षा

काठमाण्डौं । विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानसेनापती महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । भद्रकाली स्थित आर्मीको मुख्यालयको मैदानमा बुधबार भएको फाइनलमा विभागीय डर्बी त्रिभुवन आर्मीलाई २–० ले हराउँदै एपीएफले उपाधि उचाल्यो । उपाधिसँगै एपीएफले ३ लाख हात पा¥यो । दोस्रो भएको आर्मीले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।…

एन्फाले मोफसलको फुटबल तालिका बनायो

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुने नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतमा मोफसलका २५ वटा प्रतियोगिताको खेल तालिका बनाएको हो । मोफसलमध्ये सुनसरीमा ४, झापामा ३ र पोखरा, मकवानपुर, चितवन र धनगढीमा २/२ प्रतियोगिताहरु हुनेछन् । यस्तै, बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज,…

ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले शीर्ष स्थान ओगट्यो

काठमाण्डौं  । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबारदेखि तेस्रो चरणको खेलहरु शुरु भएको छ । मच्छिन्द्र क्लबले आफ्नो पहिलो खेलमा फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकोे खेलमा मच्छिन्द्रले फ्रेण्डस क्लबमाथि ३–० गोलको जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा मच्छिन्द्रले ६ अंक…

पोखरामा नदिपुर एमेच्योर फुटसल प्रतियोगिता शुरु

पोखरा । पोखरामा दोस्रो संस्करणको नदिपुर एमेच्योर फुटसल प्रतियोगिता बिहीबार (आज) देखि शुरु हुँदैछ । पोखराको गणेशटोलस्थित बीएफआइटी फुटसल स्पोर्टस्मा प्रतियोगिता हुनेछ । प्रतिभा भएर पनि प्रदर्शनका लागि उपयुक्त अवसर नपाएका एमेच्योर खेलाडीहरुका लागि नदिपुर युनाइटेड क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार सहित कप, मेडल र…

पोखरामा ओपन तथा भेट्रान्स टेनिस शुरु

पोखरा ।  ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता बिहीबार (आज) देखि पोखरामा शुरु भएको छ । कास्की जिल्ला टेनिस संघले १७ औं संस्करणको ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता गर्न लागेको हो । यसअघिको १६ औं संस्करणसम्म भेट्रान्स टेनिस मात्रै गर्दै आएको संघले बृहत् रुपले लैजाने उद्देश्यले यस संस्करणदेखि ओपन टेनिस सहितको प्रतियोगिताको आयोजन गर्न लागेको हो…

पोखरामा हिसान कास्कीको स्पोर्टस् मिट शुरु

पोखरा । पोखरामा बुधबारदेखि हिसान कास्कीको स्पोर्टस् मिट शुरु भएको छ । स्पोर्टस मिटमा छात्रा भलिबल, छात्रछात्रा टेबुल टेनिस र छात्रतर्फ बास्केटबल प्रतियोगिता शुरु भएको छ । बुधबार, छात्रा भलिबलतर्फ ११ वटा खेल सम्पन्न भएको छ । सम्पन्न खेलमा टप्स मावि, सृजना मावि, कास्की मोडर्नाइज्ड, केफ, पोखरा उच्चमावि, लिटिल स्टेप, मदरल्याण्ड, न्यू ग्यालेक्सीले आ–आफ्नो खेल…

विराटनगरले पीपीएलमा बुटवलसँग प्ले–अफ खेल्दै

पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको एलिमिनेटर राउण्डमा पुग्न सफल भएको छ । लिग चरणको अन्तिम खेलमा बुटवल ब्लाष्टरलाई ६ विकेटले हराउँदै विराटनगर प्ले–अफ खेल्ने भएको हो । निकै सम्भावना बोकेको पोखरा रंगशालामा बुधबार विराटनगरले फराकिलो अन्तरले हराएपछि रनरेट आधारमा काठमाडौं लिग चरणबाटै बाहिरिन बाध्य भयो । बुटवलले जितेमात्र काठमाडौं…