Author Archive »

गण्डकी प्रदेश सभामा सुनिता थापाले शपथ लिइन्

गण्डकी प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। सभामुख कृष्णप्रसाद धितालले आज (शुक्रबार) थापालाई शपथ गराएका हुन्। यसअघि, गत कार्तिक २८ गते विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त पदमा थापा निर्वाचित भएकी हुन्। २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित गौचनको निधन भएपछि रिक्त पदमा…

भारतको क्यालिकट हिरोज काभा पुरुष क्लब भलिबलको फाइनलमा

भारतको क्यालिकट हिरोजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसीपको फाइनलमा फाइनलमा स्थान बनाएको छ। क्यालिकटले लिग चरणमा अपराजित रहेको इरानको युवा टोलीमाथि ३–१ को सेटमा जीत निकाल्दै फाइनल पुगेको हो। क्यालिकट हिरोजले इरानको यु–१८ को जुनियर टोलीलाई २१–२५ को अंकमा पहिलो सेट सुम्प्यो। क्यालिकट हिरोज, दोस्रो सेटबाट खेलमा फर्कदैँ २५–२२ ले इरानको यु–१८ को जुनियर युवा…

एनपीएल क्रिकेटमा विराटनगर किङ्सको दोस्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले दोस्रो जीत हात पारेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो। विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो। चितवनका अमर रौटेलाले सर्बाधिक ४२ रन बनाए। विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए। यसअघि,…

एनपीएल क्रिकेटमा कर्णालीले लुम्बिनीलाई हरायो

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो। लुम्बिनीका टम मूर्सले सर्बाधिक ३६ रन बनाए। सन्दीप जोराले २६ रन जोडे। आशुतोष घिरैया र साद बिन जफरले समान १६÷१६ रन…

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले माछाका भुराहरु छाड्यो

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि माछाका भुराहरु छाडने कार्यलाई निरन्तरता दिएको छ। अर्जुनचौपारी गाउँपालिका क्षेत्रभित्र पर्ने दरौंखोलामा विभिन्न जातका ८० हजार माछाका भुरा छाडेको सो गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले दरौं खोलाको ४ किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुराहरु छाडेको हो। नेपाल विद्युत्त प्राधिकरण काली गण्डकी ‘ए’ जलविद्युत केन्द्र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारी स्याङ्जाको…

स्याङ्जा भीरकोटमा मगर समुदायका महिलालाई नौमती बाजाको तालिम

स्याङ्जाको भीरकोट नगरपालिकामा महिलाहरूलाई नौमती बाजा बजाउने तालिम संचालन गरिएको छ। सो नगरपालिकाको वडा नं ६ मा मगर समुदायका महिलाहरूलाई लक्षित गरी नौमती बाजा तालिम संचालन गरिएको हो। परम्परागत संस्कृति संरक्षण र बाजा बजाउने सीपको पुस्तान्तरण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा १६ जना महिलाहरूलाई पञ्चे बाजा बजाउने तालिम सुरु गरिएको हो। वडा अध्यक्ष लक्ष्मण खत्री…

पोखरामा नेपाल बारको केन्द्रीय कार्यकारिणी परिषद् बैठक बस्दै

पोखरामा नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद्को ५० औँ बैठक सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार बैठकको उद्घाटन गरेका हुन्। मुख्यमन्त्री पाण्डेले कार्यक्रममा बोल्दै वर्तमान संविधान र संघीयतालाई बचाउन कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहने बताएका छन्। ‘लोकतन्त्र स्थापना र कानुन निर्माणमा कानुन व्यवसायीको भूमिका रहेजस्तै संरक्षणमा पनि दायित्व निर्वाह गर्नुपर्ने हुन्छ। संविधानअनुसार…

काभा पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको सेमिफाइनल समीकरण पूरा भएको छ। इरानको यु–१८ को जुनियर टोलीले क्लब लिगको शीर्ष स्थान ओगट्यो। त्यसैगरी, नेपालको हेल्प नेपाल स्पोर्ट्स क्ल दोस्रो स्थानमा रह्यो। भारतको क्यालिकट हिरोज तेस्रो स्थान रहन सफल बन्यो। यसैगरी, माल्दिभ्सको क्लब एचडीसी चौथो स्थानमा रह्यो। आज भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेश भलिबल संघले क्यालिकट…

एनपीएल क्रिकेटमा जनकपुर एक खेलअगावै ‘प्ले–अफ’ मा पुग्यो

जनकपुर बोल्ट्स एक खेल अगावै फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको छ। काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एक खेलअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको हो। जनकपुर जारी एनपीएलको ‘प्ले–अफ’ मा पुग्ने पहिलो टोलीसमेत बनेको छ। काठमाडौँको पनि ‘प्ले–अफ’ पुग्ने संभावना कायमै छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा…

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार लामिछानेलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो। प्रहरीले भने थप अनुसन्धानका लागि भन्दै ९ दिनको समय मागेको थियो। कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई सातौँपटक बिहीबार कास्की जिल्ला अदालत उपस्थित…