पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले बिहिबार सहज जित हात पारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो । नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो…
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बिच भलिबल प्रतियोगितामा नेपाली दुवै टोली पराजित बनेको छ । फेवाताल किनारमा पहिलो पटक आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका मानबहादुर श्रेष्ठ र दिलकुमार सुनारको जोडी पहिलो खेलमा पाकिस्तानका जार्सनाब खान र अफाग खानको जोडीसँग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित भए । लिगको दोस्रो खेलमा…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएका व्याडमिन्टन प्रतियोगितामा नेपाल कास्य पदकमा सीमित बनेको छ । बिहीवार पोखराको व्याडमिन्टन कोर्टमा भएको सेमीफाइनलमा सिंगल, डबल्स र मिक्स डबल्सतर्फका सबै स्पर्धा गुमाएपछि नेपाल कास्यमै सीमित बनेको हो । बिहीबारको सेमीफाइनलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ् भारतका आर्यमान टण्डनसँग २–१ को सेटमा पराजित भए…
पोखरा । बंगलादेश १३ औं दक्षिण एशियाली खेकलुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो । बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल…
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बिहीबारदेखि पोखरामा आर्चरी खेल शुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि बिहीबार उक्त खेलको उद्घाटनसहित अभ्यास खेल सुरु गरिएको हो । पाकिस्तानले अन्तिम अबस्थामा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नभएपछि बिहीबार अभ्यास वार्म–अपका खेल भएको नेपाल आर्चरी संघका केन्द्रीय…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’मा रहेको नेपालले लगातार २ खेल जित्दै ६ अंक बटुलेसँगै नेपाल सेमिफाइनलमा प्रबेश गरेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ ले गोल गर्दै जित हात पा¥यो । नेपालको लागि उमा राईले…
पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो भने श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो । टस हारेर व्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन…
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ । मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताए । उनका अनुसार नेपाल सहित भुटान, श्रीलंका र…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा कास्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय…
पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल बुधबारदेखि शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । यद्यपी, १३ औं साग अन्तर्गत पुरुषतर्फको ह्याण्डबलमा भने नेपालले ब्यहोरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलको नतिजा निकाल्दै सुखद्…