नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब पोखरामा जारी पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ न्यु–डायमण्ड दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहीबार बिहान भएको एलिमिनेटर खेलमा न्यु–डायमण्डले विभागीय नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। विभागीय पुलिसमाथि न्यु–डायमन्डले पहिलो…
सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल संचालन, प्रयोग तथा नियमनसम्बन्धी केही प्रावधानप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन र नियन्त्रण गर्ने कुनैपनि कानुन स्वीकार्य नहुनेतर्फ महासंघको गंभीर ध्यानाकर्षण भएको जनाएको हो। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अगुवा…
प्रेस सेन्टर नेपालद्वारा सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल संचालन, प्रयोग र नियमनसम्बन्धी विधेयकको प्रावधानप्रति प्रेस सेन्टर नेपालले गंभीर ध्यानाकर्षण गराएको छ। प्रेस सेन्टर नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा नागरिकको स्वतन्त्रता र संविधानप्रदत्त प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिएको आरोप लगाएको छ। प्रेस सेन्टर नेपालका महासचिव…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षण पद्धतिमा सूचना प्रविधिलाई जोड दिँदै प्राविधिक जनशक्ति उत्पादनमा लाग्नुपर्ने औंल्याएका छन्। प्रविधिको युग सुहाउँदो जनशक्ति उत्पादन गर्न बालबालिका उमेरदेखि नै प्रविधिमा अभ्यस्त बनाउनुपर्नेमा उनले उनले जोड दिए। पोखरा–१९ तल्लाकोटस्थित विन्ध्येश्वरी माविको ६३ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण, आइसीटी ल्याब उद्घाटन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले यो…
पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ २ र महिलातर्फ १ खेल हुनेछन्। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका २ खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछन्। पहिलो खेल महिलातर्फको खेल बिहान ९ बजेबाट सुरु हुनेछ। उक्त खेल विभागीय नेपाल पुलिस क्लब…
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। पोखराका बुधबार छुट्टाछुट्टै ३ विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले औंल्याए, ‘शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्याउँदै आएको छ।’ मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ छहरेपानीस्थित ज्ञानज्योती मावि तथा…
विभागीय शस्त्र प्रहरी बलको (एपीएफ) क्लब एन्फा महिला लिगको च्याम्पियन बनेको छ। सम्पन्न महिला लिग फुटबलमा अपराजित रहँदै विभागीय एपीएफले उपाधि जितेको हो। लिगमा अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले फाइनलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै उपाधि जित्यो। उपाधिसँगै एपीएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।…
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका २ महत्वपूर्ण निर्माणाधीन योजनाको अनुगमन गरेका छन्। मन्त्री केसीले लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनितिक सडक’ अन्तर्गत दुलेगौंडा–हर्कपुर मोटरमार्ग र वडा नंं ५ र ८ जोड्ने सेती नदिमाथि निर्मित मोटरेबल पुलको बुधवार अनुगमन गरेका हुन्। सो अवसरमा मन्त्री केसीले निर्माण…
पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत विभागीय त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबबीचको खेल स्थगित भएको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो। सुनिल भलिबल क्लबले पहिलो सेट २५–२३ र दोस्रो सेट…
विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब पाँचौं संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ। पोखरो रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ हेल्प नेपालसँग ३–२ को सेटले पराजित हुँदै विभागीय एपीएफ प्रतियोगितबाट बाहिरिएको हो। लगातार पहिलो र दोस्रो सेट गुमाएको विभागीय एपीएफले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन…