फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ’सुपर ओभर’ मा विराटनगर किङ्समाथि पोखरा एभेन्जर्सले जीत निकालेको छ। जारी यस एनपीएलमा यो पहिलो ’सुपर ओभर’ हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीबार ‘सुपर ओभर’ को रोमाञ्चक खेलमा पोखराका लागि रेमन रेफरले १७ रन बनाए। एन्ड्रिस गौसले १ रन थपे। जवाफमा ५ रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र…
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले आफ्नो १०० दिनको कार्यप्रगति सार्वजनिक गरेकी छिन्। मन्त्रालयको सभाहलमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपंक्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानूनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धीहरु सार्वजनिक गरेकी हुन्। मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सोअनुसार कार्य गर्दै आएको उल्लेख…
रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ। उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा ल्याइएको हो। वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि त्यहाँ लगिएको थियो। उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं लगिएको हो। लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका…
हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार जीत निकाल्दै काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ। कमाठमाण्डोंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको अन्तिम खेलमा हेल्प नेपालले माल्दिभ्सको एचडीसीलाई ३–१ को सेटमा हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो। प्रतियोगितामा हेल्प नेपालको यो तेस्रो जीत हो। जीतसँगै हेल्प नेपालले ३ खेलबाट ८…
पोखरामा जारी पर्वतीय महोत्सवमा आज (बुधबार) ‘समिटर्स डायलग’ प्यानल डिस्कस्सन कार्यक्रम गरिएको छ। पूर्व निर्धारित कार्यक्रम तालिकाअनुसार भएको यस कार्यक्रममा चर्चित आरोहीहरुले आरोहणका अनुभवहरु साटासाट गरे। आजको प्यानल डिस्कस्सन कार्यक्रममा चर्चित आरोहीहरु दावा याङजुङ शेर्पा र निमारिन्जी शेर्पा सहभागी थिए। उनीहरुले हिमाल आरोहण गर्दा भोगेका चुनौती, आरोहणपछिको सुखानुभूति र यो क्षेत्रका चुनौतीबारे विचार राखे। विश्वका…
काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपमा इरानको यु–१८ को टोलीले लगातार तेस्रो जीत हात पारेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको खेलमा इरानको १८ वर्षमुनिको टोलीले भारतको क्यालिकट हिरोजलाई ३–० को सोझो सेटमा हरायो। इरानको युवा टोलीले पहिलो सेट २७–२५ ले जीत निकाल्यो। यसैगरी, दोस्रो सेटमा २५–२२ ले जित्यो। तेस्रो सेटमा…
नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ। ५ दिनसम्म चलेको महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ। महोत्सवअन्तर्गत आज (बिहीबार) आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे। समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबीच…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले दोस्रो जीत निकालेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाण्डौले लुम्बिनी लायन्सलाई १८ रनले हरायो। काठमाण्डौले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट बन्यो। लुम्बिनीका सन्दीप जोराले सर्बाधिक २६ रन बनाए। काठमाण्डौका कप्तान करण केसीले ४ विकेट लिए। त्यसैगरी,…
फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सको ४ खेलको अपराजित यात्रा टुंगिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा जनकपुर सूदूरपश्चिम रोयल्सँग ७२ रनले पराजित भयो। सूदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट बन्यो। एनपीएलमा यो सबैभन्दा कम योगफल हो। यसअघि, चितवन राइनोजसँगको खेलमा पोखरा एभेन्जर्स…
स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका क्षेत्रभरका विभिन्न खोलाहरुमा माछाका भुराहरु छाडिएको छ। विरुवा गाउँपालिका क्षेत्रभित्र पर्ने मेङ, बास्तारा तथा ज्याग्दी खोलाहरुमा करिब ५० हजार माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ। सो गाउँपालिका क्षेत्रभित्रका खोलाहरुको कटहरे झोलुङ्गे पुलमुनीको रह, मेङ खोला र बास्तारा खोलाको दोभान, सनफ्लावर इंग्लिस बोर्डिङ स्कूलअगाडिको रह, बाहाचौरस्थित बक्से रह र चिन्नेवासस्थित भुवान रहमा…