Author Archive »

भारतलाई स्ट्यान्डिङ क्रिकेटको उपाधि

पोखरा । अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले ३ वटै खेलको शृंखलामा ३–० ले क्लीन स्वीप गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । भारतका इमरान मल्लिकले…

आइओसी तेक्वान्दो टेक्निकल सोलिडारिटी कोर्स शुरु

पोखरा । आइओसी तेक्वान्दो टेक्निकल सोलिडारिटी कोर्स बुधबारदेखि सुरु भएको छ । नेपाल ओलम्पिक कमिटीको तत्वावधान तथा नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीमा सुरु कोर्स ४ दिनसम्म चल्नेछ । विभागीय क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ र ७ प्रदेशसहितका ९० जना प्रशिक्षक कोर्समा सहभागी छन् । सहभागी प्रशिक्षकहरुलाई दक्षिण कोरियन तेक्वान्दोका ग्राण्डमास्टर…

आइटीएफ जी–४ टेनिसमा कमल थापालाई दोहोरो उपाधि

काठमाण्डौं । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एसिया बैंक नेपाल आइटीएफ विश्व वरीयता सिनियर्स ग्रेड–४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले पोखरा रंगशालाको टेनिस कोर्टमा बुधबार भएको ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारमाथि ६–४ र ६–२ को सोझो सेटमा जित…

औपचारिक रुपमा अन्तरदेशीय पेट्रोलियम पाइप संचालनमा आयो

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन आजदेखि औपचारिक संचालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आ–आफ्नो देशबाट बटन थिचेर पाइपलाइन परियोजनाको उद्घाटन गरेका छन्। दिल्लीबाट भारतीय प्रधानमन्त्री मोदीले स्वीच थिचेपछि बरौनीमा नेपाल आउने तेलको पाइप अन भएको थियो। सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेपछि अमलेखगञ्जमा तेल झर्न शुरु भएको…

राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई

पोखरा । प्रकाश दाहाल स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागीय डर्बी फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै प्रहरीले उपाधि जितेको हो । चार दिन अगाडि हुने भनिएको फाइनल वर्षाका कारण स्तगित भएपछि शनिबारका लागि सारिएको थियो । आर्मीका मुख्य खेलाडी मानबहादुर श्रेष्ठ…

एएफसी यू–१६ च्याम्पियनसीपमा नेपालको फराकिलो हार

पोखरा । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसीप छनोटको तेस्रो खेलमा नेपालले फराकिलो गोल अन्तरले पराजित भएको छ । नेपाल ताजिकिस्तानसँग ७–० गोलको फराकिलो अन्तरले लज्जाजनक हारलाई आत्मसाथ गरेको हो । उक्त खेलमा ताजकिस्तानका लागि मोहमद भोरिस सैदअलिबले ह्याट्रिक पूरा गरेका थिए । ताजकिस्तानले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ३ गोल गर्न सफल भयो…

टी–२० को वरीयतामा नेपाल ११ औं स्थानमा

पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–२० को वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आइसीसीले हालैमात्र अपडेट गरेको टी–२० को नयाँ वरीयतामा नेपाल यथावत रहँदै ११ औं स्थानमा कायम छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै थियो । नयाँ वरीयता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ ।…

पोखरामा आइटीएफ सिनियर टेनिस शुरु

पोखरा । पोखरामा नेपाल आइटीएफ सिनियर्स वल्र्ड ¥याङ्किङ जी–४ टेनिस च्याम्पियनसीप शुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शनिबारबाट शुरु भएको च्याम्पियनसीपमा नेपाल, भारतलगायत तेश्रो मुलुकका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथिका खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितालाई एनआइसी एसिया बैंंकले मुख्य प्रायोजन गरेको छ…

महिला राष्ट्रिय टोलीलाई खेल जर्सी प्रदान

पोखरा । शनिबार विहान मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले नेपालमा हुने १३ औं दक्षिण एसियाली (साग) गेमका लागि बन्द प्रशिक्षणमा रहेका महिला ह्याण्डवलका राष्ट्रिय टोलीलाई जर्सी प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बोर्ड सदस्य राजेश कुमार गुरूङले जर्सी उपलब्ध गराएका हुन् । खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या…

सहारा एकेडेमीमा महिला ह्याण्डबल टोली

पोखरा । मंसीरको १५ गते (डिसेम्बर १ तारिख) देखि नेपालमा हुने १३ औं दक्षिण एसियाली (साग) गेमका लागि बन्द प्रशिक्षणमा रहेका महिला ह्याण्डवल टोलीले पोखराको दोबिल्लास्थित सहारा एकेडेमीको भ्रमण गरेको छ । सहारा क्लब, पोखराद्वारा संचालित फुटबल एकेडेमीका किशोर खेलाडीहरुले राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा सहारा एकेडेमीका किशोर खेलाडी कमल…