पोखरा । नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तेक्वान्दो खेलाडीको छनोट गरिएको छ । तेक्वान्दो संघले सागमा नेपालको प्रतिनिधित्व गर्ने ३४ खेलाडीको नाम घोषणा गरेको हो । सागमा महिला ४६ केजीमुनि आर्मीकी काजल श्रेष्ठ, ४९ केजीमुनि आर्मीकै युनिशा राई, ५३ केजीमुनि एपीएफकी अस्मिता खड्का तथा ५७ केजीमुनि पुलिसकी नीमा गुरुङ छन्…
खलङ्गा । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता भदौको २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत, चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ । शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनबारे जानकारी दिइएको हो । कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम प्रतिफल हासिल गर्ने…
पोखरा । पोखरा रंगशालाको बास्केटबल कोर्टमा मेयर कप बास्केटल प्रतियोगिता जारी छ । प्रतियोगिता अन्तरगत मावि छात्रा, भेट्रान्स र ब्याचलर छात्रातर्फको फाइनल समिकरण पूरा भएको छ । मावि छात्रातर्फको सेमीफाइनल समिरकण पूरा भएको छ । प्रतियोगिता अन्तरगत भेट्रान्सतर्फ आयोजक कास्की बास्केटबल संघ र अमरसिंह रातो बीच उपाधिका लागि फाइनल हुनेछ । शुक्रबार भएको भेट्रान्सतर्फको पहिलो…
पोखरा । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा विभागिय सशस्त्र प्रहरी बलको टोली एपीएफको ‘ए’ ले स्थान बनाएको छ । नदीपुरस्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार भएको पहिलो सेमीफाइनल खेलबाट एपीएफको ‘ए’ टिमले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २२–२५, २५–१७ र २५–१५ को सेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । उक्त खेलबाट…
पोखरा । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । कोलम्बोमा शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित भएको हो । आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य श्रीलंकाले ३३ ओभर ४…
पोखरा । विश्वकप कप छनोट अन्तरगत दोस्रो चरणको पहिलो खेलमै नेपालले खराब प्रदर्शन गरेको छ । २०२२ मा कतारमा हुने विश्वकप कप छनोट अन्तरगत दोस्रो चरणको पहिलो खेलमा कुवेतसँग नेपालले ७–० गोल अन्तरको लज्जास्पद हारलाई आत्मसाथ गरेको हो । विहीबार राती कुवेतले आफ्नै खेल मैदानमा नेपाललाई ७–० गोलले पराजित ग¥यो । कुवेतले पूरै खेललाई आफ्नो…
पोखरा । पोखराका ट्याक्सीहरु मिटरमा चल्न नमान्दा यात्री र सर्वसाधारणहरु ठगीको मारमा परेका छन् । ट्याक्सी चालकहरुबाट मनपर्दि भाडा उठाउने गरेको स्वयं यात्री र सर्वसाधारणबाट गुनासाहरु आएका छन् । यात्री र सर्वसाधारणको गुनासो उठेपछि गण्डकी प्रदेशको संसदमै ट्याक्सीबाट यात्री र सर्वसाधारणहरु ठगिएको विषय उठेको छ । त्यतिमात्र होइन सरोकारवालाबीच पनि छलफलहरु चलाइएका छन् । पोखरामा…
स्याङ्जा । स्याङ्जाको भुम्रेस्थित होराइजन क्लबले जिल्लाको क्लबस्तरीय लिग फुटबल उपाधि जितेको छ । फाइनलमा स्मृति क्लबलाई ९–१ गोलको वर्षा गराउँदै होराइजनले लिग उपाधि जितेको हो । उपाधिसँगै होराइजनले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता स्मृतिले १५ हजारमा चित्त बुझायो । एन्फा स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका–१३ स्थित मातृभूमी खेल मैदानमा…
पोखरा । एसीसी यू–१९ एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाल क्रिकेट टिमले पहिलो अभ्यास खेलमा तीन विकेटले हार बेहोरेको छ । श्रीलंकाको स्थानीय सिंहालिज क्रिकेट क्लब (एसएससी) सँग नेपाली टोली तीन विकेटले पराजित भएको हो । कोलम्बोमा भएको पहिलो अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २…
पोखरा । आयोजक जक्सन–१६ ‘ए’ ले पहिलो संस्करणको पोखरा मिडिया कपको उपाधि जितेको छ । मिडिया कपको फाइनलमा आयोजक जक्सन–१६ को ‘ए’ ले जक्सन–१६ कै ‘बी’ लाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो । उपाधिसँगै जक्सन–१६ ‘ए’ ले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता जक्सन–१६ को ‘बी’ ले २० हजार सहित ट्रफी,…