पोखरा । अन्नपूर्णको घान्द्रुकस्थित लामा अमृत फाउन्डेसनको आयोजनामा भदौको १७ गतेदेखि २१ गतेसम्म क्लवस्तरीय पुरुष, महिला, भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । फाउन्डेसनको आयोजनामा पोखराको नदीपुरस्थित कर्पाकेली समाज घरमा प्रतियोगिता गर्न लागिएको सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा प्रथम हुने पुरुष समूहले रु. ६० हजार, द्वितीयले रु.४० हजार साथमा शिल्ड, मेडल…
पोखरा । एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो खेल गुमाएको छ । नेपाल पहिलो खेलमै किर्गिस्तानसँग पराजित बनेको हो । सोमबार भएको उद्घाटन खेलमा नेपाल किर्गिजस्तानसँग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । लगनखेलस्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपालले किर्गिजस्तानलाई २३–२५, २२–२५ र २२–२५ को सोझो सेटमा हार्न पुग्यो । जितसँगै…
पोखरा । पोखरा रंगशालामा विभिन्न प्रतियोगिताहरु हुँदा आयोजकको तर्फबाट खेलाडीहरुलाई खानेपानीको व्यवस्था हुँदैनथ्यो । सहभागी विद्यालय तथा संघसंस्थाहरु आफैले खानेपानीको व्यवस्था गर्नुपथ्र्यो । सहभागी संघसंस्थाहरुले पनि आफ्नो खेलाडीहरुको लागि खानेपानीको व्यवस्था नगर्दा खेलाडीहरु पानी पनि पिउन नपाई प्रतिस्पर्धाका लागि खेल भावना बोकेर मैदानमा उत्रन्थे । यसरी, मैदानमा उत्रदै गर्दा खेल्ने क्रमा खेलाडीहरु मैदानमै बेहोश भई…
पोखरा । हिलपोइन्ट बोर्डिङ स्कुल हिमाअज फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ । एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लि र एपी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको प्रथम कलेजस्तरीय ‘हिमाअज कप २०१९’ फुटसल प्रतियोगिताको फाइनलमा पोखरा कलेज अफ म्यानेजमेन्टलाई शून्यकाविरुद्ध एक गोल गर्दै हिलपोइन्ट च्याम्पियन बनेको हो । उपाधिसँगै हिलपोइन्ट बोर्डिङ स्कुलले २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पा¥यो…
पोखरा । यही भदौको १३ गतेबाट पोखरामा प्रथम मेयर कप बृहत् छात्रछात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा विद्यालय, कलेज, क्याम्पस र भेट्रान्स तहमा बास्केटबल खेलको आयोजना गरेर प्रतियोगितालाई बृहत् बनाउने शनिबार पत्रकार सम्मेलनमा बताइएको छ । पोखरा रंंगशालाको कोर्टमा मावि कक्षा १०, मावि कक्षा ११ र १२, स्नातक र…
पोखरा । नायिका तथा मोडल अधिकारीले फिचरिङ गरेको तीज गीत ‘तीजै रमाइलो’ युट्युबमार्फत सार्वजनिक भएको छ । गोमा (सुजता) कार्कीले गीतमा स्वर भरेकी हुन् । जीवन शाहीले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । नविन निरौलाले रंग सम्पादन गरेको गीतको म्युजिक भिडियोको सम्पादन बुद्ध थापाले गरेका हुन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् । राजन पोखरेलले…
पोखरा । गायिका शुशिला तामाङ र गायक किसन गाहामगरको ‘ज्यान तिम्रै माया’ तीज गीतको म्युुजिक भिडियो सार्वजनिक भएको छ । युट््युबमार्फत म्युजिक भिडियो सार्र्वजनिक भएको हो । किसन गाहामगरले नै संगीत भरेको गीतमा लयपनि किसनले नै संकलन गरेका छन् । गीतको नृत्यमा करिश्मा ढकाल विनोद सुन्दासले फिचरिङ गरेका छन् । मौसम हिमालीले निर्देशन गरेको म्युजिक…
पोखरा । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । अधिकारीको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ । ६ वर्षको उमेरदेखि नै अभिनय थालेकी अधिकारीले पहिलो पटक नेवारी नाटक कचिमचा (काँचो माटो) बाट अभिनय गर्न सुरु गरेकी थिइन् । अधिकारीले…
यो मायाले जाम मात्रै भन्छ, रेलले तान्छ, काँ लान्छ, काँ लान्छ । पोखरा । गायिका कमला गै¥हे र गायक जगत पौडेलले गाएको तीज गीत ‘रेलले तान्छ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो युटट्युबमार्फत सार्वजनिक गरिएको हो । लोक दोहरी क्षेत्रका गायक चोलेन्द्र पौडेलले गीतको शब्द रचना गरेका हुन् । गीतको लय पनि चोलेन्द्रले नै…
पोखरा । गायक पशुपति शर्माको तीज गीत ‘अष्ट्रेलिया काण्ड’को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा मोडल दिपासा बिसीले फिचरिङ गरेकी छन् । दिपासालाई स्वयं पशुपति शर्मा, गायिका सम्झना भण्डारी र बबिन ठकुरीले साथ दिएका छन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै पशुपति शर्माले आफ्नो तीजका गीतहरुलाई युट््युबमा सार्वजनिक गर्दै आएका…