गोरखा नगरपालिकाले जग्गा वर्गीकरण गर्ने क्रममा पालिकाभरको जग्गाको कित्ता सार्वजनिक गरेको छ। हाल, नापी कार्यालय गोरखा र नापी विभाग काठमाडौँको प्राविधिक सहयोगमा जग्गा वर्गीकरणको काम संचालन गरिरहेको छ। नगरपालिकाले जग्गा वर्गीकरण अन्तरगत अन्तिम चरणको कित्ता सार्वजनिकको काम सम्पन्न गरेको हो। केही समयअघि मात्र जग्गा अद्यावधिकको काम सकेको गोरखा नगरपालिकाले हालसालै १४ वटै वडाको कित्तागत विवरणको…
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले तेस्रो हार ब्यहोरेको छ। पोखरा एभेन्जर्सको आफ्नो पाँचौ खेलमा मंगलबार कर्णाली याक्ससँग ७ विकेटले पराजित बनेको हो। काठमाण्डौको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो। कर्णालीका लागि सर्बाधिक गुल्सन झाले अविजित ४९ रन बनाए। यस्तै, चाडविक वाल्टनले…
यतिखेर, पत्रकार महासंघको निर्वाचनले आम संचारकर्मी र पत्रकारमाझ सरगर्मी बढेको छ। यहि मंसीरको आउँदो २८ गते हुने पत्रकार महासंघको निर्बाचनमा केन्द्रदेखि प्रदेश र जिल्लासम्मका पत्रकारहरु चुनावी होडमा उत्रिएका छन्। निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न पत्रकारहरुको घटकदेखि स्वतन्त्र उम्मेदवारहरु चुनावी रणनीतिमा जुटेका छन्। निर्वाचनका लागि सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियन र नेकपा…
कास्की–११ ले २५ औं संस्करणको आदर्श कप फुटबलमा विजयी सुरवात गरेको छ। पोखराको लेखनाथस्थित भण्डारढिकमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा कास्कीले स्याङ्जा फुटबल संघलाई २–० गोलले पराजित गरेको हो। जीतसँगै कास्की–११ ले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। कास्कीको जीतमा मुकुन्द न्यूरे र अनिष तामाङले गोल गरे। मुकुन्दले पहिलो गर्दै टिमलाई अग्रता दिलाए। त्यसैगरी, कास्कीकै अनिषले…
गण्डकी प्रदेशले काभा पुरुष क्लब च्याम्पियनसीपमा लगातार तेस्रो हार ब्यहोरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा इरानको यु–१८ को टोलीसँग गण्डकी ३–२ को सेटमा पराजित भएको हो। सुरुआती २ सेट जितेको गण्डकीले त्यसपछिको लगातार ३ सेट इरानी यु–१८ को युवा टोलीलाई सुम्प्यो। गण्डकीले प्रतिस्पर्धात्मक पहिलो सेटमा २८–२६ को कठिन जीत…
भारतको क्यालिकट हिरोजले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसीपमा पहिलो जीत निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार क्यालिकटले माल्दिभ्सको क्लब एचडीसीलाई ३–० को सोझो सेटमा हराएको हो। क्यालिकटले पहिलो सेटमा २५–१३ ले सहज जीत निकाल्यो। दोस्रो सेटमा २५–२३ को कठिन जीत निकाल्यो। त्यसैगरी, तेस्रो सेटमा २५–२१ ले जित्यो। जीतसँगै…
पोखरामा विगतमा जस्तै यस वर्षपनि २६ औँ संस्करणको ‘सडक महोत्सव’को तयारी तीब्र पारिएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी २६ औँ संस्कणको ‘पोखरा सडक महोत्सव’ गर्ने भएको हो। ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आगामी पुसको १३ देखि १७ गतेसम्म ‘सडक महोत्सव’ हुन लागेको २६…
नवलपुरको गैँडाकोटमा सोमबार सामुदायिक कुकूरहरुको निःशुल्क स्थायी बन्ध्याकरण गरिको छ। साथै, कुकूरहरुलाई रेबिजविरुद्धको खोपसमेत लगाइएको छ। गैँडाकोट नगरपालिका तथा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रको संयुक्त आयोजनामा कुकरहरुको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइएको हो। गैँडाकोट नगरपालिका वडा नं. मिलनचोकमा चलाइएको शिविरमा गैँडाकोट नगरपालिका वडा नं. १, २, ४, ५, ६, ७ र ८ नम्बर वडाका…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेललाई बयानका लागि पर्सामा लगिएको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सोमबार बेलुकी हवाईमार्ग हुँदै वीरगञ्ज लगिएको हो। वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाईमार्गबाट सिमरा विमानस्थलसम्म लगेको थियो। त्यसपछि, सिमरा विमानस्थलबाट भने लामिछानेलाई…
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। संघीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन्। मन्त्रालयमा आइतबार आयोजित संघीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरूसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन्।…