Author Archive »

नयाँ तीजे गीतको कोसेली ‘रे पटम भरर’ सार्वजनिक

पोखरा । स्रष्टा लोकराज अधिकारीले यस वर्ष ‘रे पटम भरर’ बोलको नयाँ तीजे गीतको कोसेली प्रस्तुत गरेका छन् । आधुनिक र चलचित्र क्षेत्रमा सफल गीतकारको पहिचान बनाएका लोकराजले युट्युबमार्फत गीतको म्युजिक भिडियोलाई हालैमात्र सार्वजनिक गरेका हुन् । गीतमा लोकराजकै शब्द सिर्जना र लय संकलन छ । ऋतु कँडेलको स्वरमा सजिएको गीतमा गोविन्द मधुर आचार्यले संगीत…

लमजुङको बेसीसहरमा बिमा र माया सहित ६ कलाकारहरु सम्मानीत

पोखरा । लमजुङमा वरिष्ठ लोक गायिकाद्वय विमाकुमारी दुरा र माया गुरुङलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको सातौं जिल्ला अधिवेशनको उदघाटनमा गायिकाद्वयलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा वरिष्ठ लोक गायिकाद्वय सहित आधादर्जन गायक÷गायिकालाई सम्मान गरिएको हो । लमजुङ घर भएका लोकगायिकाद्वय दुरा र गुरुङले गायनको क्षेत्रबाट…

कुवेत जान लागेका एएसबीसीका खेलाडी विदाई

पोखरा । कुवेतमा आयोजना हुने एएसबिसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरुलाई सोमबार विदाई गरिएको छ । च्याम्पियनसीपका लागि कुवेत जान लागेका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र संघका अध्यक्ष राम अवाले लगायतले एक कार्यक्रमबीच विदाई गरेका हुन् । च्याम्पियनसीपमा नेपालका छिरिङ वाङ्गदी शेर्पाले समेत प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट…

हिरोज तेक्वान्दो च्याम्पिययनसीपमा नेपाललाई ४ स्वर्ण

पोखरा । नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा चार स्वर्ण जितेका छन् । प्रतियोगितामा विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन् । सुप्रिया बजगाईं र पूजा कुँवरले फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन् । अरुण टमाटाले कास्यमा चित्त…

साउनको १६ गतेदेखि सागको कराते खेलाडी छनोट प्रतिस्पर्धाका खेलहरु

पोखरा । साउनको १६ गतेबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेको खेलाडी छनोटको प्रतिस्पर्धाका खेल हुने भएको छ । नेपालमा हुने साग गेमका लागि कराते खेलाडी छनोटको प्रतिस्पर्धाका खेलहरु नेपाल कराते महासंघले गर्ने भएको हो । कुमुतेको टिम इभेन्टतर्फ बन्द प्रशिक्षणमा सहभागी गराउन पुरुष तथा महिला खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गर्न…

१३ औं साग तयारी, काठमाण्डौं, ललितपुर र पोखरामा २७ खेलहरु

पोखरा । आगामी मंसिरको १५ देखि २५ गतेसम्म नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का खेलहरु काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिने भएको छ । सागमा समावेश २७ खेलहरु छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत साग प्राविधिक समितिले खेल स्थलको टुंगो लगाएको हो । राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार…

मेक्सम र शान्तिश्रीको तीज गीत ‘मादलु’

मादलु कहाँ बज्यो ? साइँला, पोखराको पृथ्वीचोकैमा … पोखरा । नेपाली हिन्दु नारीहरूको महान पर्व हरीतालिका तीजलाई लक्षित गरेर तीजका सांगीतिक कोसेलीहरू सार्वजनिक हुने क्रम बढ्दो छ । यसै मेसोमा गायक मेक्सम खाती र गायिका शान्ति श्री परियारको तीजको सांगीतिक कोसेली ‘मादलु’ को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । पछिल्लो समय ‘बोल माया’ र…

चलचित्र ‘जाइरा’ को आइटम गीत सार्वजनिक

पोखरा । चलचित्र ‘जाइरा’को आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीत गायिका मिना निरौलाले गाएकी हुन् । गीतमा तनुजा गुरुङको नृत्य र गोबिन्द राईको कोरियोग्राफी रहेको छ । ‘यो मात चढेको साँझ’, सन् १९७४ मा निर्माण गरिएको चलचित्र ‘मनको बाँध’को गीतलाई रिमेक गरिएको हो । ‘मनको बाँध’ को उक्त…

चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक

पोखरा । चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । साउनको ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । ‘हजार जुनीसम्म’बाट अर्का अभिनेता अखिलेस प्रधानले चलचित्रमा डेब्यु…

नेपाली चलचित्र ‘पासवर्ड’को पोस्टर सार्वजनिक

पोखरा । चलचित्र ‘पासवर्ड’को पोस्टर सार्वजनिक गरिएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ । बलिउड अभिनेत्री सन्नी लियोनीले ‘पासवर्ड’ को एउटा गीतमा नृत्य गेकी छिन् । सम्राट बस्नेतले…