पोखरा । सञ्चारकर्मी गणेश पाण्डेले आफ्नो तीज गीतको म्युजिक भिडियो ‘चुरा’ युट्युबमा रिलिज गरेका छन् । यसअघि, डकुमेन्ट्री फिल्महरूको निर्देशन गर्दै आएका पाण्डेको शब्द रहेको तीज गीत ‘चुरा’मा सुनिता अधिकारीले स्वर दिएकी छिन् । शिव हामलले गीतमा लय मिलाएका छन्। कृष्ण बिक ‘भाञ्जा’ ले गीतमा एरेञ्जर भरेका छन् । कुमार रानाको मिक्सिङ रहेको गीत मारुनी…
पोखरा । गायिका जमुना रानामगरको तीज कोशेली ‘तीजको बेला’ बजारमा आएको छ । ‘नाच दिदी वहिनी हो, तीजको बेला कति रमाइलो’ बोलको तीज गीतको उक्त म्युजिक भिडियोमा स्मृति तिमिल्सिनाको फिचर रहेको छ । म्युजिक भिडियोको फिचरमा स्मृृतिलाई शंकर विसीले साथ दिएका छन् । उक्त म्युजिक भिडियो हालैमात्र युट्युबमार्फत सार्वजनिक भएको हो । गीतको स्वरमा जमुनालाई…
पोखरा । विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा पुगेको छ । त्यस्तै, दुई स्थान तल झरेको भारत १०३ औं स्थानमा छ । दक्षिण एसियाकै अन्य देशमध्ये माल्दिभ्स १५२ औं स्थानमा छ । १ स्थान सुधार गरेको बंगलादेश १८२ औं स्थानमा छ । भुटान १८६…
पोखरा । नेपाली चलचित्र ‘बैना बट्टा’ को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा दिपा लामा र सन्तोष राईको स्वर रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार देवेन्द्र नेम्बाङ र कबिता राईले अभिनय गरेका छन् । त्यस्तै, प्रेम लावतीले चलचित्र निर्माण गरेका हुन् । भवानी घिमिरे, बिक्रम नेम्बाङ, राम लावती, एबीराज…
पोखरा । एक्सन लभ स्टोरी फिल्म ‘सोंच’ आगामी भदौ २० गते अल नेपाल रिलिज हुने भएको छ । रिलिज डेट नजिकिँदै जाँदा यसको टिजर सार्वजनिक गरिएको छ । पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेको फिल्मको टिजरमा प्रज्वल गिरी, नीता ढुंगाना र पुजन सिंहका साथै किरण थापालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रज्वल, नीता र निर्देशक…
पोखरा । युट्युबमार्फत तीजको गीत ‘भाइरल काली’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा पुजन घिमिरे र शोभा ढकालको स्वर रहेको छ । शोभाले नै ‘भाइरल काली’ मा संगीत भरेकी छिन् । डीबी हमालले गीतमा लय मिलाएका छन् । मालाश्री रेकर्डिङमा रेकर्ड गरिएको गीतलाई कामना डिजिटल प्रा.लि.ले प्रस्तुत गरेको हो । समीर ठोकरले निर्देशन गरेको…
पोखरा । सञ्चारकर्मी गीता अधिकारीले आफ्नै गीतको फिचरिङमा ‘तीजैमा ब्रत बसी’ बोलको गीत लिएर आएकी छिन् । गीताले यस वर्षको तीजलाई लक्षित गरेर उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरेकी हुन् । अधिकारीकै शब्द रहेको गीतको म्युजिक भिडियोलाई एक कार्यक्रमबीच सार्वजनिक गरेकी हुन् । नायिका तथा गायिका सारिका घिमिरेको स्वर र नायिका पुजना प्रधान, सारिका र गीतालगायतले…
पोखरा । गायक हेमन्त कान्छा रसाइली र गायिका सम्झना भण्डारीको ‘बहिनी नाचिन’ बोलको तीज गीत सार्वजनिक भएको छ । सपना रसाइलीको शब्द तथा गायक हेमन्त कान्छाको संगीत रहेको उक्त गीतलाई । पृथ्वी इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो । शिव विकले गीतको भिडियोलाई निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियोको गीतमा रेशम फिरिरि, हेमन्त…
पोखरा । नेपाली लोक संगीत क्षेत्रकी बहुचर्चित गायिका बिष्णु माझीको यस बर्षको तीजका लागि पहिलो तीज गीत ‘पाक्यो बेलौती’ को म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । म्युजिक भिडियोको बुधबार मात्रै युट्युबमार्फत सार्वजनिक गरिएको हो । सुन्दरमणि अधिकारीले गीतको शब्द तथा लय सृजना गरेका हुन् । पछिल्लो समय नेपाली लोक सांगीतीक बजारमा गायिकाको रुपमा एकछत्र राज…
पोखरा । गायक रुद्रसेन विश्वकर्मा र ज्योति मगरको आवाजमा मैथिली गित ‘कानोमे आँहाके झुम्का’ सार्बजनिक भएको छ । थुप्रै नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिइसकेका गायक विश्वकर्माको ‘दिवानी’ एल्बमको उक्त गीतको म्युजिक भिडियो समेत बनाइएको छ । गायक विश्वकर्माकै शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् । दिपक गिरीले छायांकन गरेको…