Author Archive »

तीज गीत ‘रेशमैको फरिया’ सार्वजनिक

पोखरा । तीज गीत ‘रेशमैको फरिया’ को म्युजिक भिडियो बजारमा सार्वजनिक गरिएको छ । गीतमा नायिका तथा मोडल रेजिना उप्रेतीको फिचरिङ रहेको छ । गायिका निर्मला भन्डारीको आवाजमा रहेको तीज गीत ‘रेशमैको फरिया’ को हालैमात्र युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । भगवान भण्डारीले गीतमा शब्द तथा संगीत भरेका छन् । संगीतको संयोजन जुजु गुरुङले…

‘कबड्डी–३’को ‘दुबो फुल्यो’ गीत सार्वजनिक

पोखरा । निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’ सार्वजनिक भएको छ । भदौ १३ गते रिलिज हुने चलचित्रको सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन् । हेमन्त राना र ऋतिका श्रेष्ठको आवाज रहेको गीतमा एसडी योगीको…

प्रिन्स, एशिया जुनियर ब्याडमिन्टनको क्वाटरफाइनलमा

नेपालका उदीयमान खेलाडी प्रिन्स दाहालले आफ्नो खेल जित्दै एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसीपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मित्र राष्ट्र चिनको सुझौ सहरमा जारी एशिया जुनियर ब्याडमिन्टन च्याम्पियनसीप २०१९ मा जित निकाल्दै प्रिन्सले दोश्रो चरणमा स्थान बनाएका छन् । च्याम्पियनसीपको पहिलो चरणको खेलमा प्रिन्सले पुरुषतर्फको एकल यु–१९ मा सिंगापुरका ईह्यु बेन्जामिन लीलाई २१–१६ र २१–१२ को…

बडी बिल्डिङका खेलाडीलाई सम्मान गरिदैं

पोखरा । साउनको गत ४ गते राजधानी काठमाण्डौंमा सम्पन्न साउथ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनसीप–२०१९ मा पदक विजेता नेपाली खेलाडीहरुलाई सम्मान गरिने भएको छ । च्याम्पियनसीपमा राष्ट्रको शिर उचो राखन सफल भएको भन्दै नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले सम्मान गर्ने भएको जनाइएको छ । संघले बुधबार एक बिज्ञप्ती जारी…

पोखरामा पुष्पलाल स्मृति ब्याडमिण्टन जारी

पोखरा । पुष्पलाल स्मृति प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगिता जारी छ । प्रतियोगिता अन्तर्गत बुधबार विभिन्न इभेण्टमा प्रतिस्पर्धा भएका छन् । ५५ वर्ष माथिको भेट्रान्समा कास्कीका जयराम हमाल र रामजी बाँस्तोलाको जोडीले फाइनलमा स्थान बनाएका छन् । जयराम जोडीले चितवनका पुष्प श्रेष्ठ र राजेन्द्र शाक्यको जोडीलाई पराजित गर्दै…

आइसीसी टी–२० विश्वकपमा मलेसियामाथि नेपालको जित

पोखरा । आइसीसी टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित हासिल गरेको छ । मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपालले उपाधि होडमा कमब्याक गरेको छ । मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको थियो । वर्षाका कारण खेल ९ ओभरमा झारिएको थियो । कप्तान पारस…

लामाचौरको तीज महोत्सवमा महिला भलिबललाई निरन्तरता

पोखरा । पोखराको लामाचौरमा एक महिनापछि तीज महोत्सव हुँदैछ । तीज महोत्सवमा विगतमा जस्तै आठौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना हुँदैछ । नव आदर्श सामुदायिक विकास समाजले वर्षेनी तीजे महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको हो । राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबल समेत समावेश गरिएको छ । पोखरा–१९ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको…

अन्तर्राष्ट्रिय बक्सिङमा नेपालका सुशिल थापा क्वार्टरफाइनलमा

नेपालका सुशिल थापाले थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनल यात्रा गरेका छन् । पुरुषको ४९ केजी लाईट फ्लाइट तौल समूहमा सोमबार पाकिस्तानी खेलाडी इर्द उल्लाइलाई पराजित गदै सुशिल क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सुशिलले पाकिस्तानी बक्सर इर्दलाई दोश्रो राउण्डको दोस्रो मिनेटमा आरएससीको आधारमा हराएका हुन् । सुशिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउण्टमा…

आइसीसी टी–२० विश्वकप एसिया छनोटमा कतारसँग नेपालको हार

पोखरा । आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । उपाधिको प्रमुख दाबेदार नेपाललाई ४ विकेटले हराउँदै कतारले अघिल्लो चरणको यात्राको सम्भावना कायमै राखेको छ । हारसँगै नेपाललाई भने ठूलो धक्का लागेको छ । १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २० औं ओभरमा ६ विकेट गुमाउँदै…

समयमै साग गेम हुन्छ : मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता समय सीमाभित्र हुने दाबी गरेका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विश्वकर्माले भने, ‘साग गेम समयमै हुन्छ कि हुँदैन भनेर मनमा आशंका र दुविधा कसैले राख्नुपर्दैन ।’ मन्त्री विश्वकर्माले १३ औं साग गेमलाई…