Author Archive »

पोखरामा डा श्रेष्ठलाई अवार्ड, पत्रकार शर्मालाई पुरस्कार

युआरएल फाउन्डेसनले यस वर्षको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ डा खगेन्द्रबहादुर श्रेष्ठलाई प्रदान गरेको छ। त्यसैगरी, ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’ बाट पत्रकार जमुना ‘वर्षा’ शर्मालाई सम्मान गरेको छ। युआरएलको ११ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजना गरेको विशेष समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले श्रेष्ठ र शर्मालाई सम्मान गरेका हुन्। गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब…

निर्मला शर्माको नेतृत्वमा युनियन–चौतारीको संयुक्त प्यानल

यही मंसीरको आउँदो २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि नेपाली काँग्रेससम्बद्ध नेपाल प्रेस युनियन र नेकपा एमालेसम्बद्ध प्रेस चौतारीको साझा गठबन्धन बनेको छ। माउ पार्टीहरुको सत्ता साझेदार भएसँगै पत्रकारहरुको छाता संस्था पत्रकार महासंघको चुनावमा पनि सम्बद्ध पत्रकार घटकको नयाँ प्यानल बनेको हो। काठमाडौंमा आइतबार एक कार्यक्रमबीच निर्मला शर्मा नेतृत्वको आधिकारिक संयुक्त प्यानल…

काभा पुरुष भलिबलमा इरान यु–१८ को विजयी सुरूवात

काभा पुरुष क्लब भलिबल च्याम्पियनसीपमा इरानको यु–१८ को युवा टोलीले विजयी सुरुवात गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ को सेटमा हरायो। यो जितसँगै १ खेल खेलेको इरानको यु–१८ का युवा टोलीले २ अंक जोडेको छ। इरानको यु–१८ युवा टोलीले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेकोे…

काभा क्लब भलिबलमा हेल्प नेपालको लगातार दोस्रो जीत

नेपालको हेल्प नेपाल स्पोर्टस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसीपमा लगातार दोस्रो जित निकालेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघविरुद्ध ३–१ सेटको जित निकाल्यो। सुरुआती २ सेट ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो। हेल्प नेपालले पहिलो सेट…

काभा पुरुष क्लब भलिबलमा माल्दिभ्सको एचडीसीे विजयी

माल्दिभ्सको एचडीसीले सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसीपमा विजयी सुरुवात सुरुवात गरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हरायो। लगातार पहिलो र दोस्रो सेटमा जीत निकालेको गण्डकीले त्यसपछिको लगातार ३ सेट गुमायो। गण्डकीले पहिलो सेटमा २५–१८…

काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालको विजयी सुरुवात

हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसीप प्रतियोगितामा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत आइतबार सुरु उद्घाटन खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा हरायो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेट हेल्प नेपालले २५–२२ ले जित्यो। त्यसपछिको दोस्रा सेटमा हेल्प नेपालले क्यालिकट हिरोजसँग…

हिमालयन बोर्डिङ र सरस्वती आदर्श प्याब्सन स्पोर्ट्स मिट च्याम्पियन

हिमालयन बोर्डिङ र सरस्वती आदर्श स्कूल १८ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट–२०८१ मा दुई स्कुल च्याम्पियन बनेका छन् । पोखरामा आयोजित ५ दिनसम्म चलेको स्पोर्ट्स मिटमा घारीपाटनको हिमालयन बोर्डिङ स्कुल र लामाचौरको सरस्वती आदर्श विद्याश्रम समान अंकका साथ च्याम्पियन बनेका हुन्। रनिङ शिल्ड भने पहिलो वर्ष हिमालयनले लिएको प्रिन्सिपल डा. टेकनारायण पौडेलले बताएका छन्। आइतबार…

आदर्श कप फुटबलः विभागीय डर्बीमा एपीएफ विजयी

आदर्श कप फुटबल प्रतियोगिताको विभागीय डर्बीमा एपीएफले बाजी मारेको छ। पोखराको लेखनाथस्थित भण्डारढिकमा जारी २५ औँ संस्करणको प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा विभागीय सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय एपीएफले अर्को विभागीय नेपाली सेनाको सिद्धि दल गण पश्चिम पृतनालाई ३–१ गोल अन्तरले हरायो। विभागीय सशस्त्र प्रहरी बल गण्डकी मुख्यालय (एपीएफ) का लागि नवराज मगर, रन्जित चौधरी र…

एनपीएल क्रिकेटमा चितवन राइनोजको तेस्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले तेस्रो जीत निकालेको छ। चितवनले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १३१ रनमा समेटियो। सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाए। त्यसैगरी,…

एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सको लगातार चौथो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार चौथो जीत निकालेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई १ रनले हराएको हो। जनकपुरको यो लगातार चौथो जीत हो। उता, लुम्बिनीको यो लगातार चौथो हार हो। जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८ विकेट गुमाएर १३५ रन मात्र बनायो।…