Author Archive »

पर्वत, मोदीको लिदीखोलामा ७ महिनाअगावै मोटरेबल पुल बन्यो

पर्वतको मोदी गाउँपालिका–६, तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल संचालनमा आएको छ। गत भदौमै निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिवार उद्घाटन गरेका छन्। डिमुवा–राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा ७ महिनाअगावै गत भदौमै सम्पन्न भएको थियो। पुल उद्घाटन गर्दै मन्त्री…

तनहुँको आँबुखैरेनी अस्पतालबाट शल्यक्रिया सेवा सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालमा शनिबारदेखि शल्यक्रिया सेवा सुरु गरिएको छ। अस्पतालको स्वास्थ्य सेवाअन्तर्गत नयाँ अध्याय मेजर शल्यक्रिया जस्तै हर्निया, एपेन्डिक्स, सी.एस. (सीइओएन केन्द्र संचालनको अनुमती प्रदान भएपछि) लगायतका शल्यक्रिया सेवा सुरु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार आइतबार अस्पतालमा ५९ वर्षका बिरामी माधवप्रसाद वाग्लेको हर्नियाको सफल अप्रेशन गरिएको थियो। पहिलो सफल शल्यक्रियासँगै अस्पतालबाट…

यस्तो छ, पत्रकार महासंघमा प्रेस सेन्टरलगायतको प्यानल

यही मंसीरको २८ गते हुने पत्रकार महासंघको निर्वाचनमा रमेश विष्ट अध्यक्षको प्रत्यासी रहनेगरी प्रेस सेन्टर नेपालसहितको प्यानल बनेको छ। यसअघि, रमेश विष्ट पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष थिए। उनी नेपाली काँग्रेससम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियनका हुन्। यो पटक सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेसम्बद्ध पत्रकारहरुको घटक नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको…

राप्रपा नेता ज्ञानेन्द्र शाहीले रबि लामिछानेलाई कास्की हिरासतमा भेट गरे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले भेट गरेका छन्। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हाल कास्की प्रहरीको हिरासतमा रहेका रबिलाई भेट्न शनिबार दिउँसो राप्रपाका प्रवक्तासमेत रहेका सांसद शाही पोखरा आई पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै पुगेर शाहीले रबिसँग भेटघाट गरेका हुन्। शाहीले लामिछानेलाई हिरासतमा भेटेर उनको सुरक्षा र…

आयोजक आदर्श युवा क्लबको विजयी सुरुवात

आयोजक आदर्श युवा क्लबले आदर्श कप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श क्लबले तनहुँ एन्फालाई १–० को कठिन जित निकालेको हो। पोखराको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा शनिबारदेखि सुरु आदर्श कप फुटबलमा आयोजक टोलीका सजिन मगरले निर्णायक गोल गरेका थिए। सजिनले खेलको ४१ औंं मिनेटमा गरेको गोल नै उक्त खेलको निर्णायक गोल…

एनपीएल क्रिकेटमा कर्णाली याक्सको दोस्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले दोस्रो जीत निकालेको छ। कर्णालीले विराटनगर किङ्सलाई ७ रनले हराएको हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। विराटनगरका निकोलस क्रिटोनले सर्बाधि ४० रन बनाए। कर्णालीका नन्दन यादवले ३ विकेट लिए। यस्तै,…

‘खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्न सकिन्छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्न सकिने बताएका छन्। पोखराको लेखनाथस्थित भण्डारढिकमा सुरु २५ औं संस्कणको आदर्श कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने, खेल पर्यटनको माध्यमबाट यस क्षेत्रको विकास गर्न प्रदेश सरकारले लक्ष्य लिएको छ।’ मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय संभावना बोकेको स्थल भएको उल्लेख गरे।…

‘प्रधानमन्त्री रोजगार कार्यक्रम, बेरोजगार नागिरकलाई रोजगार दिलाउन प्रभावकारी बन्यो’

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको दाबी गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रमको शनिबार उद्घाटन गर्दै मन्त्री थापाले भने, ‘बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार्न उक्त कार्यक्रम सफल बनेको…

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेश्रो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत निकालेको छ। सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको हो। सुदूरपश्चिमको यो लगातार तेश्रो जीत हो। त्यसैगरी, लुम्बिनीको यो लगातार तेश्रो हार हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन…

पत्रकार महासंघमा गिरी नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी

पत्रकार महासंघको भावी नेतृत्वका लागि ६ घटकहरुले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन्। यही मंसीरको आउँदो २८ गते हुने पत्रकार महासंघको निर्वाचनका लागि कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल बनेको हो। निर्वाचनका लागि प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च, नेपालको संयुक्त प्यानल बनेको हो। संयुक्त प्यानलबाट…