पोखरा । नेपाल कम्युनिष्ट पार्टी–नेकपाको विहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेको बताएकोले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगेपनि एकछिन…
पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीले विहीबार ताइपेइसँग फुटबल खेल्दैछ । मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली मलेसियाबाट मंगलबार ताइपेई पुगेको छ । फिफा विश्वकप छनौट प्रतियोगिता र एफसी एसियाली छनौट प्रतियोगिताको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपाली टोली मलेसियाबाट चाइनिज ताइपेई पुगेको हो । एफसीको छनौट प्रतियोगिता आगामी सेप्टेम्बर महिनामा हुँदैछ । ताइपेइसँगको मैत्रीपूर्ण…
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा हुने ‘टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५’ को आवश्यक तयारी पूरा भएको छ । लगातार तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको मञ्चले यसपालि गण्डकी प्रदेशस्तरकै अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्टसहित विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दैछ । सोको लागि मनोनयनमा पर्नेे सम्पूर्णलाई बुधबार आयोजित पत्रकार सम्मेलन अवसरमा मनोनयन…
पोखरा । फ्रान्सको पेरिसमा जारी फिफा कंग्रेस बैठकमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो नेपाली ढाका टोपीमा सजिएका छन् । बैठकका लागि नेपाली टोलीको नेतृत्व गरेका अखिल नेपाल फुटबल संघ, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाली ढाका टोपी लगाइदिएका हुन् । इन्फान्टिनो पुनः फिफा अध्यक्ष फिफा अध्यक्षमा उनै जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् ।…
पोखरा । आइसीसी एकदिवशीय विश्वकपमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ । आफ्नो दोस्रो खेलमा श्रीलंकाले अफगानिस्तानविरुद्ध डकवर्थ लुइस नियमका आधारमा ३४ रनको जित निकालेको हो । खेल वर्षाले प्रभावित भएपछि ४१ ओभरमा झारिएको थियो । खेलमा १ सय ८७ रनको लक्ष्य पाएको अफगानिस्तान ३२ दशमलव ४ ओभरमा १ सय ५२ रनमा समेटिएपछि श्रीलंकाको ३४ रनको…
पोखरा । विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको ३ सय १० रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश ३ ले…
पोखरा । राजधानीमा जारी चौथो संस्करणको प्र्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश सेमिफाइनल पुगेको छ । गण्डकीले खेलेको चार खेलमध्ये ३ खेलमा जित र एक खेल हारेपनि सेमिफाइनल पुगेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपनि गण्डकीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक नै जोडेको छ ।…
पोखरा । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीको भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पोरेशन–आइओसीसँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन,…
पोखरा । विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आज एभोकाडोको विरुवा रोपण गरेका छन् । एक नेपाली, एक फलफुलको विरुवा रोपण गरेर प्रधानमन्त्री ओलीले अभियानलाई निरन्तरता दिएका हुन् । गत वर्ष वातावरण दिवसकै अवसरमा प्रधानमन्त्री ओलीले फलफूलको विरुवा रोपेर एक नेपाली, एक फलफुलको विरुवा रोपण अभियानको शुभारम्भ गरेका थिए । सोही…
पोखरा । प्रधानमन्त्री के.पी. शर्मा ओली यही जेठ २५ गते युरोपका विभिन्न मुलुकहरुको भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीले यही जेठ २५ गते देखि असार १ गतेसम्म युरोपका विभिन्न मुलुकहरुको भ्रमण गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओली अन्तराष्ट्रिय श्रम संगठन आइएलओको…