Author Archive »

५२ सदस्यीय पत्रकार महासंघको निर्वाचनमा १३३ को उम्मेदवारी

यही मंसीरको आउँदो २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनले पत्रकारबीच सरगर्मी बढाएको छ। पत्रकारहरुको निर्वाचनका लागि केन्द्रमा सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमालेसम्बद्ध प्रेस चौतारीको साझा प्यानल बनेको छ। त्यसैगरी, प्रेस युनियन र प्रेस चौतारी इतरको प्रेस सेन्टर नेतृत्वमा पत्रकारहरुको ६ घटकहरुको अर्को प्यानल बनेको छ। यो प्यानलमा प्रेस सेन्टर नेपाल,…

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

मंसीरको आउँदो २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ। भर्खरै महासंघले सार्वजनिक गरेको नयाँ कार्यतालिकाअनुसार शुक्रबार साँझ ८ बजे उम्मेदवारको मनोनयन दर्ताको नामावली प्रकाशन हुनेछ। यसअघिको कार्यतालिका अनुसार अहिले साँझ ५ बजे मनोनयन दर्ताको नामावली सार्वजनिक गर्ने कार्यसूची थियो। यस्तै, उम्मेदवारमाथिको दाबी विरोधको समय पनि बढाइएको छ। यसअघि, शुक्रबार साँझ ७…

साम्पाङको धम्कीविरुद्ध संचारकर्मीद्वारा गृहमन्त्रीको ध्यानाकर्षण

सुनसरीका संचारकर्मीहरुले आफूहरु सार्वजनिक पद धारण गरेका पदाधिकारीहरुबाटै असुरक्षित रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धम्कीपूर्ण अभिव्यक्तिविरुद्ध गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन्। शुक्रबार एक कार्यक्रममा सहभागी हुन धरान पुगेका गृहमन्त्री लेखकलाई पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो। नगरप्रमुख साम्पाङले बारम्बार पत्रकार लक्षित धम्कीपूर्ण अभिव्यक्ति दिँदा काम गर्ने…

एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्सको पहिलो जीत

फ्रेचाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेट्टायो। पोखराका आन्द्रेस गौसले कीर्तिमानी शतक बनाए। एनपीएलमा पहिलो शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा १०४ रन…

रवि लामिछानेको मानवअधिकार हनन् भएको भन्दै रास्वपाले दियो उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ। २ कार्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको उजुरीमा उल्लेख छ। राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भनी आयोगलाई ध्यानाकर्षणसमेत गराइएको छ। २० मंसीरको…

‘इ–गर्भनेन्स लागू गर्न सके भ्रष्टाचार नियन्त्रणमा आउँछ’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले इ–गर्भनेन्सलाई लागू गर्न सकेमा भ्रष्टाचार नियन्त्रणमा आउने बताएका छन्। काभ्रेस्थित काठमाडौं विश्वविद्यालयको कम्प्युटर क्लबले शुक्रबार, आयोजना गरेको ‘आइटी मिट २०२४’ लाई सम्बोधन गर्दै सरकारले अघि सारेको कार्यक्रम डिजिटल नेपाल फ्रेमवर्कमार्फत इ–गर्भनेन्सलाई लागू गर्न सकेमा नेपालमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने दाबी गरे। नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले भने, ‘डिजिटल…

डा बाबुराम भट्टराईले रबि लामिछानेलाई हिरासत भेट गरे

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन्। सहकारी ठगीको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई भेट्न डा भट्टराई पोखरा पुगेका हुन्। हिरासतमा लामिछानेको सुरक्षा र स्वास्थ्य अवस्थाबारे जानकारी आफू पोखरा आई पुगेको डा भट्टराईले पोखराका संचारकर्मीहरुलाई बताएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि…

पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन पेश

पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ। यसअघि, पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयबीच भएको सम्झौता बमोजिम तयार प्रतिवेदन अध्ययन टोलीले नगर प्रमुख आचार्यलाई बुझाएको हो। पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन टोलीले गहिरो…

एनपीएल क्रिकेटमा कर्णाली याक्सको पहिलो जीत

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पहिलो जित निकालेको छ। जारी लिगमा आफ्नो तेस्रो खेलमा कर्णालीले चितवन राइनोजलाई हराएको हो। कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णालीले चितवनमाथि ६ विकेटको जीत निकाल्यो। चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। कर्णालीका लागि शिखर धवनले सर्वाधिक ४५ रन…

घलेगाउँ–भुजुङ जोड्ने सडक निर्माणको फिल्डमै पुगे मन्त्री केसी

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लमजुङमा ठेकेदारले निर्माणमा ढिलाई गरेको सडकको निरीक्षणमा पुगेका छन्। मन्त्री केसी बिहीबार क्व्हाेंलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ स्थित भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षणमा पुगेका हुन्। मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा अन्य पू्र्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियाँसहितको टोली फिल्डमा…