पर्यटकीय महानगर पोखरेली बासिन्दाले अब शुद्ध खानेपानी पिउने सपना पूरा गर्दैछन्। पोखरेलीले ५० वर्ष अघिदेखिको सपना पूरा गर्ने भएका हुन्। योसँगै, पोखरेलीले बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्फत शुद्ध खानेपानीको उपयोग गर्न पाउनेछन्। अब, पोखरेली उपभोक्ताको घर–घरमा शुद्ध खानेपानीको सुविधा पुग्नेछ। पोखरा महानगरपालिकाद्वारा संचालित खानेपानी सुधार आयोजना निर्माण पूरा भएपछि पोखरेली उपभोक्ताको शुद्ध खानेपानी पिउने सपना…
विगतमा जस्तै यस वर्षपनि एन प्याब्सन कास्कीले खेलकुद महोत्सवको आयोजना गर्दैछ। यही मंसीरको १९ गतेदेखि निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन (प्याब्सन) कास्कीले १८ औं संस्करणको स्पोर्ट्स मिट गर्न लागेको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। यससँग, पोखरा रंगशालामा हुने १८ औं संस्करणको प्याब्सन कास्कीे स्पोर्टस् मिट–२०८१ लाई सफल बनाउन आयोजक संस्था प्याब्सन कास्की…
प्रतिभा उच्चमावि १७ औं हिसान कास्की स्पोर्ट्स मिटको च्याम्पियन बनेको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको यस संस्करणको हिसान स्पोर्ट्स मिटमा प्रतिभा च्याम्पियन बनेको हो। स्पोर्ट्स मिटमा समावेश ४ खेलमा नै प्रतिभाको गतिलो प्रदर्शन रह्यो। प्रतिभा ३१ अंकसहित च्याम्पियन बनेको हो। प्रतिभाले छात्र÷छात्रा दुबैतर्फको बास्केटबलमा विजेता बन्दै ७÷७ गरी…
पोखरामा नवौं संस्करणको पर्वतीय महोत्सव मंसीरको २३ गतेबाट हुँदैछ। नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव मंसीर २७ गतेसम्म चल्नेछ। पोखरामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। महोत्सवमा पर्वतीय वातावरणसम्बन्धी अन्तरक्रियासहित आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङललायतका खेलकुद हुनेछन्। महोत्सवमा पर्यतीय सभ्यता, कला, संस्कृतिको प्रदर्शनीसमेत गरिनेछ। महोत्सवको पहिलो…
एसीसी यु–१९ पुरुष एशिया कपको पहिलो खेलमा नेपालको खराब सुरुवात गरेको छ। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ। श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा अलआउट भयो। नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए। श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए। यसअघि, युएईको शारजहामा टस हारेर…
एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज (शुक्रबार) श्रीलंकासँग खेल्दैछ। युएईको शारजाह क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरू हुनेछ। प्रतियोगिताको अन्तिम तयारीस्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग ५ खेलको एकदिवसीय अभ्यास श्रृंखला खेलेको थियो। यो श्रृंखला ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालय प्रमाणीकरण नियन्त्रकको कार्यालयद्वारा बिहीबार पोखरामा आयोजित ‘विद्युतीय हस्ताक्षरसम्बन्धी जानकारी’ विषयक कार्यक्रममा उनले सूचना प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाइने उल्लेख गरेका छन्। नेपाल सरकारको प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रविधिको प्रयोगमार्फत सबै स्थानीय…
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन्। मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो। निरीक्षणका क्रममा मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका…
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भारतबाट पहिलोपटक निजी विमान ओर्लिएको छ। भारतको नयाँ दिल्लीबाट सिधै आएको युरोपेली कम्पनी जेल एयरको डीइ–इकेजेड सिंगल इन्जिन निजी विमान (बिहीबार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। निजी विमान चालक दलका ४ सदस्यसहित ४ विमान पोखरामा साँझ पौने ६ बजे ओर्लिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। विमान विहीबार राति पोखरामै बसेर शुक्रबार बंगलादेश…
राष्ट्रिय सूचना आयोगले सबै सार्वजनिक निकायका पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सुझाव दिएको छ। ‘हाल, प्रचलनमा रहेका कानुनले सार्वजनिक पदमा रहेका पदाधिकारीको सम्पत्ति विवरण गोप्य रहने व्यवस्था गरेकोले भ्रष्टाचार बढेको ठहर गरेको छ’, आयोगको सुझावमा उल्लेख छ। आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको आफ्नो वार्षिक प्रतिवेदनमार्फत ‘भ्रष्टाचार नियन्त्रण गर्न, जवाफदेहिता कायम गर्न, पारदर्शिता बढाउन सार्वजनिक…