Author Archive »

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजना बनाएको छ। त्यसका लागि १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ। पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि १ करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखराअन्तर्गतको एक योजनालाई…

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको तेस्रो हार

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल तेस्रो पटक पराजित बनेको छ। नेपाल आफ्नो पाँचौं खेलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भएको हो। नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले १ विकेटपनि नगुमाई ४० बलमै भेट्टायो। पाकिस्तानका नैमतले सर्वाधिक ६९ रन बनाए। त्यसैगरी, सफदारले २४ रन बनाए। यसअघि, टस जितेर ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट…

‘सबै नेपालीको घर–घरमा रेडियो नेपाल र नेपाल टेलिभिजन पुग्नेछ’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै नेपालीको घर–घरमा रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच पुग्ने बताएका छन्। सार्वजनिक सेवा प्रसारण संस्था, रेडियो नेपालद्वारा आज पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सार्वजनिक संचार माध्यमलाई व्यवस्थित गर्दै सेवामूलक बनाइने उल्लेख गरे। नेपाल सरकारका…

पोखरामा ‘कमाउँदै, सिक्दै’ मान्यताको दक्ष जनशक्ति उत्पादन बृद्धिबारे छलफल

होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्नेबारे बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ। होटल संघ पोखरा नेपाल र दिगो तथा सम्मानीत रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाले उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ‘कमाउँदै, सिक्दै’ भन्ने मान्यताअनुरुप इन्स्योरअन्तर्गत संचालित औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसीप) संचालनको…

संचारमन्त्रीको आग्रह, ‘आधारहीन समाचारहरुको पछि नलागौं’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आधारहीन समाचारको पछि नलाग्न संचारमाध्यमहरुसमक्ष आग्रह गरेका छन्। ‘सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएको छ’, संचारमन्त्री गुरुङले चिन्ता व्यक्त गरेका छन्। काभ्रेपलाञ्चोकबाट संचालित ‘मदानी बिट डटकम’ समाचार ‘न्यूज पोर्टल’को प्रथम वार्षिकोत्सवका अवसरमा आज (मंगलबार) धुलिखेलमा आयोजित कार्यक्रममा बोल्दै संचारमन्त्री गुरुङले संवेदनशील भएर प्रेस स्वतन्त्रताको उपभोग गर्न मिडियाहरुसँग…

१७ औं संस्करणको हिसान कास्की स्पोर्टस् मीट सुरु

पोखरामा मंगलबारदेखि १७ औं संस्करणको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) स्पोर्ट्स मीट सुरु भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले (हिसान) कास्कीको आयोजनामा सुरु स्पोर्ट्स मिटको औपचारिक रुपमा उद्घाटन गरे। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताए। स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने उनको भनाई छ। विद्यालयहरु खेलकुद…

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले चौथो खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो। नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रनमात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १०० रन बनाए। दक्षिण अफ्रिकाका २ खेलाडी रनआउट भए। यसअघि, पाकिस्तानमा टस हारेर ब्याटिङको…

म्याग्दीको बेनीमा ‘घरमै सुत्केरी हुने’ को संख्या शून्य

म्याग्दीको बेनी नगरपालिकामा ‘घरमै सुत्केरी हुने’ को संख्या शून्यमा झरेको छ। घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको संख्या शून्यमा झारिएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखाका अनुसार बेनी नगरपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म १ सय ४९ जनाले सुरक्षित…

१० युट्युव च्यानलसहितका माध्यमलाई काउन्सिलको कारवाही

अफवाह फैलाउने १० युट्युव च्यानलसहितका माध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ। अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै काउन्सिलले ती युट्युव च्यानलसहित सामाजिक सञ्जाललाई (सोमबार) कारवाही गरेको हो। तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी संचालित छन्। मिडियाअन्तरगत दर्ता/सूचीकरण नभई संचालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचारसमेत…

स्याङ्जाको गल्याङमा जलवायुसम्बन्धी गोष्ठी

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा जलवायुसम्बन्धी गोष्ठी गरिएको छ। पानीलाई कसरी विपदबाट समृद्धिमा बदल्न सकिन्छ ? भन्ने विषयक गोष्ठी भएको हो। गोष्ठीमा वातावरण सम्बन्धी विज्ञहरुले जलवायु परिवर्तन र वातावरणीय प्रभावका असर तीव्र रूपमा बढेको बताएका छन्। ‘परम्परालाई छाड्दै आधुनिक शैली अगाल्नुले हाम्रो वातावरणमा परिवर्तन आएको हो। त्यसका लागि ३ वटै तहका सरकारले विज्ञहरुको सुझावका आधारमा नीति…