Author Archive »

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो जित

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ। पाकिस्तानमा चलिरहेको तेस्रो खेलमा आज (सोमबार) भएको खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायो। नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो। अफगानिस्तानका अबसिन सेलाबले सबैभन्दा धेरै ५३ रन बनाए। नेपालका सुनिल मगरले ३ विकेट लिए। यसअघि, पाकिस्तानमा टस…

गुरुकुल र करुणानिधि राष्ट्रिय मावि भलिबल च्याम्पियन

पोखराको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्लास्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा छात्रतर्फ गुरुकुल विद्या सदन र छात्रातर्फ करुणानिधि एजुकेशन फाउण्डेशन (केफ), मावि च्याम्पियन बनेका छन्। विद्यालयको हीरक महोत्सव अवसरमा सोमबार सम्पन्न छात्रतर्फ फाइनलमा माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै गुरुकुलले उपाधिसँगै ५० हजार रुपैयाँ, ट्रफी र मेडल हात पारेको छ। उपविजेता माउण्ट अन्नपूर्णले ३०…

स्याङ्जाको कोल्मा बहाकोटमा पाँचौं संस्करणको खुल्ला दौड हुँदैं

स्याङ्जाको कोल्मा बहाकोटमा यस वर्ष पनि खुल्ला दौड हुँदैछ। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च, स्याङ्जाद्वारा विगतमा जस्तै यस वर्षपनि पाँचौं संस्करणको २५ कि.मि.को खुल्ला दौड, खुल्ला महिला र २१ वर्षमुनिको १० कि.मि. दौड, विद्यालयस्तरीय ५ कि.मि. दौडको आयोजना गर्न लागेको हो। मञ्चले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको ८ गते खुल्ला…

पोखरेली स्रष्टा दीपक समीपलाई प्रेम–शान्ति आख्यान पुरस्कार

पोखरेली साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ पुरस्कार प्रदान गरिने भएको छ। नेपाली साहित्यको उन्नयनमा विशेष योगदान गरेको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो। साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो। लमजुङ–पोखरा सम्पर्क…

ज्ञानज्योति बोर्डिङ स्कूल, माछापुच्छ्रे राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका–४ को लाहाचोकस्थित ज्ञानज्योति बोर्डिङ स्कुल पालिकाले आयोजना गरेको छैठौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन बनेको छ। माछापुच्छ्रे गाउँपालिकाको आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय प्रतियोगितामा पालिकाका १२ विद्यालयमध्ये ज्ञानज्योतिले ५ स्वर्ण, २ रजत र १ कास्य पदक गरी च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै ज्ञानज्योतिले रनिङ शिल्डको साथमा नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र…

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो हार

चौथो नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार खेपेको छ। पाकिस्तानमा चलिरहेको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले रनले पराजित बनेको हो। हिँजो लाहोरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले पराजित भयो । यसअघि, पहिलो खेलमा नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको थियो। बंगलादेशले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा…

पोखराको टेम्पल ट्री रिसोर्टलाई उत्कृष्ट करदाता सम्मान

पोखराको टेम्पल ट्री रिसोर्ट प्रा.लि.लाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको छ। आन्तरिक राजस्व कार्यालय पोखराले सप्ताहव्यापी राष्ट्रिय कर दिवसका अवसरमा टेम्पल ट्री रिसोर्टलाई सबैभन्दा बढी कर दाखिला गर्ने उत्कृष्ट करदाताका रुपमा सम्मान प्रदान गरेको हो। टेम्पल ट्री रिसोर्ट प्रालिले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला…

पोखराको राष्ट्रिय माविको हीरक महोत्सवमा भलिवल प्रतियोगिता

पोखराको राष्ट्रिय माविले विविध कार्यक्रम गरी आफ्नो हीरक महोत्सव मनाउँदैछ। पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसरमा कास्की जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ। उक्त प्रतियोगितामा कास्कीका ४० टिमको सहभागिता छ। खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङले प्रतियोगितामा छात्रतर्फ २६ टीम छात्र र छात्रातर्फ १३ टिमको सहभागिता रहेको…

पत्रकार आरजु विष्ट ‘सल्यानी’ लाई सम्मान

पोखराका क्रियाशील पत्रकार आरजु विष्ट ‘सल्यानी’ लाई शनिबार पोखरामा सम्मान प्रदान गरिएको छ। पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीले ३१ औ साधारणसभा तथा १२ औ अधिवेशनको अबसरमा पत्रकार ‘सल्यानी’ लाई सम्मान प्रदान गरिएको हो। व्यावसायिक क्षेत्रका उत्थान कार्यहरूको प्रबद्र्धनमा पत्रकारिताका माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार ‘सल्यानी’ लाई सम्मान गरेको संघले हो। प्रमुख अतिथि पोखरा…

समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्। नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११ औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा नेता चन्दले भने, ‘८० को दशकलाई राष्ट्रिय स्वाधीनता, समाजवाद निर्माणलाई केन्द्रीत गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउनेछौं।’ महासचिव चन्दले…