सामाजिक सञ्जाल सदुपयोग गर्न जाने समाजका लागि फाइदै फाइदा रहेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। पोखरा महानगर–८, वडा बाल मञ्चद्वारा आयोजना गरेको कार्यक्रमका सहभागीहरु दाबी गर्छन्, ‘सामाजिक सञ्जाल समाजका लागि हानिकारक नभई लाभदायक छ।’ पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले सामाजिक सञ्जालको सदुपयोग गर्न जाने बालबालिकाहरुको चौतर्फी व्यक्तित्व विकास हुने जिकिर गरे। ‘यसका लागि…
नेत्रहीन टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। नेपाल श्रीलंकासँग ७० रनको फरक अन्तरमा पराजित भएको हो। श्रीलंकाले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो। यसअघि, पाकिस्तानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १९५ रन बनायो। श्रीलंकाका दमिथ सन्दारुवानले नटआउट…
प्रेस काउन्सिल नेपालले आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन संचार जगतको विशेष भूमिका रहेको बताएको छ। काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो। काउन्सिलले भनेको छ, ‘आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन संचार जगतको विशेष भूमिका छ। मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्नेछ।’ प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय…
पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले अन्तर्राष्ट्रिय बाल दिवस मनाएको छ। बाल दिवसको अवसरमा बिहीबार अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताको आयोजनासमेत गरेको थियो। हाजिरीजवाफ प्रतियोगितामा पोखरा–९, नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालय पहिलो भएको छ। त्यसैगरी, प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालय दोस्रो भएको छ। यस्तै, पोखराको नयाँबस्ती सिकाई केन्द्रले तेस्रो र प्रगतिटोल सिकाई केन्द्रले सान्त्वना स्थान प्राप्त गरेको छ।…
पोखरामा ‘सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव’ विषयक कार्यशाला गरिएको छ। पोखरा महानगरपालिका–२८ मा आज (बिहीबार) शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक एक दिवशीय कार्यशाला सम्पन्न भएको हो। पोखरा महानगरको वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम संचालन…
यु–१९ पुरुषतर्फ, कर्नाटकसँगको ५ अभ्यास खेलको श्रृंखला नेपालले जितेको छ। १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले कर्नाटक टोलीसँगको ५ वटा अभ्यास खेलको श्रृंखला जितेको छ। आज भएको पाँचौं तथा अन्तिम खेलमा कर्नाटकलाई ७ विकेटले हराउँदै नेपाली युवा टोलीले श्रृंखला जितेको हो। कर्नाटकले दिएको १९२ रनको लक्ष्य नेपालले ४० ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका…
अस्ट्रेलियाको संसद्को तल्लो सदनमा एउटा विधेयक पेश भएको छ। यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। यो विधेयक बिहीबार पेस गरेको हो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि हो ।’ अस्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको…
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ। सो अस्पतालले (बुधबार) देखि स्वास्थ्य सेवा संचालनमा ल्याएको छ। देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार धार्चे गाउँपालिकाले सो अस्पताल संचालनमा ल्याएको हो। धार्चे गाउँपालिका–३, खोर्लाबेसीस्थित गाउँपालिका र स्वीट्जरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छायाँ नेपालको समन्वयमा…
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणामा आधारित रहेको उल्लेख गरेका छन्। शर्मा भन्छन्, ‘छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको छ।’ ‘हाम्रो कर प्रणालीमा राजश्व कार्यालयले कर निर्धारण गर्दैन, करदाता स्वयंले आफ्नो कर घोषणा गर्ने हो। त्यस्तोमा व्यक्ति इमान्दार हुनुपर्छ। व्यक्तिले गलत नगरोस् भन्ने हेतुले नै हाम्रो कर…
पोखराको लामाचौर–छोरेपाटन रुटमा हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधिसहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जीपीएस ट्रयाकिङ प्रविधि जडान गरिनेछ। जसका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याउन महानगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ। तोकिएका बसस्टपहरुमा इन्टरनेट र बिजुली…