Author Archive »

सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारले जोड दिएको बताएका छन्। कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान), कास्कीको १० औं अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि भट्टले सरकारले चालु बजेटमा आइसीटी क्षेत्रलाई प्राथमिकता दिएको दाबी गरेका छन्। ५ रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको उनले उल्लेख गरे। प्रदेश प्रमुख भट्टले २०६५ सालदेखि निरन्तर…

गण्डकी प्रदेशसभा सदस्य स्व. विमला गौचनप्रति अन्तिम श्रद्धाञ्जली

गण्डकी प्रदेशसभा सदस्य स्व. विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज (शनिबार) अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र उपसभामुख विनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्रांगणमा श्रद्धाञ्जलीका लागि राखिएको गौचनको प्रार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। शनिबार विहान ७ः३० बजेदेखी श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरिर प्रदेशसभामा ल्याइएको थियो। त्यसैगरी,…

बालबालिका मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताएका छन्। कास्कीको माछापुच्छे–५, रिभानस्थित निष्पक्ष मावि प्रांगणमा आयोजित मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले भने, ‘बालअधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको छ।’ संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र…

यु–१९ पुरुषतर्फको दोस्रो अभ्यास खेलमा नेपालले कर्नाटकलाई हरायो

यु–१९ पुरुषतर्फको नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा भारतको कर्नाटकको यु–१९ को टोलीलाई ७ विकेटले हराएको छ। कर्नाटकको टोलीले दिएको १२२ रनको लक्ष्य नेपाली युवा टोलीले २५ औं ओभरमा ३ विकेट गुमाएर भेटायो। नेपालका आकाश त्रिपाठीले नटआउट ५२ रन बनाए। मयन यादवले ३२ रन जोडे। यसअघि, मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्नाटकको टोली ३८…

अन्ततः स्टार स्पोर्ट्सबाटै (एनपीएल) को प्रत्यक्ष प्रसारण

स्टार स्पोर्ट्स टिभी च्यानलबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको छ। खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय टिभी च्यानल स्टार स्पोर्ट्सबाट फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसीर १५ गतेदेखि पुषको ६ गतेसम्म काठमाडौँमा आयोजना हुन लागेको…

काँग्रेसले सैद्धान्तिक विरासत छाड्यो: शर्मा

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले काँग्रेसले आफ्नो सैद्धान्तिक विरासत छाडेको दाबी गरेका छन्। प्रजातन्त्र सेनानी संघ लमजुङ शाखाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै शर्मा भने, ‘कम्युनिष्टहरूलाई शान्ति र लोकतान्त्रिक मार्गमा हिँडाउनेको नाउँमा काँग्रेसले सैद्धान्तिक विरासत छाडेको हो।’ शर्माले नेपाली काँग्रेसले मुलुकमा जनताको अधिकार स्थापित गर्न प्रजातन्त्र ल्याउनको लागि पटक–पटक आन्दोलन गरेको सुनाए। तर, कम्युनिष्टहरूलाई…

लमजुङमा प्रजातन्त्र सेनानीहरुलाई सम्मान

लमजुङमा प्रजातन्त्रका सेनानीहरुलाई सम्मान गरेको छ। प्रजातन्त्र स्थापनाको संघर्षमा योगदान गरेको भन्दै प्रजातन्त्र सेनानी संघ लमजुुङले दोसल्ला ओढाएर सम्मापत्रद्वारा उनीहरुलाईसम्मान गरेको हो। ऋषिराम बराल, हरिकान्त खनाल, नविन बानिया र भरतकुुमार श्रेष्ठलाई प्रदेश सभापति शर्मा लगायतले सम्मान गरेका हुन्। प्रजातन्त्र सेनानी संघ, लमजुडंको दोस्रो जिल्ला अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो। प्रजातन्त्र सेनानी संघ लमजुुङका सभापति…

३ वर्षभित्र ३ लाख युवालाई ‘आइटी’ उद्योगमा रोजगारी

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी ३ वर्षभित्र ३ लाख युवालाई ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन्। बिहीबार लिभिङ विथ आइसीटीले आयोजना गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२४’ उद्घाटन गर्दै मन्त्री गुरुङले आइटी उद्योग विकासमा सरकारसँगै निजी क्षेत्रकोसमेत उत्तिकै सहयोगको अपेक्षा गरेको सुनाए। उनले पहिलो वर्ष नीति परिमार्जन गर्दै दोस्रो वर्ष बजेट…

पोखरामा ‘लेक टु लेक’ साइकल ट्रयाकको गुरुयोजनाबारे छलफल

पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्नेगरी निर्माण गर्न लागिएको ‘लेक टु लेक’ साइकल ट्रयाकको गुरुयोजनाबारे छलफल गरिएको छ। विकास साझेदार एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो। छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ कि.मी. लम्बाईको ‘लेक टु लेक’ जोड्ने साइकल ट्रयाक पोखराका लागि महत्वपूर्ण पर्यटकीय पूर्वाधार…

जापानका सांसदलगायत पोखरा महानगर प्रमुख आचार्यबीच भेतवार्ता

जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ। सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको टोलीले नगरप्रमुख आचार्यसँग भेटवार्ता गरेको हो। भेटवार्तामा नगर प्रमुख आचार्यले पोखरा र जापानबीचमा निकै लामो समयदेखि श्रम तथा प्रविधिको आदान–प्रदान हुँदै आइरहेको उल्लेख गरे। पोखरामा…