Author Archive »

नेपाल पहिलो पटक यु–१९, महिला टी–२० विश्वकप क्रिकेटमा छनोट

नेपाल यु–१९, महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ। युएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो अर्काे वर्ष जनवरीमा मलेसियामा हुने आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट भएको हो। युएईलाई हराउँदै नेपाल आइसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो। १९ वर्षमुनिको महिला टी–२०…

एमालेको जागरणसभाको तयारीका लागि संयोजन समिति गठन

नेकपा (एमाले)ले मंसिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि संयोजन समिति गठन गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्लाको संयुक्त आयोजनामा हुने सभाको तयारीका लागि वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो। समितिको सह–संयोजक कैलाश ढुंगेल छन्। सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन…

भैरहवामा रवि लामिछानेको दोस्रो दिनको लिखित बयान सुरू

सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज (बुधबार) दोस्रो दिन बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देहीमा उपस्थित गराइएको छ। हिँजो (मंगलबार) पोखराबाट ल्याएर साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको मौखिक बयान लिइएको थियो। आज भने लिखित रूपमै प्रश्न राखेर बयान लिइने बताइएको छ। रविको दोस्रो दिनको बयान…

यु–१९, महिला टी–२० विश्वकप क्रिकेटमा नेपालको शान्दार जित

यु–१९, महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले कुवेतमाथि शान्दार जित निकालेको छ। कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १६५ रनले हराएको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै अलआउट भयो। कुवेतकी कप्तान जीफा जिलानीले सर्वाधिक ३६ रन बनाइन्। नेपालकी कप्तान पूजा महतोले…

गण्डकी प्रदेश, कृषि मन्त्रालयको ०८१/०८२ को समीक्षा बैठक सकियो

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष ०८१÷०८२ को त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ। मालेपाटनस्थित मन्त्रालयको सभाहलमा सोमबारदेखि आयोजित समीक्षा गोष्ठी मंगलबार सम्पन्न भएको हो। गोष्ठीमा मन्त्रालय मातहतका सबै कार्यालय प्रमुखहरुको उपस्थिति थियो। गण्डकी प्रदेशकी कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले समापन कार्यक्रममा बोल्दै आम कृषकको…

सामाजिक सञ्जाल प्रयोगमा काउन्सिलको विशेष अपिल

प्रेस काउन्सिल नेपालले संचार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ। नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा संचालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मंगलबार विशेष अपिल जारी गरको हो। सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक…

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सानोभर्याङबाट प्रहरीले पक्राउ गरेको हो। यही कार्तिक २० गने मनाङेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत, पाटनकै फैसला सदर गरेको थियो। पाटन अदालतले गुरुङलाई ५ वर्ष कैदको सजाय सुनाएको थियो।…

गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा ‘संस्कृतिसँगै पर्यटन’ कार्यक्रम संचालन

गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भए को छ। आगामी मंसीर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठले भने, ‘पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गरिदैछ। यसमार्फत पर्यटकको आकर्षण बढाउन खोजिएको…

लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार छ

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा आजदेखि (सोमबार) देखि सुरु ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लगानीमैत्री कानुन निर्माण गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारेका हुन्। ‘तपाईँहरुको लगानीमा कुनै सुरक्षाको खतरा छ भने…

४ संचारमाध्यम कालोसूचीमा, ७ मिडियामाथि छानबीन

प्रेस काउन्सिल नेपालले विभिन्न ४ संचारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। त्यस्तै, विभिन्न ७ संचारमाध्यमलाई विशेष अनुगमनमा राखी छानवीन गरिरहेको छ। काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। काउन्सिलले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै ती संचारमाध्यमहरुलाई कालोसूचीमा राख्ने निर्णय गर्नुका साथै विशेष अनुगमनमा राखेर छानवीन थालेको हो। काउन्सिलको निर्देशन अटेर गर्ने,…