राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा संचालन गर्ने भएको छ। बोर्डका अनुसार २०५६ सालयता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गरिएको छ। विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्ने म्याद थपिएको छ। लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको…
यु–१९ आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोटमा नेपालले थाइल्यान्डलाई हराएको छ। युएईमा चलिरहेको क्रिकेट खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनले हराएको हो। यसअघि, थाइल्यान्डलाई नै ६७ रनले हराएको नेपालको यो थाइल्यान्डमाथि दोस्रो जित हो। नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो। थाइल्यान्डका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यसैगरी,…
नेकपा (माओवादी केन्द्र धनुषा) ले धनुषाको धनुषाधाम वडा नम्बर १ का वडाअध्यक्ष पदका लागि आकांक्षी उम्मेदवार छनोट गरेको छ। नेकपा (माओवादी केन्द्र) धनुषाधाम नगरपालिका कमिटीले सुनिल कापरलाई सो पालिका (वडा) का वडाअध्यक्ष पदका लागि उम्मेदवार सर्वसम्मत रुपमा माथिल्लो कमिटीमा सिफारिस गरेको हो। धनुषाधाम नगरपालिका–१ को वडाअध्यक्ष पदका लागि धनुषाधाम नगर कमिटीले अनुमोदन गरेको भन्दै नेकपा…
नेपालका भूपेन्द्र गुरुङले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसीपमा २ रजत पदक जितेका छन्। अमेरिकाको क्यालिफोर्नियामा रहेको आर्काडिया हाई स्कुल जिम्नाजियममा हिँजो (शुक्रबार) भएको प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा उपविजेता बन्दै २ रजत पदक जितेका हुन्। ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेशन युएसएद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले ३६ वर्षमाथिको उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्र्समा प्रतिस्पर्धा गरेका थिए।…
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन्। समूहको शनिबार सम्पन्न २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा…
तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको टिम इभेन्टतर्फ नेपाली धावकहरुले वर्चस्व कायम राखेका छन्। नेपाली धावकहरुले क्रस कन्ट्री दौडको टिम इभेन्टतर्फको सबै उपाधि हात पारेका हुन्। नेपाली सेनाका शुशिल शाही, सिर्जन पौडेल र श्रीकस राईले टिम इभेन्टतर्फको क्रस कन्ट्री दौड जित्न सफल भए। निर्धारित ५० किलोमिटरको दूरी ४ घण्टा २० मिनेट १४ सेकेन्डमा पार गर्दै…
चिनियाँ धावकहरुले तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडको च्यालेन्ज इन्डिभिजुअल महिला÷पुरुष इभेन्टतर्फको दुबै उपाधि जितेका छन्। पुरुषतर्फ चीनका यङ ज्याङ जेनले ३ घण्टा, ४४ मिनेट १२ सेकेन्डमा निर्धारित ५० किलोमिटरको निर्धारित दूरी पार गर्दै च्यालेन्ज इन्डिभिजुअल इभेन्टको पुरुषतर्फ च्याम्पियन बने। यस इभेन्टमा विजेता बनेका जेनले १ लाख ५२ हजार ८ सय रुपैयाँ (८ हजार आरएमबी)…
महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ क्रस कन्ट्री च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फकी च्याम्पियन बनेकी छन्। रोङले उक्त दौड ४ घन्टा ४१ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनिन्। यस इभेन्टमा च्याम्पियन बनेकी रोङले १ लाख ५२ हजार ८ सय रुपैयाँ (८ हजार आरएमबी) नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार जितिन्। नेपाली धाविका कल्पना बुढा उपविजेता बनिन्। ९…
पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न क्रियाशील पर्यटन व्यवसायीद्धारा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन्। होटल संघ पोखरा नेपालले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान संचालनको माग राखेका हुन्। संघले मुख्य राजमार्गमा जारी स्तरोन्नति कार्यलाई पनि तीव्र रूपमा अघि बढाएर समयमै सम्पन्न गर्नुपर्ने मागसमेत राखेको छ। पर्यटन व्यवसायका लागि हवाई र स्थलमार्गको…