कास्कीका बादल कार्की र नारायणी भण्डारीले पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री छात्रछात्रातर्फको ५ किलोमिटरको दौड जितेका छन्। बादलले सो दूरीको दौड १४ मिनेट ५७.३ सेकेण्डमा पूरा गरे। बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे। बादल कास्की मोर्डनाइज्ड र नारायणी छोरेपाटन माबिका विद्यार्थी हुन्। त्यसैगरी, छात्रतर्फ कालिका माबिका कृष्ण परियार दोस्रो भए भने…
पोखरा–१६, वाटुलेचौरकी पद्मादेवी शर्मालाई यस वर्षको महिला समाजसेवा पुरस्कार प्रदान गरिएको छ। मैदान आमा समुह वाटुलेचौरले संचालन गरेको सो पुरस्कार पहिलो पटक महिला अधिकार र समाजसेवाकोे क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै शर्मालाई अर्पण गरेकोे हो। समुहकोे शनिवार २८ औं साधारणसभा तथा १३ औं अधिवेशनको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष…
घरेलु टोली युएईसँग नेपाल १३ रनले पराजित आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले पहिलो हार व्यहोरेको छ। महिला विश्वकप एशिया छनोटको आफ्नो तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको हो। युएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। नेपालका…
म्याग्दीको मंगला शिक्षा क्याम्पसले तिहारमा देउसी भैलो खेल्दैछ। जिल्लाको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थित मंगला शिक्षा क्याम्पसको २ करोडको मुद्धती/अक्षयकोष तथा आर्थिक संकलन अभियानका लागि देउसी भैलोमा जुटेको हो। देउसी भैलोमा अभियानमा एकैपरिवारबाट ५ लाख ७६ हजार सहयोग गरेको छ। मंगला गाउँपालिका अध्यक्ष एवं क्याम्पसका सम्मानार्थ संरक्षक सतप्रसाद रोका, क्याम्पस संचालक समितिकी उपाध्यक्ष एवं आर्थिक संकलन…
गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आफू सम्पर्कविहीन नभएको बताएका छन्। केही मिडियाहरुमा आफू सम्पर्कविहीन भएको समाचार आएकोले त्यस्ता समाचारहरु असत्य र भ्रामक रहेको मनाङेले उल्लेख गरेका छन्। प्रदेशसभा सदस्य मनाङेले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्तिसमेत जनाएका छन्। केही दिनअघि सर्वोच्च अदालतबाट दोषी…
नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउन सत्तासाझेदार दलहरूले संयन्त्र बनाएको बताएका छन्। चितवनमा आज (बिहीबार) पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले संघीय, प्रदेश र स्थानीय तहमा समझादारी बढाउन संयन्त्र अवश्यक भएको उल्लेख गरे। उनले भने, ‘धेरैभन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पूरा गर्न सकियोस् भन्ने उद्देश्यले संयन्त्र बनाइएको हो।’ देशको…
प्रेस काउन्सिल नेपालमा संघीयताको ढाँचामा मिडिया व्यवस्थापनलाई कसरी राम्रो बनाउने सम्बन्धमा छलफल भएको छ। छलफललाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले उपस्थित सबै निकायको साझा उद्देश्य भएकोले समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले काममा दोहोरोपना हुन नहुने बताए। मिडिया क्षेत्रको समग्र विकास र नियमनका लागि सबै नियकायहरूबिच समय–समयमा छलफल भइरहनुपर्ने बस्नेतको बनाई…
फ्रेन्चायज टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ। टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले मुस्ताङको लोमान्थाङ पुगेर जर्सी सार्वजनिक गरेका हुन्। प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्ससहित पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी, ब्राण्ड एम्बेस्डर सन्दीप क्षत्री, नेपाल क्रिकेट संघ (क्यान) का कप्तान पारस खड्का, १४ पटक हिमाल आरोहण गरेका निमा तेञ्जिङ शेर्पाको उपस्थितिमा जर्सी…
स्टार स्पोर्ट्स विश्वको चर्चित खेलकुद च्यानल हो। जसमा खेलकुदका विश्वकप क्रिकेटदेखि आइपीएल क्रिकेटसम्म प्रसारण हुँदै आएको छ। नेपालमै पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण पनि स्टार स्पोर्ट्समार्फत गर्ने तयारी थालिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी…
पोखराको मानव सेवा आश्रमलाई यस वर्षको स्व. नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार प्रदान गरिएको छ। पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले संचालन गरेको सो पुरस्कार प्रत्येक २/२ वर्षमा मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको संघसंस्था तथा व्यक्तिलाई प्रदान गरिन्छ। सो पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिएको क्लवले जनाएको छ। पोखरामा बिहीवार…