Author Archive »

क्रसकन्ट्री दौडन चिनियाँ खेलाडी चार्टर्ड विमानबाट पोखरा आइपुगे

  पोखरामा आयोजना हुने क्रसकन्ट्रीमा दौडन चिनियाँ खेलाडी चार्टर्ड विमानमार्फत आज (बिहीबार) पोखरा आई पुगेका छन्। हिमालयन टुरिजम फोरमले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिन आएका चिनियाँ खेलाडी चीनको कुनमिङबाट खेलाडी सिचुवान एयरलाइन्सको चार्टर्ड विमानमार्फत आज दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। जहाजमा १२० जना चिनियाँ नागरिक पोखरामा उत्रिएको विमानस्थलका सूचना…

पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडको तयारी पूरा

पोखरामा पर्सि (शनिबार, कार्तिक २४ गते, २०८१) मा हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ। हिमालयन टुरिजम फोरमद्वारा आज (बिहीबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अन्तर्राष्ट्रिय महत्वको पर्वतीय क्रस कन्ट्री दौडको तयारी पूरा भएको जनाएको हो। प्रतियोगिताअन्तर्गत ४ प्रकारका दौडमा करीब १२ सय भन्दा बढी खेलाडीहरुको सहभागितामा दौड हुने पत्रकार…

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो जित

आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। संयुक्त अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रंगशालामा आज (बिहीबार) भएको खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराउँदै दोस्रो जित हासिल गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले कुवेतलाई जितका लागि १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी…

संचार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संचार सेवा सहज बनाउन निर्देशन दिएका छन्। संचार मन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म संचार सेवा सहज बनाउन निर्देशन दिएका हुन्। सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको राय सुझाव लिएका थिए। यसैगरी, जिल्लास्थित सरकारी कार्यालयहरूको अनुगमनपछि संचार मन्त्री गुरुङले बेसीसहर–चामे सडक…

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आइसीसी यु–१९ महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। आज (बुधबार) भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो। नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ ओभर ४ बलमा ३५ रन बनाउँदै अलआउट भयो। थाइल्यान्डकी कप्तान अफिसाराले सर्वाधिक १३ रन बनाइन्। नेपालकी रचना चौधरीले ४ विकेट लिइन्। यस्तै, कप्तान पूजा महतो र…

आधिकारिक रूपमै नेपालमा टिकटकको दर्ता

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमै नेपालमा दर्ता भएको समाचार छ। समाचारअनुसार टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिएका छन्। मन्त्रालयका प्रवक्तासमेत रहेका ठाकुरले भनेका छन् ’टिकटकले प्रक्रिया मिलाएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो।’ प्रवक्ता ठाकुरले बताएअनुसार टिकटक सामाजिक सञ्जाल…

रवि लामिछानेलाई हिरासतमा राख्न १० दिन म्याद थपियो

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप हिरासतमा राख्न १० दिन म्याद थपको अनुमति दिएको छ। कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन्। आज (मंगलबार) सहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ। यसअघि, कास्की जिल्ला…

ज्यान मार्ने उद्योगमा ‘दीपक मनाङे’, सर्वोच्चद्धारा दोषी ठहर

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन्। गुन्डा नाइके ‘चक्रे मिलन’ को ज्यान मार्ने उद्योग गरेको अभियोगमा आज (मंगलबार) सर्वाेच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ‘दीपक मनाङे’ लाई दोषी ठहर गर्दे फैसला गरेको हो। सर्वोच्चको संयुक्त इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको…

डा. सुरेश आचार्य, सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस

नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन्। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले डा. आचार्यलाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो। उक्त बैठकले प्रमुख र सूचना आयुक्तहरूको नाम सिफारिस गरेको हो। यसैगरी, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ।…

रवि लामिछानेको म्याद थपबारे बहस सकियो

रास्वपाका सभापति रवि लामिछानेको म्याद थपबारेको बहस सकिएको छ। आज (मंगलबार) कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको हो। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अझै ३० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेको थियो। आज (मंगलबार) कास्की जिल्ला अदालतमा म्याद थपबारे भएको…