Author Archive »

रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने

सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ। प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक–पटक बयान लिएको थियो। सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्दिकरणको विषयमा पनि अनुसन्धान भइरहेको छ। कार्तिक २ गते शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुरुमा ६ दिन…

साफ उपविजेता नेपाली महिला टोलीका खेलाडीलाई जनही ३ लाख पुरस्कार

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसीप–२०२४ को उपविजेता नेपाली टोलीका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाली महिला टोली बंगलादेशसँग २–१ पराजित भएको थियो। साफ महिला च्याम्पियनसीपको फाइनलमा नेपालको यो छैटौं हार हो। उक्त टोलीलाई नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव…

काठमाडौँ महानगरले दियो महिला फुटबल टिमलाई २५ लाख पुरस्कार

काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ। महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले बुधबार राति नै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन्। खेल सकिएलगत्तै नेपाली महिला खेलाडी बसेको होटल सोल्टी पुगेर मेयर बालेन र उपमेयर सुनिताले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका हुन्। नेपाली महिला खेलाडीसँगको…

३ महिनामा प्रेस स्वतन्त्रता हननका १९ घटना

पछिल्लो ३ महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन्। प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमित रूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो। पछिल्लो ३ महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा छन्। यसैगरी, आक्रमण/कुटपिटका घटना ४, पेसागत असुरक्षा २, कब्जा/अवरोध र गिरफ्तारीे प्रयासको घटना १/१…

बंगलादेश दोस्रो पटक महिला साफ च्याम्पियन, नेपाल उपविजेतामै सीमित

साविक विजेता बंगलादेश दोस्रो पटक महिला साफ फुटबलको च्याम्पियन बनेको छ। गत संस्करणको उपविजेता नेपाललाई हराउँदै बंगलादेशले दोस्रो पटक उपाधि जितेको हो। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोलले हरायो। खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले अग्रता लिएको थियो। त्यसको ३ मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल…

‘संचार माध्यमले सुशासनको पक्षमा भूमिका खेल्नुपर्छ’

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासनका लागि संचार क्षेत्रले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले आज (बुधबार) दीपावलीको अवसरमा आयोजित चियापान कार्यक्रममा संचारमन्त्री गुरुङले सो कुरा बताएका हुन्। ‘यो सरकार आलोचनालाई सहज रुपमा लिएर आफैबाट कमी कमजोरी भएको रहेछ भने पनि सच्याउन तयार रहेको लोकतान्त्रिक सरकार बनेको…

पूर्व मुख्यसचिव अर्याललाई भ्रष्टाचार मुद्दामा सफाई

पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन्। सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिएको विषयमा दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई आज (बुधबार) सफाई दिएको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु खुशीसफाईप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले व्यक्ति र कम्पनी गरी १२ जना प्रतिवादी रहेको…

साफ फाइनलमा नेपाली टोलीको प्रति गोल १ लाख पुरस्कार

गरिमा विकास बैंक लिमिटेडले साफ वुमन्स च्याम्पियनसीप फुटवलको फाइनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषण गरेको छ। बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ। नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने…

लिग–२ क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो

आइसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेटमा नेपालले स्कटल्यान्डलाई हराएको छ। अमेरिकामा भइरहेको श्रृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको हो। अमेरिकाको डालसमा स्कटल्याण्डले दिएको १५५ रनको लक्ष्य नेपालले २९ ओभर ५ बलमा भेट्टायो। नेपालका आरिफ शेखले सर्वाधिक ५१ रन बनाए। कुशल भुर्तेल र गुल्सन झाले २५÷२५ रन जोडे। आसिफ शेखले २१ रन थपे। स्कटल्याण्डका…

‘अराजकतालाई मलजल गर्ने मिडिया कारवाहीमा पर्छ’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरामा ल्याउने दृढता जाहेर गरेका छन्। सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना संप्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उनले उल्लेख गरे। अध्यक्ष बस्नेतले भने, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ।…