Author Archive »

संचारमन्त्री गुरुङ र नेफेज समूहबीच भेटघाट

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नेपाल वातावरण पत्रकार समूह (नेफेज) को समूहले भेट गरेको छ। (नेफेज) समूहको नवनिर्वाचित कार्यसमिति संचार मन्त्रालय पुगेर मन्त्री गुरुङलाई भेटेको हो। भेटमा संचारमन्त्री गुरुङले विकास र वातावरण संरक्षणका काम सँगसँगै अगाडि बढाउनुपर्ने बताए। उनले विकास निर्माण गर्दा वातावरण संरक्षणसँगै बहुसंख्यक जनताको हित पनि हेर्नुपर्ने उल्लेख गरे। सरकारका प्रवक्ता मन्त्री…

रोड्रीले जिते यस वर्षको बालोन डी’ओर अवार्ड

स्पेनका राष्ट्रिय फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यसवर्षको पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन्। फ्रान्सको पेरिसमा रहेको थिएटर डु शाटेलेटमा भएको भब्य समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन्। रोड्रीले यस वर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। साथै उनले लगातार चौथो पटक प्रिमियर लिगको…

तिहारमा स्वदेशी फूललाई जोड दिउँः कृषि मन्त्री श्रेष्ठ

गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन्। ‘स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीवीसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिउँ’, मन्त्री श्रेष्ठको भनाई छ। पोखरामा सोमबारदेखि सुरु गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प…

राइजिङ पोखरा क्लबस्तरीय क्रिकेट च्याम्पियन

राइजिङ पोखरा क्लबस्तरीय एक दिवशीय क्रिकेट च्याम्पियन बनेको छ। पोखरामा सोमबार सम्पन्न फाइनल खेलमा राइजिङ पोखरा क्लबले पोखरा क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्न सफल भएको हो। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसीपको फाइनलमा २२५ रनको लक्ष्य पाएको राइजिङले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा २२७ रन जोड्दै च्याम्पियन बनेको…

पोखराको हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

पोखराको हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार प्रदान गरिएको छ। बहुआयामिक व्यक्तित्व सिद्धि गौचनको १४ औं स्मृति सभामा हिमाली सांस्कृतिक परिवारलाई पुरस्कार प्रदान गरिएको हो। जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालको आयोजनामा सिद्धि गौचन स्मृति सभा तथा पुरस्कार अर्पण समारोहको आयोजना गरेको हो। साहित्यकार सरुभक्त, डा. नारायणप्रसाद अधिकारी, अक्षयकोष संस्थापक विश्वमोहन गौचन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज…

पोखराको हेम्जादेखि भक्तपुरको सूर्यविनायकसम्म नयाँ बस सेवा सुरु

पोखराको हेम्जादेखि भक्तपुरको सूर्यविनायकसम्म नयाँ वस सेवा संचालनमा आएको छ। कोइली ट्राभल्स प्रालिले २ करोड लगानीमा सुतेरै यात्रा गर्न सकिने थप २ (स्लिपर बस) सेवा संचालनमा ल्याएको हो। उक्त बसमा एसीसहित सोफा सिट जडान गरिएको छ। बसमा ८ वटा सिटमा सुतेर यात्रा गर्न सकिनेछ। त्यस्तै, १६ वटा सोफासहितको सुविधायुक्त सिट छन्। उक्त बसमा यात्रुले खाजा,…

असन्तुष्टहरुका कारण पार्टी फुट्दैनः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका असन्तुष्टहरुहरुका कारण पार्टी नफुट्ने दाबी गरेका छन्। पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीका असन्तुष्टहरुसँग कुरा मिलिसकेको उल्लेख गरेका छन्। उनीहरुले पार्टीपनि नफुटाउने र अन्य दलमापनि नजाने नेपालको दाबी छ। समाजवादी प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अध्यक्ष नेपालले सरकार र प्रधानमन्त्री केपी शर्मा…

एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल मंगोलियासँग पनि पराजित

नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल जितविहिन बनेको छ। कतारको दोहास्थित हमाद बिन खालिफा रंगशालामा नेपाल मंगलोलियासँग १–० ले पराजित भयो। खेलको ७८ औं मिनेटमा ओड्खु सोयोलले गरेको १ मात्र गोलले मंगोलियालाई जित दिलायो। समूह चरणका ३ वटै खेलमा पराजित नेपाल अंकविहीन हुँदै समुह ‘एफ’ को पुछारमा रहेर छनोटको अन्त्य गरेको छ। पहिलो जित…

लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित

आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ। २८७ रनको लक्ष्य पाएको अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो। अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रन बनाए। नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए।…

गण्डकी प्रदेशबासीलाई स्वस्थ बनाउने प्रयास सुरु

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरू अघि बढाएको बताएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) को छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनमा प्रमुख अतिथि मन्त्री पाठकले योजनाअनुसार नै गण्डकीबासीको स्वास्थ्यलाई स्वस्थ बनाउन प्रयास सुरु गरिएको बताए। प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न ३ वटा कालीन योजना बनाएर…