कास्कीमा क्रियाशील पत्रकारहरु दुर्गा भण्डारी र जमुना वर्षा शर्मा संचारिका पत्रकारिता पुरस्कारबाट सम्मानीत हुँदैछन्। संचारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको संचारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ। संचारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८० बाट शर्मालाई पुरस्कृत गरिने भएको हो। पुरस्कार राशी…
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपको उपविजेतामै समेटिन पुगेको छ। फाइनलमा उज्वेकिस्तानसँगको हारसँगै उपाधि जित्ने सुनौलो अवसरबाट नेपाल फेरि एकपटक चुकेको छ। श्रीलंकाको कोलम्बोस्थित सुगाथादासा रंगशालामा आज (शनिबार) भएको फाइलनमा नेपाल उज्वेकिस्तानसँग पराजित भएसँगै उपाधि जित्न असफल बन्यो। फाइनलमा नेपालले उज्वेकिस्तानसँग ३–१ को सेटमा हार खेप्यो। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो खेल जितेको नेपालले…
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपमा नेपालले फाइनलमा स्थान बनाएको छ। नेपालले फाइनलमा उज्वेकिस्तानसँग उपाधिका लागि खेल्नेछ। प्रतियोगिताको शीर्ष २ टोली नेपाल र उज्वेकिस्तानबीच भोलि (शनिवार) फाइनल खेल हुनेछ। नेपालले ५ खेलबाट १० अंक जोडेर फाइनल पुगेको हो। तुर्कमेनिस्तानसँग समान अंक भएपनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो। उता, उज्वेकिस्तान भने समूह चरणका…
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। कोलम्बोको सुगाथादासा रंगशालामा आज (बिहीबार) भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो। श्रीलंकाको कोलम्बोमा सुरुआती २ सेट गुमायो। नेपालले पहिलो सेट २३–२५ ले गुमायो। त्यस्तै, दोस्रो सेट २१–२५ ले गुमायो। त्यसपछिका २ सेटमा नेपाल फर्कियो। नेपालले तेस्रो सेटमा किर्गिस्तानलाई २५–२१…
उदयपुरमा क्रियाशील पत्रकार विक्रम राई र सुनिल राईमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। महासंघका कार्यवाहक महासचिव रोशन पुरीद्धारा जारी प्रेस विज्ञप्तिमार्फत समाचार संकलनका क्रममा उदयपुरबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिक र पूर्णपुष्टि डटकम तथा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकारहरु विक्रम राई र सुनिल राईमाथि भएको आक्रमण र तोडफोडको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको…
बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति सेवा सुरु गरिएको छ। नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो। मंगलबार सुत्केरी व्यथा लागेर नगर अस्पताल आएकी विकको गर्भमा रहेको शिशुको स्वासप्रस्वासमा समस्या रहेकाले शल्यक्रिया गरिएको डा. पौडेलले जानकारी दिए। शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको…
पोखरामा यसपालिको बडादसैँको टीका (विजयादशमी) का दिन निःशुल्क बस चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र यहाँ रहेका यातायात व्यवसाय कम्पनीहरूको सहकार्यमा असोज २६ गते बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म निःशुल्क बस सेवा दिइने भएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ७ वटा रुटमा १८ गाडीबाट…
गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट प्रधानमन्त्री राहत उद्धार कोषका लागि ५१ लाख सहयोग गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले भेटेर उक्त रकम हस्तान्तरण गरेको हो। अध्यक्ष डा. केसीले हालैको बाढीपहिरो र डुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड रुपैयाँबराबरको राहत उपलब्ध…
प्रेस काउन्सिल नेपालले दशैंको विदामा समेत मिडियाको नियमनलाई निरन्तरता दिने भएको छ। काउन्सिलले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरुमा अनुगमन र सुनुवाई हुने जानकारी गराएको हो। सह–प्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल हुलाक सेवाका विभिन्न आयाममा अभ्यस्त हुने क्रममा रहेको बताएका छन्। मन्त्री गुरुङले यसको विकासका लागि सरकार अग्रसर रहेको बताएका छन्। १५० औं विश्व हुलाक दिवसको अवसरमा आज (बुधबार) भिडियो सन्देश दिदँै उनले सो कुरा बताएका हुन्। विश्वभरको हुलाक सेवा प्रभावकारी बनाउने हेतुले सन् १८७४ अक्टोबर ९ मा विश्व…