मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसीपमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता अक्टोबर ११ देखि १३ सम्म जर्मनीको फ्र्याङ्कफर्टमा हुनेछ। इजिकेल परियार र नीराजन मोक्तानले प्रतिस्पर्धा गर्ने भएका हुन्। इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। नीराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङ्फुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन्। इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन…
काभा यु–२० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले माल्दिभ्सलाई हराएको छ। कोलम्बोको सुगाथादासा रंगशालामा आज (मंगलबार) भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो। नेपालले पहिलो सेट २५–५ ले जित्यो। त्यसैगरी, दोस्रो सेट २५–१२ जित्यो। र, तेस्रो सेट २५–२० ले जित्यो। यसअघि, हिँजो भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो।…
पोखरामा तेस्रो संस्करणको अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौडको तयारी थालिएको छ। खेलकुदका माध्यमबाट नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउन कार्तिक २४ गते पोखरामा तेस्रो संस्करणको क्रस कन्ट्री दौड हुने भएको हो। हिमालयन टुरिजम फोरमद्वारा पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ‘साझा समृद्धिका लागि दौड’ भन्ने उदघोषका साथ प्रतियोगिताको तयारी सुरु गरिएको जनाएको हो। आगामी कार्तिक…
प्रेस काउन्सिल नेपालले ४३ युट्युब च्यानललाई कारबाहीको सिफारिस गरेको छ। त्यसैगरी, ३ वटा अनलाइन संचारमाध्यमलाई कालोसूचीमा राखेको छ। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न संचारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो। गत चैत २० गते काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारवाही गर्दै…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन आज (सोमबार) विभिन्न संस्थाबाट ४ करोड ७९ लाख १० हजार ३ सय ९० सहयोग प्राप्त भएको छ। नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट १ करोड, प्रभु बैंकबाट रु १ करोड, अरुण तेस्रो पावर कम्पनीबाट १ करोड, एभरेष्ट बैंक लि. बाट. ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा…
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा आज (सोमबार) भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो। उज्वेकिस्तानसँग नेपालले पहिलो सेट २५–१९ ले गुमायो। त्यसैगरी, दोस्रो सेटमा नेपालले २५–१४ ले गुमायो। तेस्रो सेट भने नेपालले उज्वेकिस्तानलाई २९–२७ ले जित्यो। नेपाल चौथो सेटमा नेपाल २५–१५ ले पराजित…
प्रभु इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। चेक हस्तान्तरण गरेको छ। गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि इन्स्योरेन्सले आज (सोमबार) सहयोग स्वरुप २५ लाख रुपियाँको चेक हस्तान्तरण गरेको हो। प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपियाँ आर्थिक…
गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन्। प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन्। बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट संख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित यात्रा गर्न/गराउनेसहित चाडपर्व केन्द्रीत ६…
प्रधानमन्त्री उद्धार कोषमा एकै दिन आज (आइतबार) मात्रै १० करोड बढी सहयोग रकम संकलन भएको छ। विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरका सहयोग प्रदान गरिएको हो। आइतबार नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। त्यसैगरी, एनएमबी बैंकका…
काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनसीपमा नेपालले विजयी सुरुआत गरेको छ। कोलम्बोको सुगाथादासा रंगशालामा आज (आइतबार) भएको खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो। नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२३ र तेस्रो सेट २८–२६ ले जित्यो। आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा…