Author Archive »

इडब्ल्युभिएल: कर्णाली लगातार ४ खेल जित्दै फाइनलमा

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभीएस लगातार चौथो जित निकाल्दै फाइनलमा पुगेको छ। कर्णालीले प्रतिस्पर्धात्मक खेलमा चितवन शक्तिलाई ३–२ को सेटमा पराजित गरेपछि एक खेलअगावै फाइनलमा पुगेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको आफ्नो दोस्रो खेलमा कर्णालीले चितवन शक्तिमाथि रोमाञ्चक जित निकाल्यो। कर्णालीले पहिलो सेट २०–२५ ले गुमायो। दोस्रो सेटमा कर्णालीले २५–१८…

इडब्ल्युभिएल: काठमाडौं स्पाइकर्सको तेस्रो जित

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा काठमडौं स्पाइकसले तेस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार मधेश युनाइटेडविरुद्ध ३–१ सेटको पुनरागमन जित निकाल्यो। काठमाडौंल पहिलो सेट १५–२५ ले गुमायो। दोस्रो सेटमा २५–२३ जित निकाल्यो। तेस्रो सेटमा २५–१५ जित निकाल्यो। चौथो सेट २५–१८ ले जित्यो। जितसँगै ४ खेलबाट ९ अंक जोडेको काठमाडौं…

‘कसरि पढ्ने र सिक्ने?’ पुस्तकको पोखरामा विमोचन

सामाजिक अभियन्ता कृष्ण क्षत्री ‘उदय ‘ ले एउटा पुस्तक बजारमा ल्याएका छन्। पुस्तकको नाम हो, ‘कसरी पढ्ने र सिक्ने?’ क्षत्रीले, ‘एउटा बिद्यार्थी सफल हुन क–कसको भूमिका कस्तो हुन्छ? बिद्यार्थी स्वयंले कसरी पढ्ने? र ती पढेका बिषयहरुबाट कसरी सिक्ने? उनीहरुको पढाई र सिकाईलाई सार्थक पार्न अभिभावक र शिक्षक अनि समाजको कस्तो भूमिका हुनुपर्छ?’ भन्नेबारे विविध उपायहरु…

गण्डकी सरकारबाट उद्धार कोषमा ५० लाख सहयोग

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन्। गतसाता परेको वर्षाले उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली अर्पण गरेको छ। त्यसैगरी, वेपत्ताको खोजी,…

त्रिदेशीय टी–२० श्रृंखलामा नेपालले ओमानलाई हरायो

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ। क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ओमानलाई ५६ रनले हराएको हो। नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर ५ बलमा १०१ रनमा अल आउट बन्यो। ओमानका जिशान मकसुदले सर्वाधिक ३५ रन बनाए। नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। त्यसअघि, टस हारेर…

प्राथमिकतामा सूचना प्रविधि हब

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित दोस्रो पारा–हिमालय संचार तथा सामाजिक विकास संगोष्ठीको (बुधबार) उद्घाटन गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताएका हुन्। ‘दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता…

इडब्ल्युभिएलः चितवन शक्तिको दोस्रो जित

एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्तिले दोस्रो जीत निकालेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको प्रतियोगितामा आज (बुधबार) भएको अन्तिम खेलमा चितवनले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको हो। चितवनले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१९ ले जितेको थियो। तर, तेस्रो सेट भने १९–२५ ले गुमाउन पुग्यो। चौथो सेटमा पुनरागमन गर्दै चितवनले २५–२१…

इडब्ल्युभिएलः गण्डकी थन्डर्सको लगातार तेस्रो हार

एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डर्सले लगातार तेस्रो हार ब्यहोरेको छ। आज (बुधबार) भएको काठमाण्डौं स्पाइकर्सले गण्डकीलाई पराजित गर्दा गण्डकीको तेस्रो हार भएको हो। काठमाण्डौ स्पाइकर्सले गण्डकी थन्डर्सलाई ३–१ सेटले हराएको हो। प्रतिस्पर्धात्मक पहिलो सेटमा काठमाण्डौंले २५–२३ ले आफ्नो पक्षमा नतिजा निकाल्यो। त्यसपछि, काठमाडौंले दोस्रो सेट २५–१९ ले गुमायो। तेस्रो सेटमा काठमाडौं २५–२१ ले विजयी…

इडब्ल्युभिएलः कर्णालीको लगातार तेस्रो जित

एभेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा कर्णाली यश्विसले लगातार तेस्रो जित हात पारेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज (बुधबार) भएको खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–० को सोझो सेटमा हरायो। कर्णालीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२२ र तेस्रो सेट २९–२७ ले जित्यो। लगातार तेस्रो जितसँगै कर्णालीले ९ अंक…

पोखराको कास्कीकोटमा राष्ट्र शान्तिको कामना

पोखरा उपत्यकाको कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो। परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक पूजा हँदै आएको मन्दिरमा यस वर्ष देशमा आएको वाढी पहिरो तथा प्राकृतिक प्रकोपबाट मानवीय तथा भौतिक क्षति…