Author Archive »

पर्वतको महाशिलामा गाउँ फर्कनेलाई खाद्यान्न खर्चसहित १ लाखको अनुदान

पर्वतको महाशिला गाउँपालिकाले फर्कनेलाई खाद्यान्न खर्चसहित १ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम ल्याएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको हो। बसाइँ सरेर जानेको संख्या बढ्दै गएपछि गाउँपालिकाले पालिका फर्किनेलाई अनुदान दिँदै आएको हो। पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै समेटेर पालिकाले गाउँ फर्किनेलाई प्रोत्साहन गर्ने नीति लिएको हो। गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा…

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यसअघि, विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। असोज ६ मा पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि साइबर ब्यूरोले ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो। प्रसाईंविरुद्ध ‘चरित्रहत्या…

पोखरा–२२ मा बालश्रममुक्त वडा बनाउने अभियान

पोखरा–२२ मा पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानबारे सरोकारवालासँग छलफल चलेको छ। पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले छलफल चलाएको हो। छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानूनी पक्ष, वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको छ। सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका र कानूनी…

एएफसी यु–२० मा नेपालमाथि उज्बेकिस्तानको गोलवर्षा

एएफसी २० वर्षमुनिको एशियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग लज्जाजनक रपमा पराजित भएको छ। न्यु ताइपेई सिटीमा आज (बुधबार) भएको खेलमा उज्बेकिस्तानले नेपालमाथि ६–० को गोलवर्षा गरायो। खेलको २० औं मिनेटमा सबिन घिमिरे रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सीमित भएको थियो। सबिनले उज्बेकिस्तानका खेलाडीको प्रहार हातले रोकेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए।…

दुर्गा प्रसाईंले थाले प्रहरी हिराशतमै अनशन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थालेको समाचार छ। साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनशन थालेका हुन्। समाचारअनुसार आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनशन सुरु गरेको बताएका हुन्। प्रसाईं क्यान्सर सर्भाइभर हुन्। पक्राउ परेलगत्तै प्रसाईंलाई बीर अस्पतालमा राखिएको थियो। मंगलबार वयानका…

लिग–२ त्रिदेशीय श्रृंखलामा नेपाल र ओमानको खेल रद्द

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानडाको किङ्स सिटी क्रिकेट मैदानमा नेपाली समयअनुसार गएराति पौने ९ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण चालु हुन सकेन। खेल रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका छन्। त्रिदेशीय श्रृंखलामा लगातारको हारका कारण दबाबमा रहेको नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेल ओमानसँग…

दुर्गा प्रसाईं पक्राउविरुद्धको रिटमा ‘कारण देखाउ’ को आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै उनका छोरा निराजनले रिट दायर गरेका थिए। सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा प्रसाईंलाई…

उत्तर कोरियाले जित्यो महिला विश्वकप–२० को उपाधि

२० वर्षमुनिको महिला विश्वकप फुटबलको उपाधि उत्तर कोरियाले जितेको छ। कोलम्बियामा भएको खेलमा जापानलाई १–० गोलले हराउँदै उत्तर कोरियाले उपाधि जितेको हो। जितसँगै जर्मनी र अमेरिकासँगै उत्तर कोरिया विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ। २० वर्षमुनिको महिला विश्वकपमा ३ वटा देशले समान तेस्रो पटक उपाधि जितेका छन्। जापानलाई पराजित गर्न उत्तर कोरियाकी चो…

भिमाद नगरपालिकामा ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ कार्यक्रम

तनहुँको नगरपालिकाले चालु आर्थिक वर्षदेखि ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ कार्यक्रम गर्दैछ। तनहुँ जिल्लाको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको हो। कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ गर्ने…