नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ। सरकारको निर्णयबाट स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्नेमा महासंघले विश्वास गरेको छ। महासंघले आफ्ना सबै सदस्यहरुमा संभव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह…
नेपालको महिला/पुरुष दुबै टोली खो–खो विश्वकपमा उपविजेता बनेको छ। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खो–खो विश्वकपको फाइनलमा नेपालको महिला/पुरुष दुबै टोलीले आयोजक भारतसँग पराजित बन्दै उपविजेतामा समेटियो। फाइनल प्रतिस्पर्धामा आयोजक भारतसँग नेपालको पुरुष टोली ५४–३६ र महिला टोली ७८–४० ले पराजित बन्दै उपविजेता बन्यो। फाइनलमा नेपाल घरेलु टोली भारतसँग ५४–३६ ले पराजित…
पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ। पुरूष फुटबलतर्फ नयाँगाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ। वन विज्ञान क्याम्पसको खेल मैदानमा वडाबासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँगाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो। पुरुष भलिबलतर्फ तल्लो नयाँगाउँ टोल…
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा सरकारी वकिल कार्यालयले आज (आइतबार) मुद्दा दायर गरेको हो। रवि लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन्। लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र…
तनहुँको बन्दीपुर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय छैठौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बन्दीपुर गाउँपालिका–४ स्थित टुँडिखेलमा सुरु प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्। ३ दिनसम्म चल्ने प्रतियोगितामा छात्रछात्रा भलिबल, एथलेटिक्सलगायतका खेलहरुमा विभिन्न विद्यालयहरुका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ। गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेका अनुसार प्रतियोगितामा विजेताले १५ हजार रुपैयाँसहित…
तनहुँ जिल्लाको भानु नगरपालिका–९ पुर्कोटमा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ। ‘स्वास्थ्य जीवन र पर्यवाणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ माघ ५ गते शनिवार भानु नगरपालिका वडा नं ९ पुर्कोटस्थित बाईसजँगारमा दिवस मनाइएको हो। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय तह, प्रदेश…
तनहुँ जिल्लाको भानु नगरपालिकाका उत्कृष्ट बाख्रा पालक किसानहरुलाई नगदसहित सम्मान गरिएको छ। तनहुँको भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासंघको संयुक्त आयोजनामा उत्कृष्ट बाख्रा पालक किसानहरुलाई सम्मान गरिएको हो। स्थानीय जाततर्फ प्रतियोगितामा भानु नगरपालिका–५ का चोपकान्त पोख्रेल प्रथम…
अमेरिकाको सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ। गएराति अमेरिकाको सर्वोच्च अदालतले यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा कानूनअनुसार भोलिदेखि प्रतिबन्धमा पर्ने फैसला गरेको हो। सर्वोच्च अदालतको फैसलापछि सरकारले अब टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ सेवाबाट हटाउनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून बनाएपछि सर्वोच्च अदालतमा…
यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ। पहिलो खेलमै नेपाल बंगलादेशसँग ५ विकेटले पराजित बनेको छ। नेपालले दिएको ५३ रनको लक्ष्य पछ्याएको बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर भेट्टायो। बंगलादेशका लागि सादिया इस्लामले सर्वाधिक १६ र सुमैया अक्टरले १२ बनाए। नेपालकी पूजा महतो, सीमाना केसी, रचना चौधरी र रिया शर्माले…
पत्रकारको न्यूनतम पारिश्रमिक समयानुकूल वृद्धि गरिनुपर्नेमा पत्रकारहरूले जोड दिएका छन्। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज (शनिबार) दिक्तेलमा आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारहरूले न्यूनतम पारिश्रमिक समयानुकूल संशोधन गरेर वृद्धि गरिनुपर्नेमा जोड दिएका हुन्। कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले न्यूनतम पारिश्रमिक निर्धारण…