पोखराको लामाचौरमा यस वर्ष पनि तीज महोत्सवले निरन्तरता पाउने भएको छ। नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको हो। संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा हुन गइरहेको सो महोत्सवका लागि नाकोड्स तयारीमा जुटेको छ। तीज…
नेकपा (माओवादी केन्द्र) को पोखरामा बसेको दुई दिने गण्डकी प्रदेशस्तरीय परामर्श बैठक सकिएको छ। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टीको करीव एक दर्जन शीर्ष नेताहरुको उपस्थिति रहेको बैठक आइतबारदेखि सुरु भएको थियो। पार्टी मातहत गण्डकी प्रदेशभित्रका रहेका केन्द्रीय समिति सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरु बैठकमा सहभागी थिए। बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा…
नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ। लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज (आइतबार) भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकर शुट–आउटमा ४–१ ले हराउँदै फाइनल पुगेको हो। निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकर शुट–आउटमा पुगेको हो। टाइब्रेकर शुट–आउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका २ टाइब्रेकर शुट बचाए। यस्तै,…
‘भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूूतपूर्व छ’ पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइएको छ। ७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ। विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा उदाएको भारतलाई सफलतासाथ संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ। सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य…
पोखरामा नेवारी संस्कृतिको महिला तथा पुरुष ताया मचा प्रतियोगिता सकिएको छ। गाईजात्राको अवसर पारी नेवाः खलः कास्कीको आह्वानमा भएको ताया मचा नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर ताया मचा समिति र महिलातर्फ लामाचौर नेवाः खल प्रथम भएका छन् । नयाँबजार सांस्कृतिक समितिको आयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ९ गरी २८ समूहको प्रतिस्पर्धा थियो।…
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालहरूको संचालन, प्रयोग र नियमन गर्ने कानुन तयार भइरहेको बताएका छन्। मन्त्री गुरुङलेले डिजिटल अर्थतन्त्रले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ३ प्रतिशत योगदान गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अब चाँडै अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति…
स्याङ्जाको चापाकोट नगरपालिकामा सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले संयुक्तरूपमा सो नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो। सार्वजानिक सुनुवाई कार्यक्रममा प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय, जिल्लाको शान्ति सुरक्षा, लागुओैषध दुरूपयोगसम्वन्धी विषयमा स्थानीय नागरिकवीच छलफल भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफू जिल्लामा आए यता…
साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज (बिहीबार) भएको खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो। नेपालको जितमा खेलको १७ औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे। बंगलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल…
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध हटाएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो। यद्यपि, टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल संचालनको लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने, सूचीकृत भएको सामाजिक सञ्जालको ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ तोक्नुपर्ने शर्त अघि सारेको छ। साथै, सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग…
प्रेस काउन्सिल नेपालले प्रेस संग्रहालयका निम्ति संचारसम्बद्ध पुराना सामग्री उपलब्ध गराइदिन सार्वजनिक अपिल गरेको छ। बिहीबार एक अपिल जारी गर्दै काउन्सिले ३ वर्षअघि सुरु गरेको प्रेस संग्रहालयका लागि संचारसम्बद्ध ऐतिहासिक सामाग्री उपलब्ध गराउन विभिन्न संचार माध्यम, संचार गृह, पत्रकार, विश्वविद्यालय, संघसंस्था, व्यक्ति, सरकारी तथा गैरसरकारी निकायहरूलाई अपिल गरेको हो। काउन्सिलले संग्रहालयमा सामग्री उपलब्ध गराउन सरोकारवालालाई…