आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु मस्राङ्गी) निर्विरोध निर्वाचित भएकी छन्। फोनिज कास्कीको शुक्रबार पोखरामा सम्पन्न सातौं अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति निर्विरोध निर्वाचित गरेको हो। अध्यक्षमा निर्वाचित थापा प्रेस सेन्टर गण्डकीकी सचिवसमेत हुन्। समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सह–सचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा…
पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता यही माघ १२ देखि १९ गतेसम्म संचालन हुने भएको छ। ‘टाइगर ग्रुप अफ पोखरा नेपाल’ ले पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगितामा महिला र पुरुष गरी कूल १२ टोलीको सहभागिता रहने शुक्रबार काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिएका छन्। उनका अनुसार पुरुष…
संचार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) को मुख्य दायित्व रहन्छ।’ साबिक नेपाल टेलिभिजनमा (मंगलबार) भएको पीएसबीको पूर्वारम्भ कार्यक्रममा संचारमन्त्री गुरुङले जनता र देशप्रति केन्द्रीत रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिएका हुन्। मन्त्री गुरुङले पिएसबी सबै वर्ग, क्षेत्र,…
नेपाल प्रहरीको साइबर ब्यूरोले चेतावनीसहितका झूटा इमेलहरूको गतिविधिप्रति सतर्क रहन आग्रह गरेको छ। प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै चेतावनीसहितका झूटा इमेलहरू पठाइने गतिविधिप्रति सतर्क रहन ब्यूरोले आग्रह गरेको हो। साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै यस्ता झूटा इमेलहरूप्रति ब्यूरोको गंभीर ध्यानाकर्षण भएको जनाएका हुन्। ब्यूरोले ती…
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रथम दिक्षान्त समारोह भएको छ। प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी ओली शर्माको सहभागितामा दिक्षान्त समारोह भएको हो। कार्यक्रममा कुलपति ओलीबाट विसं. २०८०÷२०८१ मा प्रतिष्ठानबाट एमडी र एमएसमा उत्तीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन्। यसैगरी, कुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरु अरविन्दकुमार शाह (अर्थाेपेडिक्स) र आशिष सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण…
पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव आज (बुधबार) देखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं–१५ द्वारा आयोजित वडास्तरीय ४ दिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो। पोखरा–१५ ले आयोजना गरेको यो तेस्रो संस्करणको खेल महोत्सव हो । खेलकुद महोत्सवको पहिलो दिन फुटबल, भलिबल र ब्याडमिन्टनका खेलहरु सुरु…
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलकुदले संपूर्ण नागरिकलाई राष्ट्रिय एकतामा ल्याउन मद्दत गर्ने औंल्याएका छन्। पोखरा–१५ ले आयोजना गरेको खेलकुद महोत्सवको उद्घाटन गर्दै प्रमुख आचार्यले उल्लेख गरे, ‘अन्य विषयहरूमा मतभेद रहेपनि, फरक विचार रहेपनि, खेलकुदले एकै नियममा बाँध्छ। खेलकुदले व्यक्तिगत स्वास्थ्य सँगसँगै समाजलाई पनि सकारात्मक ऊर्जा प्रदान गर्छ।’ पोखरा–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले खेलकुदस्थलको अभावले…
काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज (बुधबार) भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र…
काठमाडौँ जिल्ला अदालतमा रबि लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ। न्यायाधीश माधव अधिकारीको इजलासमा थुनछेक बहस भएको हो। रबि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए। अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाए। त्यसपछि सरकारी वकिलले जवाफी…
अमेरिकामा टिकटक बन्द गर्ने संभावना बढेको छ। त्यहाँ अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको न्यूज एजेन्सीहरुले जनाएका छन्। केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएकोमा एपल स्टोरमा रेडनोट सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको बीबीसीले जनाएको छ। सोमवार र मंगलवार मात्रै अमेरिकाबाट ७ लाख नयाँ प्रयोगकर्ता जोडिएका रोडनोटलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।…