Author Archive »

न्यूज एजेन्सी राससमा ‘मिडिया संग्रहालय’ स्थापना

राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा ‘रासस मिडिया संग्रहालय’को स्थापना गरिएको छ। राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय भवनमा ‘मिडिया संग्रहालय’ को स्थापना गरिएको हो। संचार माध्यमको क्षेत्रमा लामो इतिहास बोकेको राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री संग्रहालयमा राखिएका छन्। संग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको हो। मिडिया प्रविधिमा आएका…

न्यु मिडिया समृद्धिका बाहक हुनुपर्छः अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले समृद्धिका बाहकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। प्रविधिको विकासले फड्को मार्दै जाने, समाचारको गुणस्तरमा परिवर्तन नआउने हो भने मिडिया जगतको विकास हुन नसक्ने उनले औँल्याए। अनलाइन र युट्युब माध्यमका सम्पादक, प्रकाशकको अन्तरक्रियामा शुक्रबार अध्यक्ष बस्नेतले भने, ‘सूचना प्रविधिको विकास सँगसँगै मिडियामा आउने समाचार सामग्रीको स्तरमा सुधार हुन…

गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रस्तुत

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा (पौडेल) ले विहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक काम–कारबाहीमा पूर्ण जिम्मेवार रहने बताए। प्रदेश प्रमुख भट्टले भने, ‘प्रदेश…

पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइयो

पोखरामा ७८ औं भारतीय स्वतन्त्रता दिवस मनाइएको छ। ७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्वशक्तिको रूपमा स्थापित भइसकेको छ। विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा उदाएको भारतलाई सफलतासाथ संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ। सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा…

चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगमा पराजित

चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगमा भुटानको पारो एफसीसँग पराजित बनेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो। जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ। जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा…

पोखरामा पाल्पाको लाखे नाच देखाइदैं

पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा पनि देखाइने भएको छ। सिटिजन फर्निचर आयोजनामा आगामी भदौ १ गते उक्त नाच देखाइने तयारी छ। न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा राति ८ देखि १० बजेसम्म उक्त नाच देखाउने तयारी भएको कम्पनी संचालक दीपक कार्कीले बताएका छन्। त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहित…

पोखरामा अब्बल ६ युवालाई सम्मान

पोखरामा अब्बल ६ युवाहरु सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार नेकपा एमाले कास्कीले उनीहरुलाई सम्मान गरेको हो। एमाले कास्की सचिव दर्शन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ युवाहरु सम्मानित भएका हुन्। नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका कार्यकारी निर्देशक डा विकास गौचन, नेपाल आइडल करण…

भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरु आन्दोलनमा उत्रिए

तनहुँस्थित भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरु कडा आन्दोलनमा उत्रिएका छन्। प्राणी उद्यानका लागि जग्गा उपब्ध गराएर योगदान गरेका प्रभावित जग्गाधनीहरुले हालसम्म पनि जग्गाको मुआब्जा नपाएपछि आन्दोलित बनेका हुन्। मुआब्जा पीडित संघार्ष समितिको आयोजनामा आज (आइतबार) देखि जग्गाधनीहरुले मुआब्जाको माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। यसअघि, साउनको गत १८ गते बसेको जग्गाधनीहरुको वृहत् भेलाले आन्दोलन गर्ने निर्णय गरेको…

पेरिस ओलम्पिक म्याराथनमा सन्तोषी ७९ औँ स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनमा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९ औँ स्थान हासिल गरेकी छिन्। फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरिन्। ‘वाइल्ड कार्ड’ मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी हुन्। महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए। उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी…

आदिवासी जनजातिका भाषा संस्कृति, देशको सम्पत्तिः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताएका छन्। उनले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राख्न आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिए। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उनले संचार…