देश–समाज »

पत्रकार यदुनाथ बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कार प्रदान

पत्रकार यदुनाथ बञ्जारा सुनास पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्। शुशासनका लागि नागरिक समाज(सुनास ) कास्कीले ई स्व लेखबहादुर गुरुङद्वारा स्थापना गरेका अक्षयकोषबाट संचालित पुरस्कारबाट सम्मानीत भएका हुन्। यस वर्षको अंग्रेजी महिनाको ९ तारिकका दिन ( मंसीर २३) का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका प्रमूख पार्वती शर्मा सुनास कास्कीका अधक्ष रवीन्द्रनाथ बास्तोलाले…

पत्रकार ‘सल्यानी’लाई युआरएल पत्रकारिता पुरस्कार

यस वर्षको युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट ‘सल्यानी’लाई प्रदान गरिने भएको छ। गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारराशी नगद २० हजार र ताम्रपत्र छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट…

आचारसंहिता उल्लंघन गर्ने ६ संचार माध्यमले गरे भुलसुधार

आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्थिर समयमा ३० संचार माध्यमबाट आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ। स्थिर अवधि सुरु भएको समय गएराती १२ बजेदेखि शुक्रबार अपरान्हसम्म आचारसंहिता उल्लंघन गरेकामध्ये ६ संचारमाध्यमले भुलसुधार समेत गरेका छन्। प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) जारी गरेको विज्ञप्तिअनुसार २ वटा रेडियो, ११ वटा पत्रपत्रिका,…

उल्लंघन गरे, मिडियालाई लोककल्याणकारी विज्ञापनमा कडाई

प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने संचारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ। काउन्सिलले मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचार–प्रसार गर्ने समय आज (बिहीबार) राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न संचार माध्यमलाई सचेत गराएको हो। ‘स्थिर समय सुरु…

फोटो पत्रकार संघ कास्कीमा पौडेल

नेपाल फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचित भएका छन्। संघको सातौं साधारण सभाले पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। संघको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा उमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ (सुरज) निर्विरोध निर्वाचित भए। यस्तै, सदस्यहरुमा अशेष शाक्य र संजय शाक्य निर्विरोध निर्वाचित भए। ११ सदस्यीय कार्यसमितिका अन्य सदस्यहरु समितिले चयन गर्ने…

अनलाइनमा दल र उम्मेदवारले चुनावी विज्ञापन गर्न पाइने

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन संचारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय…

शीर्षदलहरुको घोषणापत्रमा पत्रकार महासंघको चासो

नेपाल पत्रकार महासंघले पत्रकारिताका मुद्दाहरू दलका घोषणापत्रमा समावेश गर्न राजनीतिक दलका शीर्ष नेतृत्व र घोषणापत्र तयार गर्ने समिति वा कार्यदलसँग भेटेर छलफल गर्ने भएको छ। महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा दलका घोषणापत्रहरूमा आमसञ्चारको क्षेत्रलाई कसरी सम्बोधन गरिएको छ भन्ने कुरालाई नेपाल पत्रकार महासंघले गम्भीर चासोका साथ हेरिरहेको उल्लेख गरिएको छ। आगामी मंसिर ४…

दसैँ अगाडि नै श्रमजीवीहरुलाई बाँकी बक्यौतासहितका सुविधा देउ: पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले दसैँअगावै श्रमजीवी संचारकर्मीले पाउनुपर्ने बाँकी बक्यौतासहित सबै सुविधा उपलब्ध गराउन सम्बन्धित संचारगृहसँग आग्रह गरेको छ। विभिन्न संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारलाई विभिन्न संचारगृहले निष्कासन गर्ने, दबावपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्य हाल पनि जारी रहेको भन्दै महासंघले गंभीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार विज्ञप्ति…

नवौं राष्ट्रिय खेलकुद: गण्डकीका खेल पत्रकारको तालिम सकियो

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा पोखरामा आयोजित २ दिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम आज (बुधबार) सम्पन्न भएको छ। तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिनेमा जोड दिए। लामो समयपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्ने दायित्व सबै गण्डकी प्रदेशबासीको हुने उनको…

नवौँ राष्ट्रिय खेलकुद: गण्डकीका खेल पत्रकारलाई तालिम

गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार संकलन र संप्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज (मंगलबार) देखि सुरु भएको २ दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट ७० जना खेल पत्रकारको…