सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट रबि लामिछाने १ करोड धरौटीमा छुटेका छन्। रुपन्देही अनालतमा आज (आइतबार) थुनछेक बहस सकिएपछि रबि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको थियो। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो। १ करोड रुपैयाँको बैंक ग्यारेन्टछीपछि लामिछाने रिहा भएका छन्। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलगायत…
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा सरकारी वकिल कार्यालयले आज (आइतबार) मुद्दा दायर गरेको हो। रवि लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन्। लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र…
काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज (बुधबार) भएको थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दाका सबै प्रतिवादी, उनीहरूका कानूनी प्रतिनिधि र…
काठमाडौँ जिल्ला अदालतमा रबि लामिछानेविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ। न्यायाधीश माधव अधिकारीको इजलासमा थुनछेक बहस भएको हो। रबि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्त, सुरज बस्नेत र सुरेन्द्र काफ्लेले बहस गरेका थिए। अधिवक्ता राजेन्द्र सेढाइँले भने बहस नोट मात्र बुझाए। त्यसपछि सरकारी वकिलले जवाफी…
काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी रवि लामिछानेको थुनछेक बहस सुरू भएको छ। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको तर्फबाट हिँजो आइतबार बयान सकिएको थियो। त्यसपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा…
जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारी ठगीविरुद्धको मुद्दा लागेका ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार अबेर लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। रबि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। त्यसैगरी, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। रामबहादुर खनालसँग १५…
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो। जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाईमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीकातर्फको एकसरो बहस सकिएको जिल्ला सरकारी वकिल…
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रबि लामिछानेसहित ७ प्रतिवादीहरुको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ। मंगलबार र बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबारदेखि जाहेरवाला सहकारी पीडित पक्षका कानुन व्यवसायीको बहस सुरु हुनेछ। प्रतिवादीहरुको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसभापति रबि लामिछानेविरुद्धको थुनछेक बहस सुरु भएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका रबि लामिछानेसहितका अभियुक्तविरुद्ध कास्की जिल्ला अदालतमा मंगलबारदेखि सुरु थुनछेक बहस सुरु भएको हो। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधीश नीतिज राईको इजलासमा…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेको बयान सकिएको छ। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको बयान २ दिन चल्यो। पोखराको सूर्यदर्शन सहकारीका सन्दर्भमा २ दिन लगाएर लिएको रविको बयान आज (शुक्रबार) सकिएको हो। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका लाछिानेको वयान जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लिइएको हो। पोखराको सूर्यदर्शन सहकारी ठगी…