न्याय–सुरक्षा »

रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सुरु

कास्की जिल्ला अदालतमा आज (बिहीबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछानेको बयान सुरु भएको छ। पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा कास्की अदालतले उनको बयान सुरु गरेको हो। सोही प्रकरणमा मुछिएकी लिला पछाईंको बयान सकाएर रविको सुरु भएको कास्की जिल्ला अदालतले जनाएको छ। सोमबार र मंगलबार पूर्वडीआईजीसमेत रहेका गोरखा मिडियाका…

रवि लामिछाने सांसद पदबाट निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत बनेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएपछि संसद् सचिवालयले सूचना प्रकाशित गरेर सांसद पद निलम्बनमा परेको जानकारी गराएको हो। प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार लामिछाने स्वतः निलम्बनमा परेको उल्लेख…

रवि लामिछानेसहित ४ जना कास्की जिल्ला अदालतमा उपस्थित

हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४ जनालाई आज (मंगलबार) कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर भएका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराएको जनाएको छ। यो मुद्दामा अदालतले हिँजो (सोमबार)…

रवि लामिछानेसहित ५ जनाको जिल्ला अदालत कास्कीमा बयान सुरु

सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५ जनाको जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ। न्यायाधीस नितिज राईको इजलासमा रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका संचालक कृष्ण गुरूङको बहस सुरु भएको हो। उनीहरुविरुद्ध हिँजो (आइतबार)…

२ मुद्दामा रवि लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार २ मुद्दा दायर गरिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेविरुद्ध सहकारी ठगीसँगै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा २ मुद्दा दायर गरिएको हो। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध सम्पत्ति…

जीबी राईसहित १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध हिँजो (शुक्रबार) पूरक अभियोग दर्ता भएको छ। यसअघि, सहकारी ठगीमा मात्र मुद्दा चलाइएका राईलगायत १९ जनामाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पुरक अभियोगका रुपमा थपिएको हो। अदालतमा मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।…

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वाेच्चको आदेश

सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीशद्वय डाक्टर नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले आज (शुक्रबार) प्रसाईलाई रिहा गर्न आदेश दिएको हो। साइबर कसूरको मुद्दामा प्रहरीले प्रसाईलाई गएको मंसीर ४ गते भक्तपुर निवासबाट पक्राउ गरेको थियो। मंसीर २७ गते साइबर अपराध कसूरको मुद्दामा…

रवि लामिछानेको हिरासत तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भनिएको हिरासत तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। उक्त विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले बुधबार साँझ सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेपछि गृह…

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। कास्की जिल्ला अदालतले मंगलबार सहरकारीको रकम अपचलन गरेको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएपछि उनलाई आज (मंगलबार)…

रवि लामिछानेलाई ३ वटा कसुरमा मुद्दा चलाउन सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वउपप्रधान तथ गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको हो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन प्रहरीले कास्कीको सरकारी वकिल कार्यालयलाई सोमबार बुझाएको छ।…