न्याय–सुरक्षा »

दुर्गा प्रसाईंले थाले प्रहरी हिराशतमै अनशन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थालेको समाचार छ। साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनशन थालेका हुन्। समाचारअनुसार आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनशन सुरु गरेको बताएका हुन्। प्रसाईं क्यान्सर सर्भाइभर हुन्। पक्राउ परेलगत्तै प्रसाईंलाई बीर अस्पतालमा राखिएको थियो। मंगलबार वयानका…

दुर्गा प्रसाईं पक्राउविरुद्धको रिटमा ‘कारण देखाउ’ को आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै उनका छोरा निराजनले रिट दायर गरेका थिए। सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा प्रसाईंलाई…

आफ्नो घरबाटै दुर्गा प्रसाई पक्राउ

बी एन्ड सी मेडिकल कलेज झापाका संचालक दुर्गा प्रसाई भक्तपुरको ठिमीस्थित आफ्नै घरबाट पक्राउ परेको हो। गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी उनको घरमा पुगेको हो। उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। पक्राउ गर्न पुगेको टोलीलाई प्रसाईं र उनका…