प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्ष पदमा पुनः स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन्। उनी यसअघि पनि प्रेस सेन्टर गण्डकीको अध्यक्ष थिए। पोखरामा सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र महिला उपाध्यक्षमा सविना राना सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका सदस्य विभु भुसालले जानकारी दिएका छन्। यसैगरी, महासचिवमा गुणबहादुर…
पोखराका कृयाशील पत्रकार इन्द्र पौडेलले प्रेस चौतारी पुरस्कार पाउँदैछन्। प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं संचालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको हो। अग्रज पत्रकार गणेशमान गुरूङ प्रेस चौतारी पत्रकारिता सम्मान २०८१ बाट सम्मानीत हुँदैछन्। प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते…
नेपाली सेनाले फोटो प्रतियोगितामा उत्कृष्ट ३ जना गैर सैनिक फोटो पत्रकारलाई पुरस्कृत गरेको छ। जंगी अड्डामा आज (मंगलबार) देखि आयोजित ‘नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८१’ को शुभारम्भका क्रममा प्रधान सेनापति अशोकराज सिग्देलले उत्कृष्ट फोटो पत्रकारहरुलाई पुरस्कार प्रदान गरे। गैर सैनिक फोटो पत्रकारतर्फ प्रवीन रानाभाट प्रथम भए। त्यसैगरी, प्रतिमा राजभण्डारी दोस्रो बनिन्। सरोज बैजु तेस्रो…
पूर्ण वि.के. राष्ट्रिय दलित पत्रकार संघ, गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन्। राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशको तनहुँस्थित बन्दीपुरमा हालै सम्पन्न प्रथम अधिवेशनले वि.के. लाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा पुर्ण वि. के. (तनहुँ) लाई सर्वसम्वत चयन गरेको हो। सम्पन्न अधिवेशनले गण्डकी प्रदेशको सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी संघमा समावेशी कार्यसमिति बनाएको छ। त्यसैगरी, प्रदेश…
आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु मस्राङ्गी) निर्विरोध निर्वाचित भएकी छन्। फोनिज कास्कीको शुक्रबार पोखरामा सम्पन्न सातौं अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति निर्विरोध निर्वाचित गरेको हो। अध्यक्षमा निर्वाचित थापा प्रेस सेन्टर गण्डकीकी सचिवसमेत हुन्। समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सह–सचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा…
पोखराका कृयाशील पत्रकार दीपक परियार यस वर्षको थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिले उनलाई छैटौं अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरेको हो। पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार परियारलाई पुरस्कार प्रदान गरे। काठमाण्डौंबाट प्रकाशित हुने जनदिशा पत्रिका…
पोखराका क्रियाशील पत्रकार वासुदेव पौडेल सम्मानीत भएका छन्। न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का पोखरा ब्यूरो प्रमुख पौडेललाई गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन), गण्डकी प्रदेशले सम्मान गरेको हो। गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धनमा पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान पु¥याएको भन्दै पत्रकार पौडेललाई सम्मान गरिएको हो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा…
पोखराका कृयाशील पत्रकार दिपक परियारलाई यस बर्षको थमन–महेश स्मृति पत्रकारिता पुस्कारबाट सम्मान गरिने भएको छ। प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको भोलि (शनिबार) पोखरामा हुने छैठौं अधिवेशनको अवसरमा सो पुरस्कार प्रदान गरिने भएको प्रेस सेन्टर कास्कीले जनाएको छ। प्रेस सेन्टरका सल्लाहकार एवं अग्रज पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा प्रतिभा छनोट समितिले दिएको सिफारिसको आधारमा प्रेस सेन्टर…
‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार राजधानीमा सम्पन्न भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकार र पत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको औंल्याए। लामाले भने, ‘यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई…
उच्च अदालत पाटनमा प्रकाशन गृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले प्रेस काउन्सिल नेपालविरुद्ध दायर गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाई हुने भएको छ। न्यायाधीशहरु खडानन्द तिवारी र कृष्णराम कोइरालाको संयुक्त इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो। ‘मिति २०८१/९/१९ को यस अदालतबाट भएको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजहरूको प्रतिलिपि मगाई मिसिल सामेल…