पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा आज (बिहीबार) बाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव–२०८१ सुरु हुँदैछ। राष्ट्रिय औद्योगिक व्यापार मेलाको साथमा १२ औं क्यान इन्फोटेक–२०२५ तथा चौथो मोवाइल एक्सपो–२०२५ समेत आयोजना हुँदैछ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण…
राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ यही माघ १० गतेदेखि सुरु हुँदैछ। पोखरा उद्योग वाणिज्य संघले पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। यस पटक…
२० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार सकिएको छ। पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको समापन गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख आचार्यले अत्यन्त भव्यताका साथ महोत्सव सफल भएको बताए। महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त दुई ठाउँमध्ये एक स्थानमा व्यवस्थित गरिने आचार्यले प्रतिबद्धता जनाए। उनले यस क्षेत्रमा २१ वटा विभिन्न परियोजना जस्तै वेगनासतालको वाटर स्पोर्ट,…
२० औं संस्करणको लेखनाथ महोत्सव संचालनको १२ औं दिनसम्म आइपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ। महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ। त्यसैगरी, ७ करोड ९५ लाखको आर्थिक कारोबार गर्न सफल…
दर्शकहरुको साथ र सहभागिताले २० औं संस्करणको लेखनाथ महोत्सव सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन्। महोत्सवको ११ औं दिनसम्म आइपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडी बढेको आयोजकको दावी छ। महोत्सवको ११ दिनसम्म आइपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक विनोद…
२० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ। महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सवमा शनिबारसम्म आइपुग्दा ५ करोड ८५ लाखको कारोबार भएको बताएका छन्। श्रेष्ठले भने, ‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको हो। जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि…
२० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलोसमेत बनेको छ। वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने गरेका कारण आफन्त र साथीभाईको लामो अन्तरालमा भेटघाटसमेत हुने गरेको छ। पोखरा–३२ निवासी भरत ओझाले महोत्सवस्थल पुरानो साथीभाई भेट्ने स्थलसमेत बनेको बताए। ओझाले भने, ‘कति साथी यहाँ भेटेर अचम्म लाग्यो। १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई…
२० औं संस्करणको लेखनाथ महोत्सवस्थल खरिद–विक्रिको केन्द्रबिन्दु जस्तै बनेको छ। कास्कीको लेखनाथस्थित तालचोकमा पुसको १८ गतेदेखि सुरु महोत्सवमा आएर रमाइलो पनि हेर्न पाइने र घर फर्कदा आफूलाई आवश्यक पर्ने स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मुल्यमा खरिद गर्न पाइने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु जस्तै बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री…
२० औं संस्करणको लेखनाथ महोत्सव कृषक र कृषि उत्पादनका लागि महत्वपूर्ण थलो बनेको छ। यही पुसको गत १८ गतेदेखि कास्कीको लेखनाथमा जारी जारी महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ। महोत्सवमा कूल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु छन्। त्यतिमात्रै होइन, महोत्सवमा बृहत कृषि मेला प्रदर्शनीको पनि व्यबस्था…
नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परंपरागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसको जगेर्ना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिदैँ आएको छ। दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो। जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि…