भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ। वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ। गाउँपालिकाको केन्द्र मुनामा जान आउन अपायक पर्ने वडा नम्बर ६ मराङमा शुक्रबार र ५ मल्कवाङमा बिहीबार घुम्ती शिविरमार्फत योजना सम्झौता…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सकिएको छ। खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम संचालन भएको हो। तालिममा ३७ जनाको सहभागिता रहेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। तालिममा रघुगंगा गाउँपालिका–३ का शिव भण्डारी र नन्दबहादुर कार्कीले प्रयोगात्मक सीप प्रदान गरेका थिए। गाउँघरमा पाइने बाँसबाट मुढा बनाउने सीप सिकाइएको…
माघ १० गते (बिहीबार), २०८१स्याङ्जाको वालिङमा कार्यालयको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र वालिङ नगरपालिकाको व्यवस्थापनमा भएकामे कार्यक्रममा शान्ति सुरक्षा, अपराध, लागुऔषध दुरुपयोग नियन्त्रण र सरकारी कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुको बारेमा अन्तरक्रिया गरिएको हो। कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांँणले स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नागरिकलाई सुरक्षित…
तनहुँको बन्दीपुर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय छैठौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बन्दीपुर गाउँपालिका–४ स्थित टुँडिखेलमा सुरु प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्। ३ दिनसम्म चल्ने प्रतियोगितामा छात्रछात्रा भलिबल, एथलेटिक्सलगायतका खेलहरुमा विभिन्न विद्यालयहरुका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ। गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीम लामिछानेका अनुसार प्रतियोगितामा विजेताले १५ हजार रुपैयाँसहित…
तनहुँ जिल्लाको भानु नगरपालिका–९ पुर्कोटमा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइएको छ। ‘स्वास्थ्य जीवन र पर्यवाणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ माघ ५ गते शनिवार भानु नगरपालिका वडा नं ९ पुर्कोटस्थित बाईसजँगारमा दिवस मनाइएको हो। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय तह, प्रदेश…
तनहुँ जिल्लाको भानु नगरपालिकाका उत्कृष्ट बाख्रा पालक किसानहरुलाई नगदसहित सम्मान गरिएको छ। तनहुँको भानु नगरपालिका, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौली, बरभन्ज्याङ बाख्रा पालन समूह र नेपाल व्यावसायिक बाख्रापालक महासंघको संयुक्त आयोजनामा उत्कृष्ट बाख्रा पालक किसानहरुलाई सम्मान गरिएको हो। स्थानीय जाततर्फ प्रतियोगितामा भानु नगरपालिका–५ का चोपकान्त पोख्रेल प्रथम…
पर्वतको जलजला गाउँपालिकाको १८ औं गाउँसभा तथा हिउँदे अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले चालु आर्थिक बर्षका लागि स्वीकृत भएका ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ। गाउँशभाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाको हालसम्मको खर्च तथा उपलब्धी प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षको बजेट ३६ करोड ७८ लाख ६१ हजार रूपैयाँमध्ये हालसम्म १३ करोड…
पोखरा उद्योग वाणिज्य संघले ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरेको छ। उद्योगा वाणिज्य संघले पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी) को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरेको हो। ग्रामीण पर्यटन प्रवर्द्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको संभावनाको समेत खोजी गर्ने उद्देश्यले मादी गाउँपालिका–३, याङ्जाकोटमा आयोजित कार्यशालाको वडाध्यक्ष विकास गुरुङले उद्घाटन गरे।…
माघको पहिलो साता तनहुँको बन्दीपुर गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। बन्दीपुर गाउँपालिकाको आयोजनामा माघ ५ गतेदेखि ७ गतेसम्म टुँडिखेलमा प्रतियोगिता संचालन हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले हालै एक सूचना जारी गर्दै विद्यालयहरूले तोकिएको इभेन्टमा आफ्ना विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरूलाई प्रतियोगितामा अनिवार्य सहभागिता गराउन अनुरोध गरेको छ। प्रतियोगितामा छात्रछात्रा भलिबलका…
कास्कीको मादी गाउँपालिका–११ मा भगवति मन्दिरमा माघेसंक्रान्तिको अबसरमा लाग्ने मेलाको तयारी तीब्र पारिएको छ। बरालडाडा भगबतिबजार माघेसंक्रान्ति मेलाका लागि आबश्यक तयारी तीब्र गतिमा गरिएको आयोजक बरालडाडा तमु समाज सेवा समितिका अध्यक्ष चुमप्रसाद गुरुङले जानकारी दिएका छन्। मेलाको अबसरमा माघ १ गतेदेखि वडास्तरीय भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, भजन चुड्का प्रतियोगिता तथा बिबिध सास्कृतिक कार्यक्रमहरुको आयोजना…